प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • तपाईँ यहोवाको साथी बन्‍न सक्नुहुन्छ
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
    • ५. यहोवाले आफ्ना साथीहरूबाट चाहनुहुने कुराहरू

      हामी अक्सर आफ्ना साथीहरूले केही गरेको आशा गर्छौँ।

      • साथीहरूले तपाईँसित कस्तो व्यवहार गरेको चाहनुहुन्छ?

      पहिलो युहन्‍ना ५:३ पढ्‌नुहोस्‌ अनि यो प्रश्‍न छलफल गर्नुहोस्‌:

      • यहोवा आफ्ना साथीहरूले के गरेको चाहनुहुन्छ?

      यहोवाको आज्ञा पालन गर्न हामीले आफ्नो आचरण राम्रो बनाउनुपर्ने वा नराम्रा गुणहरू हटाउनुपर्ने हुन सक्छ। यसैया ४८:१७, १८ पढ्‌नुहोस्‌ अनि यो प्रश्‍न छलफल गर्नुहोस्‌:

      • यहोवा किन आफ्ना साथीहरूले जीवनमा परिवर्तनहरू गरेको चाहनुहुन्छ?

      एक निर्माणकर्मी सँगै काम गर्ने साथीलाई सुरक्षा हेल्मेट दिँदै छन्‌।

      असल साथीले हाम्रो सुरक्षा र हित हुने कुराबारे सम्झाउँछ। यहोवाले पनि आफ्ना साथीहरूलाई त्यसै गर्नुहुन्छ

  • तपाईँ यहोवाको साथी बन्‍न सक्नुहुन्छ
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
  • यहोवालाई प्रेम गरेको हामी कसरी देखाउन सक्छौँ?
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
    • पाठ ३४. सहरमा एक जना पुरुष सोचमग्न भएर आकाशतिर हेर्छन्‌।

      पाठ ३४

      यहोवालाई प्रेम गरेको हामी कसरी देखाउन सक्छौँ?

      के तपाईँले बाइबल अध्ययन गर्न थालेपछि यहोवासित नजिक हुँदै गएको महसुस गर्नुभएको छ? के तपाईँ यहोवासितको मित्रतालाई बलियो बनाउँदै लैजान चाहनुहुन्छ? चाहनुहुन्छ भने यो कुरा नबिर्सनुहोस्‌: यहोवाप्रति तपाईँको प्रेम जति बढ्‌दै गएको उहाँ देख्नुहुन्छ, त्यति नै उहाँले तपाईँलाई प्रेम गर्नुहुनेछ र तपाईँको ख्याल राख्नुहुनेछ। उहाँलाई प्रेम गरेको तपाईँ कसरी देखाउन सक्नुहुन्छ?

      १. यहोवालाई प्रेम गरेको हामी कसरी देखाउँछौँ?

      हामी यहोवाप्रति आज्ञाकारी भएर उहाँलाई प्रेम गरेको देखाउँछौँ। (१ युहन्‍ना ५:३ पढ्‌नुहोस्‌।) उहाँ कसैलाई पनि आफ्नो आज्ञा मान्‍न कर गर्नुहुन्‍न। बरु उहाँको आज्ञा मान्‍ने कि नमान्‍ने भनेर छनौट गर्न हामी प्रत्येकलाई मौका दिनुहुन्छ। किन? किनभने हामी “मनैदेखि आज्ञाकारी” भएको यहोवा चाहनुहुन्छ। (रोमी ६:१७) भन्‍नुको मतलब, हामी करमा परेर नभई उहाँलाई प्रेम गरेकोले आज्ञाकारी भएको उहाँ चाहनुहुन्छ। तपाईँ यहोवालाई मन पर्ने काम गरेर अनि मन नपर्ने कामबाट अलग रहेर उहाँलाई प्रेम गरेको देखाउन सक्नुहुन्छ। यसो गर्न तपाईँलाई यस किताबको भाग ३ र ४ ले मदत गर्नेछ।

      २. यहोवालाई प्रेम गरेको देखाउन हामीलाई किन गाह्रो हुन सक्छ?

      “धर्मी मानिसले धेरै दुःखकष्ट झेल्नुपर्छ।” (भजन ३४:१९) हामी सबैको आ-आफ्नै कमीकमजोरी छन्‌। साथै हामीले आर्थिक समस्या, अन्याय र अरू थुप्रै गाह्रो अवस्था भोगिरहेका हुन सक्छौँ। यस्ता कठिनाइहरूको सामना गर्नुपर्दा यहोवा हामीबाट जे चाहनुहुन्छ, त्यो गर्न गाह्रो लाग्न सक्छ। किनभने त्यतिबेला यहोवाको आज्ञा पालन नगर्नु नै सजिलो लाग्न सक्छ। तर तपाईँ यहोवाको इच्छाअनुसारै चल्नुभयो भने अरू कुनै कुरालाई भन्दा उहाँलाई प्रेम गरेको देखिन्छ। यसो गर्दा तपाईँ यहोवाप्रति वफादार भएको प्रमाणित हुनेछ अनि उहाँ पनि तपाईँप्रति वफादार हुनुहुनेछ। उहाँले तपाईँलाई कहिल्यै त्याग्नुहुनेछैन।—भजन ४:३ पढ्‌नुहोस्‌।

      अझ खोतल्नुहोस्‌

      तपाईँ आज्ञाकारी हुँदा यहोवालाई किन खुसी लाग्छ, बुझ्नुहोस्‌। साथै उहाँप्रति आज्ञाकारी भइरहन तपाईँलाई कुन कुराले मदत गर्न सक्छ, जान्‍नुहोस्‌।

      ३. तपाईँ मुछिनुभएको एउटा विवाद

      बाइबलको अय्युब भन्‍ने किताबमा बताइएअनुसार सैतानले अय्युब नाम गरेको एक व्यक्‍तिमाथि मात्र होइन, यहोवाको सेवा गर्न चाहने सबै मानिसमाथि एउटा आरोप लगायो। अय्युब १:१, ६–२:१० पढ्‌नुहोस्‌ अनि यी प्रश्‍नहरु छलफल गर्नुहोस्‌:

      • अय्युबले यहोवाको आज्ञा पालन गर्नुको कारणबारे सैतानले के भन्यो?—अय्युब १:९-११ हेर्नुहोस्‌।

      • सैतानले तपाईँलगायत सबै मानिसमाथि कस्तो आरोप लगाएको छ?—अय्युब २:४ हेर्नुहोस्‌।

      अय्युब २७:५ख पढ्‌नुहोस्‌ अनि यो प्रश्‍न छलफल गर्नुहोस्‌:

      • अय्युबले यहोवालाई साँच्चै प्रेम गरेको कसरी देखाए?

      सैतानले यहोवालाई चुनौती दिँदै छ। त्यसले शरीरभरि पिलो आएको अय्युब र अहिले यहोवाको सेवा गरिरहेकी एउटी बहिनीको निष्ठामाथि प्रश्‍न उठाउँदै छ।

      यहोवाप्रति वफादार रहेर अय्युबले उहाँलाई प्रेम गरेको देखाए

      यहोवाप्रति वफादार रहेर हामी उहाँलाई प्रेम गरेको देखाउँछौँ

      ४. यहोवाको हृदयलाई खुसी बनाउनुहोस्‌

      हितोपदेश २७:११ पढ्‌नुहोस्‌ अनि यी प्रश्‍नहरू छलफल गर्नुहोस्‌:

      • तपाईँ बुद्धिमान्‌ र यहोवाप्रति आज्ञाकारी हुनुभयो भने उहाँलाई कस्तो लाग्छ? किन?

      ५. तपाईँ यहोवाप्रति वफादार हुन सक्नुहुन्छ

      यहोवाप्रतिको प्रेमले गर्दा हामी अरूलाई उहाँबारे बताउन उत्प्रेरित हुन्छौँ। हामी यहोवाप्रति वफादार भएकोले कहिलेकाहीँ गाह्रो भए तापनि उहाँबारे अरूलाई बताउँछौँ। भिडियो हेर्नुहोस्‌ अनि तल दिइएका प्रश्‍नहरू छलफल गर्नुहोस्‌:

      भिडियो: विरोधको बाबजुद आफ्नो विश्‍वासको पक्षमा बोल्नुहोस्‌ (५:०९)

      • के तपाईँलाई यहोवाबारे अरूलाई बताउन कहिलेकाहीँ गाह्रो लाग्छ?

      • भिडियोमा देखाइएका ग्रेसनले कसरी डर हटाउन सके?

      यहोवाले प्रेम गर्नुहुने कुरालाई प्रेम गर्दा र घृणा गर्नुहुने कुरालाई घृणा गर्दा हामी उहाँप्रति वफादार भइरहन सक्छौँ। भजन ९७:१० पढ्‌नुहोस्‌ अनि यी प्रश्‍नहरू छलफल गर्नुहोस्‌:

      • तपाईँले अहिलेसम्म सिक्नुभएअनुसार यहोवाले प्रेम गर्नुहुने केही कुरा के-के हुन्‌? उहाँले घृणा गर्नुहुने केही कुरा के-के हुन्‌?

      • तपाईँ कसरी जे असल छ, त्यसलाई प्रेम गर्न र जे खराब छ, त्यसलाई घृणा गर्न सिक्न सक्नुहुन्छ?

      ६. यहोवाप्रति आज्ञाकारी हुँदा हाम्रो भलो हुन्छ

      यहोवाप्रति आज्ञाकारी हुँदा सधैँ हाम्रो भलो हुन्छ। यसैया ४८:१७, १८ पढ्‌नुहोस्‌ अनि यी प्रश्‍नहरू छलफल गर्नुहोस्‌:

      • के तपाईँलाई हाम्रो भलाइ केमा छ भनेर यहोवालाई राम्ररी थाह छ जस्तो लाग्छ? किन?

      • बाइबल र साँचो परमेश्‍वर यहोवाबारे अध्ययन गरेर तपाईँले कस्तो फाइदा उठाउनुभएको छ?

      कोही-कोही भन्छन्‌: “मैले जेसुकै गरे पनि परमेश्‍वरलाई केही फरक पर्दैन।”

      • हाम्रो कामले यहोवालाई खुसी वा दुःखी बनाउन सक्छ भनेर बुझाउन तपाईँ कुन बाइबल पद प्रयोग गर्न सक्नुहुन्छ?

      सारांश

      गाह्रो अवस्थाको बाबजुद यहोवाप्रति आज्ञाकारी र वफादार भएर उहाँलाई प्रेम गरेको तपाईँ देखाउन सक्नुहुन्छ।

      तपाईँले के सिक्नुभयो?

      • तपाईँले अय्युबको उदाहरणबाट के सिक्नुभयो?

      • यहोवालाई प्रेम गरेको तपाईँ कसरी देखाउनुहुन्छ?

      • यहोवाप्रति वफादार भइरहन तपाईँलाई कुन कुराले मदत गर्नेछ?

      लक्ष्य

      अझ धेरै जान्‍नुहोस्‌

      यहोवा र मण्डलीप्रति तपाईँ कसरी वफादार हुन सक्नुहुन्छ, थाह पाउनुहोस्‌।

      “वफादारप्रति तपाईँ वफादार हुनुहुन्छ” (१६:४९)

      मानिसहरूमाथि सैतानले लगाएका आरोपहरूबारे अझ धेरै जान्‍नुहोस्‌।

      “अय्यूब सत्यनिष्ठ भइरहन्छन्‌” (बाइबल—यसले दिने सन्देश के हो? भाग ६)

      साना केटाकेटीले समेत यहोवालाई प्रेम गरेको कसरी देखाउन सक्छन्‌, याद गर्नुहोस्‌।

      यहोवालाई खुसी बनाऊ (८:१६)

      किशोरकिशोरी आफ्ना साथीहरूबाट दबाब आउँदा पनि यहोवाप्रति कसरी वफादार भइरहन सक्छन्‌?

      साथीहरूको दबाबको प्रतिरोध गर्नुहोस्‌! (३:५९)

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने