प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w03 २/१५ p. ३१
  • पाठकहरूका प्रश्‍नहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पाठकहरूका प्रश्‍नहरू
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
  • मिल्दोजुल्दो सामग्री
  • यहोवाको वचनलाई हरेक दिन विचार गर्नुहोस्‌!
    हाम्रो राज्य सेवकाई—२०००
  • यहोवा हामीलाई आनन्दित हुँदै परीक्षा सहन मदत गर्नुहुन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२२
  • विश्‍वासी भण्डारे हो, तयार रहो!
    येसु—बाटो, सत्य र जीवन
  • अदृश्‍यलाई देखेझैं गरी स्थिर रहनुहोस्‌!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
w03 २/१५ p. ३१

पाठकहरूका प्रश्‍नहरू

यशैया ३०:२१ ले यहोवाका शब्दहरू किन “तिमीहरूका पछिल्तिर[बाट]” आउँछ भनेर बताउँछ, जबकि अघिल्लो पदले “तिमीहरूको आँखाले तिमीहरूका गुरुलाई देख्नेछ” भन्दै यहोवालाई अघिल्तिर राखेको छ?

यशैया ३०:२०, २१ ले यसो भन्छ: “तिमीहरूका गुरु अझ लुकाइनेछैन। तर तिमीहरूको आँखाले तिमीहरूका गुरुलाई देख्नेछ। तिमीहरू दाहिने–देब्रे लाग्दा तिमीहरूका कानले तिमीहरूका पछिल्तिर यसो भन्‍ने शब्द सुन्‍नेछौ, ‘बाटो यही हो, यसैमा तिमीहरू हिंड़।’ ”

पदलाई शाब्दिक अर्थमा विचार गर्ने हो भने पाठकले महान्‌ शिक्षक यहोवालाई आफ्नो अघि देख्छ तर उहाँको आवाज पछिल्तिरबाट सुन्छ। यद्यपि, यी शब्दहरू लाक्षणिक हुन्‌ र यसलाई लाक्षणिक अर्थमै बुझ्नुपर्छ।

पद २० का अभिव्यक्‍तिले एक जना नोकर आफ्नो मालिकको निर्देशनहरू बमोजिम कार्य गर्न दत्तचित्त भई तयारी अवस्थामा रहेको चित्र मनमा आउँछ। जसरी एक जना नोकरले आफ्नो मालिकले गरेको इसारालाई बुझ्न तिनका हाततिर ध्यान दिएर हेर्छ, त्यसरी नै आज यहोवाका जनहरूले यहोवाले आफ्नो पार्थिव संगठनद्वारा दिनुहुने प्रगतिशील बाइबल आधारित निर्देशनहरूमा आफ्नो ध्यान केन्द्रित गर्छन्‌। (भजन १२३:१, २) हो, तिनीहरू यहोवाले “विश्‍वासी र बुद्धिमान दास[द्वारा]” संकेत गर्नुहुने सबै कुराहरूमा सजग हुँदै उहाँको निर्देशनबमोजिम गर्छन्‌।—मत्ती २४:४५-४७.

त्यसोभए, उहाँका सेवकहरूले पछिल्तिरबाट सुन्‍ने शब्दको सन्दर्भमा चाहिं के भन्‍न सकिन्छ? पछिल्तिरबाट आउने आवाज परमेश्‍वरको लिखित वचनमा रेकर्ड गरिएको विगतमा परमेश्‍वरले बोल्नुभएको आवाज हो भन्‍ने निष्कर्षमा पुग्नु उपयुक्‍त देखिन्छ र उहाँका “विश्‍वासी . . . भण्डारे[द्वारा]” यो आवाजलाई स्पष्ट पारिन्छ। (लूका १२:४२) परमेश्‍वरका आधुनिक सेवकहरूले “विश्‍वासी र बुद्धिमान दास,” “विश्‍वासी . . . भण्डारे[ले]” तयार पारेका प्रकाशनहरूको मदतद्वारा बाइबलको लगनशील अध्ययन गरेर अनि आफ्नो जीवनमा यसका सिद्धान्तहरू लागू गरेर उहाँको आवाज सुन्छन्‌। महान्‌ शिक्षकले दिनुभएका समसामयिक निर्देशनहरूमा पूर्णतः भर परेर अनि सजग हुँदै र शताब्दीयौं पहिले लेखिएको परमेश्‍वरको वचन अध्ययन गरेर उहाँका सेवकहरूले लाक्षणिक तवरमा उहाँलाई अघिल्तिरबाट हेर्छन्‌ अनि पछिल्तिरबाट उहाँका आवाज सुन्छन्‌।—रोमी १५:४.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने