प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • शान्ति एउटा वास्तविकता
    प्रहरीधरहरा—१९९१ | मे १
    • “[२] पछिल्ला दिनमा परमप्रभुको (यहोवाको न्यू. व) भवन बसालिएको पर्वत सबै पर्वतहरू भन्दा उच्च पारिनेछ। डाँड़ाहरू भन्दा माथि त्यो उच्च उठाइनेछ। सबै जातिहरू त्यहीतर्फ ओइरिएर आउनेछन्‌। [३] जाति जातिका धेरै मानिसहरू त्यहाँ गएर भन्‍नेछन्‌, ‘आऊ हामी परमप्रभुको (यहोवाको न्यू. व) पर्वतमा उक्लेर याकूबका पमेश्‍वरको भवनमा जाऔं। उहाँले हामीलाई आफ्नो मार्ग देखाउनु हुनेछ, र हामी उहाँको बाटोमा हिंड़नेछौं’। किनकि शिक्षा चाहिं सियोनबाट, र परमप्रभुको (यहोवाको न्यू. व) वचन यरूशलेमबाटनै निस्कनेछन्‌। [४] उहाँले जातिहरूको इन्साफ गर्नु हुनेछ, र उहाँलेनै जाति जातिहरूका मानिसहरूका बीचमा निर्णय गर्नु हुनेछ। तिनीहरूले आफ्ना आफ्ना तरवार पिटेर हलोको फाली र भाला चाहिं हँसिया बनाउनेछन्‌। एउटाजातिले अर्को जातिको विरुद्धमा तरवार उठाउनेछैन, औ तिनीहरूले अब उप्रान्त युद्ध गर्न सिक्नेछैनन्‌।”

  • शान्ति एउटा वास्तविकता
    प्रहरीधरहरा—१९९१ | मे १
    • आज नि? यशैयाले आफ्नो सन्देशको भूमिकामा भनेको यो वक्‍तव्यलाई ध्यान दिनुहोस्‌: “पछिल्ला दिनहरूमा यो हुनेछ।” अरू अनुवादमा यसो भनिएको छ: “पछिल्ला दिनहरूमा” (न्यु इन्टरन्याशनल वर्सन) १९१४ देखिन्‌ हामीहरू वर्त्तमान संसारको पछिल्ला दिनमा बाँची रहेकाछौं भनेर वरावर यस पत्रिका मार्फत हामीले प्रमाण प्रस्तुत गर्दै आएकाछौं। अत:, ३ र ४ पदहरू अनुसार हामीले के देख्ने आशा गर्नु पर्दछ?

  • शान्ति एउटा वास्तविकता
    प्रहरीधरहरा—१९९१ | मे १
    • अगमवक्‍ता भन्दछन्‌: “यहोवाको भवन बसालिएको पर्वत सबै पर्वतहरू भन्दा उच्च पारिनेछ” र “डाँड़ाहरूभन्दा माथि उच्च उठाइनेछ।” प्राचीन समयमा, कुनै कुनै पर्वत र डाँड़ाहरू मूर्तिपूजा गर्ने ठाउँ र झूटा ईश्‍वरहरूकालागि शरणास्थान पनि हुन्‌थियो। राजा दाऊदले पवित्र करारको सन्दुक, लगभग २,५०० फिट उँचाई भएको सयोन पर्वतमा (यरूशलेममा) खड़ा गरेको पालमा ल्याउँदा, तिनी स्पष्टतया दैवी निर्देशन अनुसारनै गर्दै थिए। पछि, यहोवाको महान मन्दिर मोरियाह डाँड़ामा बनाइयो, “सियोन” भन्‍ने नाउँ मन्दिरको जग्गालाई भनिन थालियो। अत: मन्दिर भएको ठाउँ त्यहाँ नजिकमा भएका झूटा धर्मका ठाउँहरू भन्दा उँचाईमा थियो। यरूशलेम उहाँको “पवित्र पर्वत” भनेर पनि कहलिएको थियो। यसप्रकार, यहोवाको उपासना एउटा उच्च स्थानमा रह्‍यो।—यशैया ८:१८; ६६:२०.

      अत: आज, यहोवा परमेश्‍वरको उपासना लाक्षणिक पर्वत जस्तै उच्च भएको छ। यसको उत्कृष्टता सबैलेनै देख्न सक्छन्‌, किनकि यसले यस्ता केही कुरा गरेको छ जुन अरू कुनै धर्मले गर्न सकेको छैन। त्यो के हो? यसले सबैनै उपासकहरूलाई संयुक्‍त पारेकोछ। तिनीहरूले खुशीसाथ आफ्ना आफ्ना तरवार पिटेर हलोको फाली बनाएका छन्‌ र अब उप्रान्त युद्ध गर्न सिक्नेछैनन्‌। राष्ट्रिय र जातीय सीमाले तिनीहरूलाई अब उप्रान्त विभाजित गर्न सक्दैन। संसारका विभिन्‍न राष्ट्रहरूमा छरिएर बसेता पनि, तिनीहरू एउटा संयुक्‍त जन, एउटा भ्रातृत्व भावका साथ बस्दछन्‌।—भजनसंग्रह ३३:१२.

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने