प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • “तिमीसित जे छ, त्यसलाई पक्रिराख”
    प्रकाश—त्यसको चरमोत्कर्ष निकट!
    • १२. फिलाडेल्फियास्थित यहूदी सभाघरका केही सदस्यहरूले स्थानीय मसीही समाज समक्ष “ढोगिदिने छन्‌” भन्‍ने कुरा सुनेर त्यो सभाघरका यहूदीहरू किन तीन छक परे होलान्‌?

      १२ फिलाडेल्फियाका यहूदी सभाका केही सदस्यहरूले स्थानीय मसीही समाजको सामने “ढोग्नेछन्‌” भन्‍ने कुरा थाह पाएर त्यहाँको यहूदी सभाका सदस्यहरू तीन छक परे होलान्‌। किनभने फिलाडेल्फियाको मण्डलीमा थुप्रै गैरयहूदीहरू छन्‌। यसकारण यिनीहरूले पो यहूदी सभाका सदस्यहरूलाई ढोग्नु पर्ने हो भनेर ती यहूदीहरूले प्रतीक्षा गरेको हुनुपर्छ। तर किन? किनभने यशैयाले यसो भनेर भविष्यवाणी गरेका थिए: “[गैरयहूदी] राजाहरू तेरा [इस्राएलका मानिसहरू] धर्म-बाबु र रानीहरू तेरा धर्म-आमा हुनेछन्‌। तिनीहरू भुइँमा पस्त्रिएर तँलाई दण्डवत गर्नेछन्‌।” (यशैया ४९:२३; ४५:१४; ६०:१४) यसबाहेक जकरियाले पनि ईश्‍वरीय प्रेरणाद्वारा यसप्रकार लेखेका थिए: “ती दिनहरूमा सबै जातिका विभिन्‍न भाषा बोल्नेहरूमध्ये दश जना मानिसले एउटा यहूदीको लुगा समातेर यसो भन्‍नेछन्‌, ‘हामी तपाईंसितै जानेछौं, किनभने हामीले सुनेका छौं कि परमेश्‍वर तपाईंसित हुनुहुन्छ।’ ” (जकरिया ८:२३) हो, यहूदीहरूले गैरयहूदीहरूलाई ढोग्ने होइन तर गैरयहूदीहरूले यहूदीहरूको सामने ढोग्नु पर्ने थियो!

  • “तिमीसित जे छ, त्यसलाई पक्रिराख”
    प्रकाश—त्यसको चरमोत्कर्ष निकट!
    • १४. आधुनिक समयहरूमा यशैया ४९:२३ र जकरिया ८:२३ को भविष्यवाणी विशेषतः कसरी पूरा भएको छ?

      १४ आधुनिक समयहरूमा यशैया ४९:२३ र जकरिया ८:२३ जस्ता भविष्यवाणीहरू सार्थक रीतिले पूरा भएका छन्‌। यूहन्‍नावर्गले गरेको प्रचारद्वारा राज्य सेवकाईको खुला ढोकाभित्र ठूलो सङ्‌खयामा मानिसहरूले प्रवेश पाएका छन्‌।b यीमध्येका धेरैजसो त मसीहीजगतबाट निक्लेर आएका हुन्‌ जसका धर्महरूले आत्मिक इस्राएल हुने झूटो दाबा गर्छन्‌। (रोमी ९:६ तुलना गर्नुहोस्‌।) त्यस ढोकाबाट प्रवेश गर्ने मानिसहरूको ठूलो भीडले येशूको बलिदानको रगतमा विश्‍वास गर्दै आ-आफ्नो वस्त्र धोएर सेतो पार्छन्‌। (प्रकाश ७:९, १०, १४) यिनीहरूले ख्रीष्टको राजकीय शासनको अधीनमा बसेर पृथ्वीमा आशिष पाउने आशा राखेका छन्‌। यिनीहरूले येशूका अभिषिक्‍त भाइहरूलाई आत्मिक तवरमा ‘ढोगी दिन्छन्‌’ किनभने ‘परमेश्‍वर उनीहरूसित नै हुनुहुन्छ’ भनेर यिनले सुनेका छन्‌। यिनीहरूले ती अभिषिक्‍त जनहरूको सेवा गर्छन्‌ र ती अभिषिक्‍त जनहरूसितै एउटा विश्‍वव्यापी भ्रातृत्वमा एकताबद्ध हुन्छन्‌।—मत्ती २५:३४-४०; १ पत्रुस ५:९.

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने