प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रचारको कामले हासिल गरेको नतिजा—“बाली पाकेर पहेंला भइसकेका छन्‌”
    परमेश्‍वरको राज्यले शासन गर्दै छ!
    • १२. रायोको दानाको दृष्टान्त अहिलेको कटनीको काममा कसरी लागू हुन्छ? (“बाइबल अध्ययनहरूको सङ्‌ख्या बढ्‌दै छ” शीर्षक भएको चार्ट पनि हेर्नुहोस्‌।)

      १२ (१) ठूलो हुन्छ: रायोको दानाको दृष्टान्तले परमेश्‍वरको राज्यको सन्देश फैलिने र ख्रीष्टियन मण्डलीको वृद्धि हुने कुरालाई जोड दिन्छ। सन्‌ १९१९ देखि जोसिला खेतालाहरूलाई पुनर्स्थापित ख्रीष्टियन मण्डलीमा जम्मा गर्न थालियो। त्यतिबेला खेतालाहरूको सङ्‌ख्या थोरै थियो तर छिट्टै तिनीहरूको सङ्‌ख्या बढेर धेरै भयो। सन्‌ १९०० देखि अहिलेसम्म खेतालाहरूको सङ्‌ख्यामा भएको वृद्धि साँच्चै अचम्मलाग्दो छ। (यशै. ६०:२२) (२) पक्कै बढ्‌छ: ख्रीष्टियन मण्डलीको वृद्धिलाई कुनै कुराले रोक्न सकेको छैन। परमेश्‍वरका शत्रुहरूले जति विरोध गरे तापनि त्यो सानो बीउ सबै बाधाअडचन पन्छाउँदै बढिरहेको छ। (यशै. ५४:१७) (३) बास बस्छन्‌: हलक्क बढेको रायोको बोटमा आगन्तुकहरू आएर बस्छन्‌। रूखमा बास बस्ने “चराचुरुङ्‌गी”-ले परमेश्‍वरको राज्यको सन्देश स्वीकार्ने असल मानिसलाई बुझाउँछ। अहिले झन्डै २४० मुलुकका लाखौं नम्र मानिसहरू ख्रीष्टियन मण्डलीको सदस्य बनिसकेका छन्‌। (इज. १७:२३) तिनीहरूले ख्रीष्टियन मण्डलीमा आध्यात्मिक भोजन, स्फूर्ति र सुरक्षा पाइरहेका छन्‌।—यशै. ३२:१, २; ५४:१३.

      रायोको बोटमा बास बसेका विभिन्‍न चराचुरुङ्‌गी

      रायोको दानाको दृष्टान्तले देखाएझैं ख्रीष्टियन मण्डलीमा आउनेहरूले बास र सुरक्षा पाउँछन्‌ (अनुच्छेद ११, १२ हेर्नुहोस्‌)

  • प्रचारको कामले हासिल गरेको नतिजा—“बाली पाकेर पहेंला भइसकेका छन्‌”
    परमेश्‍वरको राज्यले शासन गर्दै छ!
    • “सबैभन्दा सानोचाहिं” कसरी “एउटा शक्‍तिशाली जाति” भएको छ

      “तिमीहरूमध्ये थोरैचाहिं हजार हुनेछ, र सबैभन्दा सानोचाहिं एउटा शक्‍तिशाली जाति हुनेछ। म परमप्रभु हुँ। त्यसको समयमा त्यो चाँडै पूरा गर्नेछु।” (यशै. ६०:२२, NRV) यो भविष्यवाणी कसरी पूरा भएको छ? धेरै वर्षदेखि सेवा गर्दै आएका संसारभरिका साक्षीहरूले यो भविष्यवाणी पूरा भएको देख्दा कस्तो प्रतिक्रिया देखाएका छन्‌?

      बोर्य निलसन

      बोर्य निलसन (सन्‌ १९४३ मा बप्तिस्मा गरेका ८४ वर्षीय भाइ): “सन्‌ १९२० को दशकमा अग्रगामी सेवा गर्नुहुने एक जना अभिषिक्‍त भाइलाई म सम्झन्छु। स्वीडेनको झन्डै आधा भागमा प्रचार गर्ने जिम्मेवारी पाउँदा उहाँले आज्ञाकारी भई स्वीकार्नुभयो। उहाँले र उहाँजस्तै अरू वफादार जनहरूले गर्नुभएको कामले गर्दा स्वीडेनमा ठूलो प्रगति भयो! अहिले स्वीडेनमा यहोवाका साक्षीहरू २२,००० भन्दा धेरै छन्‌। हुन त अहिले म पनि बूढो भइसकें तैपनि म यहोवाको सेवा गरिरहन चाहन्छु। यहोवाले अझै के-के गर्न बाँकी नै छ, कसलाई के थाह?”

      एट्यन एस्तरहास

      एट्यन एस्तरहास (सन्‌ १९४२ मा बप्तिस्मा गरेका ८३ वर्षीय भाइ): “सन्‌ १९४२ मा दक्षिण अफ्रिकामा यहोवाका जनहरूको सङ्‌ख्या लगभग १,५०० थियो। तर अहिले ९४,००० भन्दा धेरै भइसक्यो। यो कुरा विचार गर्दा मलाई अचम्म लाग्छ। यस्तो विशाल सङ्‌गठनको भाग हुन पाउँदा मेरो विश्‍वास साँच्चै बलियो भएको छ!”

      किथ गेडन

      किथ गेडन (सन्‌ १९४८ मा बप्तिस्मा गरेका ८२ वर्षीय भाइ): “सन्‌ १९४८ मा बेलायतमा झन्डै १३,७०० जना यहोवाका साक्षीहरू थिए। आज यहाँ झन्डै १,३७,००० यहोवाका साक्षीहरू छन्‌। यहोवाले गर्दा नै यति धेरै वृद्धि भएको हो भन्‍ने कुरामा म विश्‍वस्त छु। मान्छेले गर्दा यति धेरै वृद्धि हुनु असम्भव छ तर यहोवा ‘उदेकका कर्म गर्नुहुने’ हुनुहुन्छ।”—प्रस्थ. १५:११.

      अलरिक क्रोलोप

      अलरिक क्रोलोप (सन्‌ १९५२ मा बप्तिस्मा गरेकी ७७ वर्षीया बहिनी): “नाजीहरूको हातबाट सास्ती सहेका साक्षीहरूको जोस देखेर दोस्रो विश्‍वयुद्धपछि जर्मनीका भाइबहिनीहरू पनि जुरमुरिए। मानिसहरूलाई सान्त्वना चाहिएको थियो र हामीले धक नमानी उनीहरूलाई सान्त्वना दियौं किनभने साक्षीहरूले त्यस भयङ्‌कर युद्धमा भाग लिएका थिएनन्‌। परमेश्‍वरको शक्‍तिले उहाँका जनहरूलाई कसरी डोऱ्‍याएको छ भन्‍ने कुरा मैले बितेको ६० वर्षमा देखेकी छु। आज यहाँ १,६४,००० भन्दा धेरै साक्षी छन्‌। कस्तो राम्रो प्रगति!”

      मारिया ब्रिनेत्सकाया

      मारिया ब्रिनेत्सकाया (सन्‌ १९५५ मा बप्तिस्मा गरेकी ७७ वर्षीया बहिनी): “प्रहरीले नपक्रोस्‌ भनेर मैले राती अँध्यारो भएपछि बप्तिस्मा गरें। मेरो श्रीमान्‌ यहोवाको साक्षी हुनु भएकोले सरकारले उहाँलाई धेरै टाढा पर्ने श्रम शिविरमा राख्यो। मचाहिं रूसमै आफ्नो गाउँमा चनाखो हुँदै प्रचार गर्दै बसें। मैले प्रचार गरेका छिमेकीहरूमध्ये निकैले सत्य स्वीकारे। त्यतिबेला रूसमा यहोवाका साक्षीहरू थोरै थिए। तर अहिले १,६८,००० भन्दा धेरै छन्‌!”

