प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • “क्षमा गर्न सधैँ तयार” परमेश्‍वर
    यहोवासित नजिक हुनुहोस्‌
    • हिउँले ढाकिएको पर्वत।

      “तिमीहरूका पापहरू . . . हिउँजस्तै सेता हुनेछन्‌”

      १०. यहोवाले क्षमा दिनुभएपछि त्यो पापको दाग जिन्दगीभर मेटिँदैन भनेर किन सोच्नु पर्दैन?

      १० के तपाईँले कहिल्यै फिका रङ्‌गको लुगाबाट दाग हटाउने कोसिस गर्नुभएको छ? तपाईँले जति नै कोसिस गरे पनि त्यो दाग पूरै हटेन होला। यहोवाले कुन हदसम्म हाम्रो पाप क्षमा गर्न सक्नुहुन्छ? उहाँ यसो भन्‍नुहुन्छ: “तिमीहरूका पापहरू सिन्दूरे रङ्‌गका भए पनि ती हिउँजस्तै सेता हुनेछन्‌। तिमीहरूका पापहरू गाढा राता रङ्‌गका कपडाजस्तै भए पनि ती ऊनजस्तै सेता हुनेछन्‌।” (यसैया १:१८) यहाँ चलाइएको “सिन्दूरे” शब्दले उज्यालो रातो रङ्‌गलाई बुझाउँछ।a हामी आफ्नै क्षमतामा कहिल्यै पनि पापको दाग हटाउन सक्दैनौँ। तर यहोवाले हाम्रा पापहरू सिन्दूरे र गाढा रातो रङ्‌गको भए पनि त्यसलाई हिउँ वा ऊनजस्तै सेतो बनाइदिन सक्नुहुन्छ। उहाँले हामीलाई क्षमा दिइसक्नुभएपछि त्यो पापको दाग जिन्दगीभर मेटिँदैन होला भनेर सोच्नु पर्दैन।

  • “क्षमा गर्न सधैँ तयार” परमेश्‍वर
    यहोवासित नजिक हुनुहोस्‌
    • a एक जना बाइबलविद्‌को भनाइअनुसार सिन्दूरे रङ्‌ग “लामो समय रहिरहने वा नखुइलिने रङ्‌ग थियो। यो रङ्‌ग शीत, वर्षा वा धुलाइले अनि लामो समयसम्म प्रयोग गरे पनि खुइलिँदैनथ्यो।”

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने