प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यहोवाले आफ्ना जनहरूलाई ज्योति प्रदान गर्नुभएर महिमित पार्नुहुन्छ
    प्रहरीधरहरा—२००२ | जुलाई १
    • ४, ५. (क) यहोवाले एउटी स्त्रीलाई के गर्ने आज्ञा दिनुहुन्छ र उहाँले कस्तो प्रतिज्ञा गर्नुहुन्छ? (ख) यशैया अध्याय ६० मा कस्ता रोमाञ्चकारी जानकारीहरू छन्‌?

      ४ यशैयाको पुस्तक अध्याय ६० को सुरुको पदमा असाध्यै दुःखद्‌ अवस्थामा परेकी स्त्रीको वर्णन गरिएको छ। तिनी अन्धकारमा भुइँमा घोप्टो परिरहेकी छिन्‌। अकस्मात्‌ त्यस अन्धकारमा ज्योतिको किरण देखा पर्छ र यहोवा यसो भन्‍नुहुन्छ: “उठ्‌, प्रकाशमान हो, किनकि मेरो ज्योति आएको छ, परमप्रभुको महिमा तँमाथि उदाएको छ।” (यशैया ६०:१) हो, त्यो स्त्री उठेर परमेश्‍वरको ज्योति अथवा उहाँको महिमा फैलाउने समय आएको छ। किन? यसको जवाफ हामी अर्को पदमा पाउँछौं: “हेर्‌, अँध्यारोले पृथ्वीलाई, र निष्पट्ट अँध्यारोले मानिसहरूलाई ढाक्नेछ। तर तँमाथि परमप्रभु प्रकाश हुनुहुनेछ, र उहाँको महिमा तँमाथि प्रकट हुनेछ।” (यशैया ६०:२) त्यस स्त्रीले यहोवाको आज्ञा पालन गरेको खण्डमा राम्रो परिणाम पाउने आशा गर्न सकिन्थ्यो। यहोवा यसो भन्‍नुहुन्छ: “जाति जातिहरू तेरो ज्योतिमा र राजाहरू तेरो उदयको प्रकाशमा आउनेछन्‌।”—यशैया ६०:३.

      ५ यी तीनवटा पदका रोमाञ्चकारी शब्दहरू यशैया अध्याय ६० को बाँकी पदमा भएका कुराहरूको परिचय र सारांश दुवै हुन्‌। ती पदहरूले भविष्यसूचक स्त्रीको अनुभवका साथै मानिसजातिमा छाएको अन्धकारको बावजूद हामी कसरी यहोवाको ज्योतिमा बस्न सक्छौं भनी देखाउँछन्‌। तर यी तीनवटा परिचयात्मक पदमा प्रयोग गरिएका भविष्यसूचक प्रतीकहरूका अर्थ के हुन्‌?

      ६. यशैया अध्याय ६० को स्त्री को हुन्‌ र पृथ्वीमा तिनको प्रतिनिधित्व कसले गर्छ?

      ६ यशैया ६०:१-३ मा वर्णन गरिएकी स्त्री सियोन, यहोवाका आत्मिक प्राणीहरूको स्वर्गीय संगठन हो। आज, पृथ्वीमा सियोन भन्‍नाले “परमेश्‍वरका इस्राएल[का]” शेष जन अर्थात्‌ ख्रीष्टसित स्वर्गमा शासन गर्ने आत्मा-अभिषिक्‍त मसीहीहरूको अन्तरराष्ट्रिय मण्डली हो। (गलाती ६:१६) यस आत्मिक राष्ट्रको कुल संख्या १,४४,००० हुनेछ र यशैया अध्याय ६० को आधुनिक पूर्ति, यस “आखिरी दिन[मा]” पृथ्वीमा जीवित ती शेष जनहरूमा केन्द्रित छ। (२ तिमोथी ३:१; प्रकाश १४:१) यो भविष्यवाणीले यी अभिषिक्‍त मसीहीहरूको सहयोगी, “अरू भेडा[को]” “ठूलो भीड[बारे]” पनि निकै कुरा बताउँछ।—प्रकाश ७:९; यूहन्‍ना १०:१६.

  • यहोवाले आफ्ना जनहरूलाई ज्योति प्रदान गर्नुभएर महिमित पार्नुहुन्छ
    प्रहरीधरहरा—२००२ | जुलाई १
    • ८. सन्‌ १९१९ मा कस्तो ठूलो परिवर्तन भयो र यसको नतिजा कस्तो भयो?

      ८ तथापि, सन्‌ १९१९ मा एउटा ठूलो परिवर्तन भयो। यहोवाले सियोनमा ज्योति छर्नुभयो! परमेश्‍वरको इस्राएलका शेष जनहरूले परमेश्‍वरको ज्योति प्रतिबिम्बित गर्नको लागि निडरतासाथ सुसमाचार घोषणा गर्न फेरि कदम चाले। (मत्ती ५:१४-१६) यी मसीहीहरूको नवजागृत जोसले गर्दा अरू पनि यहोवाको ज्योतितर्फ आकर्षित भए। सुरुमा ती नयाँ सदस्यहरू परमेश्‍वरको इस्राएलका थप सदस्यहरूको रूपमा अभिषिक्‍त भए। तिनीहरूलाई यशैया ६०:३ मा राजाहरू भनिएको छ किनभने तिनीहरू परमेश्‍वरको स्वर्गीय राज्यमा सहशासकहरू हुनेछन्‌। (प्रकाश २०:६) पछि, अरू भेडाको ठूलो भीड यहोवाको ज्योतितर्फ आकर्षित भयो। भविष्यवाणीमा वर्णन गरिएका “जाति जातिहरू” यिनै हुन्‌।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने