-
आनन्दित अहिले अनि सधैंभरिप्रहरीधरहरा—१९९६ | फेब्रुअरी १५
-
-
१७, १८. अहिले कुन अर्थमा प्रमोदवन छ भन्नु मिल्छ र त्यसले हामीमाथि कस्तो असर पारेको छ?
१७ अतः पद १ देखि ८ को वर्तमान पूर्तिलाई ध्यानमा राख्दै यशैया अध्याय ३५ लाई फेरि एकपल्ट हेरौं। अहिले हामी आध्यात्मिक प्रमोदवन भन्नु मिल्ने अवस्थामा छौं भन्ने कुरा के स्पष्ट छैन त? तर अहँ, यो आध्यात्मिक प्रमोदवन सिद्ध चाहिं भइसकेको छैन। तर जे होस्, त्यो साँच्चै प्रमोदवन हो। किनभने पद २ अनुसार यस प्रमोदवनमा हामीले “परमप्रभुको महिमा, हाम्रा परमेश्वरको प्रताप” देखिसकेका छौं। अनि यसको असर? पद १० ले यसो भन्छ: “अनि परमप्रभुले उद्धार गर्नुभएकाहरू फर्केर आउनेछन्। तिनी- हरू सियोनमा गाउँदै आउनेछन्। तिनीहरूका अनुहारमा सदा आनन्द देखिनेछ। तिनीहरूले आनन्द र रमाहट प्राप्त गर्नेछन्, र शोक र सुस्केरा दूर हुनेछ।” झूटा धर्मबाट निस्केर शुद्ध उपासना गर्नु र परमेश्वरको अनुमोदन पाउनु निस्सन्देह, आनन्ददायी कुरा हो।
-
-
आनन्दित अहिले अनि सधैंभरिप्रहरीधरहरा—१९९६ | फेब्रुअरी १५
-
-
२४. यशैया ३५:१० को अभिव्यक्तिसित तपाईं किन सहमत हुन सक्नुहुन्छ?
२४ यशैया हामीलाई यस्तो आश्वासन दिन्छन्: “परमप्रभुले उद्धार गर्नुभएकाहरू फर्केर आउनेछन्। तिनीहरू सियोनमा गाउँदै आउनेछन्। तिनीहरूका अनुहारमा सदा आनन्द देखिनेछन्।” अतः हामी आनन्दित भई रमाहट गर्नुपर्ने कारण छ भनेर हामी सबै जना सहमत हुनसक्छौं। हो, यहोवाले आफ्ना जनहरूका लागि आध्यात्मिक प्रमोदवनमा गरिसक्नुभएका कामहरूका लागि र चाँडै आउने वास्तविक प्रमोदवनमा हामीले आशा गर्नसक्ने कुराहरूका लागि हामी आनन्दित हुनसक्छौं। अनि हामीजस्ता आनन्दित जनहरूबारे यशैया यसो भन्छन्: “तिनीहरूले आनन्द र रमाहट प्राप्त गर्नेछन्, र शोक र सुस्केरा दूर हुनेछ।”—यशैया ३५:१०.
-