      किमिको यामानो

      किमिको यामानो (सन्‌ १९५४ मा बप्तिस्मा गरेकी ७९ वर्षीया बहिनी): “सन्‌ १९७० मा जापानमा यहोवाका साक्षीहरू १०,००० छन्‌ भनेर थाह पाउँदा मेरो आखाँबाट बर्र आँसु झरेको थियो। त्यतिबेला मैले यहोवालाई यसो भनेर प्रार्थना गरेको मलाई अझै याद छ: ‘नमरेसम्म म तपाईंकै सेवा गरिरहनेछु।’ अहिले जापानमा २,१६,००० भन्दा धेरै जना यहोवाका साक्षीहरू छन्‌। म यत्ति खुसी छु कि तपाईंले कल्पनै गर्न सक्नुहुन्‍न!”

      दानियल ओडोगन

      दानियल ओडोगन (८३ वर्षीय भाइ): “सन्‌ १९५० मा मेरो बप्तिस्मा हुँदा नाइजेरियामा ८,००० जना यहोवाका साक्षीहरू थिए। अहिले झन्डै ३,५१,००० छन्‌! सम्मेलनमा धेरै जना उपस्थित भएको देख्दा मलाई असाध्यै खुसी लाग्छ। त्यतिखेर मलाई हाग्गै २:७ ले भनेको कुरा याद आउँछ। यहोवाले साँच्चै सबै जातिलाई हल्लाइरहनुभएको छ र सबै जाति-जातिका मानिसहरू उहाँको सङ्‌गठनमा ओइरिंदैछन्‌। म अहिले पनि आफूले सकेजति प्रचार गर्छु किनभने मेरो लागि प्रचारको काम नै यहोवालाई धन्यवाद चढाउने मौका हो।”

      कार्लोस सिल्भा

      कार्लोस सिल्भा (७९ वर्षीय भाइ): “मेरो बप्तिस्मा १९५२ मा भएको हो। त्यतिखेर ब्राजिलमा ५,००० साक्षी थिए। त्यो वर्ष साओ पाऊलोको एउटा हलमा सम्मेलन भएको थियो। पार्किङ गर्ने ठाउँमा दुइटा मात्रै गाडी थिए। मलाई अझै याद छ, एक जना भाइले नजिकैको पाकाएम्बु रङ्‌गशालातिर इशारा गर्दै सोध्नुभएको थियो, ‘के तपाईंलाई कुनै दिन हाम्रो अधिवेशन त्यहाँ होला जस्तो लाग्छ?’ त्यतिबेला त्यो कुरा सम्भव छैन जस्तो लाग्थ्यो। तर १९७३ मा त्यही रङ्‌गशालामा हाम्रो अधिवेशन भयो। त्यतिखेर ९४,५८६ जना उपस्थित भए! अहिले ब्राजिलमा ७,६७,००० भन्दा धेरै साक्षी छन्‌। यस्तो उन्‍नति देख्दा असाध्यै खुसी लाग्छ!”

      कार्लोस कासारेस

      कार्लोस कासारेस (७३ वर्षीय भाइ): “सन्‌ १९५४ मा मैले बप्तिस्मा गर्दा मेक्सिकोमा १०,५०० यहोवाका साक्षीहरू थिए। त्यतिबेला मेक्सिकोमा जिम्मेवारी सम्हाल्ने भाइहरूको धेरै आवश्‍यकता थियो। त्यसैले भर्खर २१ वर्ष पुगेको भए पनि म क्षेत्रीय निरीक्षक नियुक्‍त भएँ। मैले आफ्नै आँखाअगाडि यशैया ६०:२२ पूरा भएको देखें! अहिले मेक्सिकोमा ८,०६,००० भन्दा धेरै यहोवाका साक्षीहरू छन्‌ र तिनीहरूले दस लाखभन्दा धेरै मानिसहरूसित बाइबल अध्ययन सञ्चालन गर्दै छन्‌!”

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने