-
यहोवाले आफ्ना जनहरूलाई ज्योति प्रदान गर्नुभएर महिमित पार्नुहुन्छप्रहरीधरहरा—२००२ | जुलाई १
-
-
१२ यसरी यात्रा गर्नेहरू व्यापारीहरू मात्र होइनन्। गोठालाहरू पनि सियोनमा आइरहेका छन्। भविष्यवाणीमा यस्तो लेखिएको पाउँछौं: “केदारका सबै भेड़ा-बाख्राहरू तँकहाँ जम्मा हुनेछन्। नबाओतका साँढ़भेड़ाहरूले तेरो सेवा गर्नेछन्।” (यशैया ६०:७क) तिनीहरू आफ्नो बगालको सर्वोत्तम बलि चढाउन पवित्र शहरमा आउँदैछन्। तिनीहरू सियोनमा सेवा गर्न आफैलाई समेत अर्पण गर्छन्! यहोवाले यी विदेशीहरूको कसरी स्वागत गर्नुहुनेछ? परमेश्वर आफैले यस्तो जवाफ दिनुहुन्छ: “तिनीहरू मेरो वेदीमा ग्रहणयोग्य भएर आउनेछन्, र महिमाको भवनलाई म महिमित पार्नेछु।” (यशैया ६०:७ख) यहोवाले विदेशीहरूको भेटी र सेवा खुसीसाथ ग्रहण गर्नुहुन्छ। तिनीहरूको उपस्थितिले उहाँको मन्दिरको महिमा बढाउँछ।
-
-
यहोवाले आफ्ना जनहरूलाई ज्योति प्रदान गर्नुभएर महिमित पार्नुहुन्छप्रहरीधरहरा—२००२ | जुलाई १
-
-
१५. (क) यशैया ६०:४-९ मा कस्तो वृद्धिबारे भविष्यवाणी गरिएको छ? (ख) साँचो मसीहीहरूले कस्तो मनोभाव प्रकट गर्छन्?
१५ पद ४ देखि ९ ले १९१९ देखि यता भइरहेको विश्वव्यापी विस्तारको एकदमै जीवन्त भविष्यसूचक दृश्य चित्रण गर्छ! यहोवाले सियोनमा किन यति धेरै वृद्धि गराउनुभयो? किनभने सन् १९१९ देखि परमेश्वरको इस्राएलले आज्ञाकारी भई निरन्तर रूपमा यहोवाको ज्योति चम्काइरहेको छ। तर के तपाईंले याद गर्नुभयो, पद ७ अनुसार यी नवआगन्तुकहरू “[परमेश्वरको] वेदीमा” आउँदैछन्? वेदीमा बलिदान चढाइन्छ र भविष्यवाणीको यस पक्षले यहोवाको सेवामा बलिदान पनि समावेश छ भनी सम्झाउँछ। प्रेरित पावलले यसप्रकार लेखे: “ए भाइ हो, . . . म तिमीहरूलाई निवेदन गर्दछु, कि तिमीहरूको यथोचित सेवाको रूपमा आफ्ना आफ्ना शरीरलाई, पवित्र र परमेश्वरलाई मनपर्ने, जिउँदो बलिदान गरी दिइहाल।” (रोमी १२:१) पावलका शब्दहरूअनुरूप साँचो मसीहीहरू हरेक हप्ता धार्मिक सेवाहरूमा उपस्थित हुनु मात्र पर्याप्त ठान्दैनन्। तिनीहरू शुद्ध उपासनालाई अघि बढाउन आफ्नो समय, शक्ति र स्रोतसाधन खर्च गर्छन्। के यस्ता समर्पित उपासकहरूको उपस्थितिले यहोवाको भवनको महिमा बढाउँदैन र? अवश्य बढाउनेछ भनी यशैयाको भविष्यवाणीले बताउँछ। अनि त्यस्ता जोसिला उपासकहरू यहोवाको नजरमा साँच्चै मूल्यवान् हुन्छन् भनी हामी पक्का हुन सक्छौं।
-