-
सुसमाचारका आशिष्हरूप्रहरीधरहरा—२००२ | जनवरी १
-
-
सुसमाचारका आशिष्हरू
“नम्रहरूलाई सुसमाचार सुनाउनलाई परमप्रभुले मलाई अभिषेक गर्नुभएको छ। मन भाँचिएकाहरूको हृदयलाई निको पार्नलाई . . . सबै विलाप गर्नेहरूलाई सान्त्वना दिनलाई।”—यशैया ६१:१, २.
१, २. (क) येशूले आफ्नो विषयमा के प्रकाश पार्नुभयो र कसरी? (ख) येशूले घोषणा गर्नुभएको सुसमाचारले कस्ता आशिष्हरू प्रदान गऱ्यो?
येशूको सेवकाईको सुरुतिर एक विश्राम दिनको कुरा हो, उहाँ नासरतको सभाघरमा हुनुहुन्थ्यो। विवरणअनुसार “यशैया अगमवक्ताको पुस्तक उहाँलाई दिइयो। उहाँले त्यो पुस्तक खोल्नुभयो, र यो कुरो लेखिएको ठाउँ फेला पार्नुभयो। ‘परमप्रभुको आत्मा ममाथि छ, किनभने . . . सुसमाचार सुनाउनाको निम्ति उहाँले मलाई नियुक्त गर्नुभयो।’ ” येशूले भविष्यसूचक विवरणबाट अझ पढ्नुभयो। त्यसपछि उहाँ बस्नुभयो र भन्नुभयो: “आजको दिन यो धर्मशास्त्र तिमीहरूको सुनाइमा पूरा भएको छ।”—लूका ४:१६-२१.
२ यसरी येशूले आफूलाई भविष्यवाणी गरिएको सुसमाचारक, सुसमाचारका प्रचारक र सान्त्वनादाता भनेर चिनाउनुभयो। (मत्ती ४:२३) अनि येशूले भन्नुभएको कुरा साँच्चै सुसमाचार थियो! उहाँले आफ्ना श्रोताहरूलाई यसो भन्नुभयो: “म संसारको ज्योति हुँ, मपछि लाग्ने अँध्यारोमा हिंड़डुल गर्नेछैन, तर त्यसले जीवनको ज्योति पाउनेछ।” (यूहन्ना ८:१२) उहाँले यसो पनि भन्नुभयो: “तिमीहरू मेरो वचनमा रह्यौ भने साँच्चै मेरा चेला हौ। औ तिमीहरूले सत्य के हो, सो जान्नेछौ, र सत्यले तिमीहरूलाई स्वतन्त्र तुल्याउनेछ।” (यूहन्ना ८:३१, ३२) हो, येशूसँग “अनन्त जीवनका कुरा” थियो। (यूहन्ना ६:६८, ६९) ज्योति, जीवन र स्वतन्त्रता, यी साँच्चै अनमोल आशिष्हरू हुन्!
३. येशूका चेलाहरूले कस्तो सुसमाचार प्रचार गरे?
३ सा.यु. ३३ पेन्तिकोसपछि पनि चेलाहरूले सुसमाचार प्रचार गर्ने येशूको कामलाई निरन्तरता दिए। तिनीहरूले “राज्यको यो सुसमाचार” इस्राएली र अन्यजातिहरू सबैलाई प्रचार गरे। (मत्ती २४:१४; प्रेरित १५:७; रोमी १:१६) ज-जसले सुसमाचार सुने, तिनीहरूले यहोवा परमेश्वरलाई चिने। तिनीहरू धार्मिक दासत्वबाट मुक्त भए अनि नयाँ आध्यात्मिक राष्ट्र अर्थात् “परमेश्वरका इस्राएल[को]” भाग भए र यसका सदस्यहरूको आफ्नो प्रभु, येशू ख्रीष्टसँग स्वर्गमा अनन्तकालसम्म शासन गर्ने प्रत्याशा छ। (गलाती ५:१; ६:१६; एफिसी ३:५-७; कलस्सी १:४, ५; प्रकाश २२:५) ती पक्कै पनि अनमोल आशिष्हरू थिए!
अहिले प्रचारकार्य
४. आज सुसमाचार प्रचार गर्ने कार्य कसरी भइरहेको छ?
४ आज, अभिषिक्त मसीहीहरूले “अरू भेड़ा[को]” बढ्दो “ठूलो भीड़[को]” समर्थन पाएर सुरुमा येशूलाई दिइएको भविष्यसूचक आज्ञा पूरा गर्दैछन्। (प्रकाश ७:९; यूहन्ना १०:१६) फलस्वरूप, आजजस्तो व्यापक तवरमा पहिले कहिल्यै सुसमाचार प्रचार गरिएको थिएन। यहोवाका साक्षीहरू २३५ मुलुक तथा इलाकाहरूमा “नम्रहरूलाई सुसमाचार सुनाउनलाई . . . मन भाँचिएकाहरूको हृदयलाई निको पार्नलाई, कैदमा परेकाहरूलाई स्वतन्त्रता र बन्धनमा परेकाहरूलाई छुटकाराको घोषणा गर्न . . . परमप्रभुको ग्रहणयोग्य वर्ष र हाम्रा परमेश्वरको बदला दिने दिनको घोषणा गर्नलाई, सबै विलाप गर्नेहरूलाई सान्त्वना दिनलाई” अग्रसर भएका छन्। (यशैया ६१:१, २) यसर्थ, मसीही सुसमाचार कार्यले “कुनै पनि संकष्टमा हुनेहरूलाई” साँचो सान्त्वना र थुप्रै आशिष्हरू प्रदान गर्छ।—२ कोरिन्थी १:३, ४.
-
-
सुसमाचारका आशिष्हरूप्रहरीधरहरा—२००२ | जनवरी १
-
-
अनन्त आशिष् प्रदान गर्ने सुसमाचार
६. अहिले कस्तो सुसमाचार प्रचार भइरहेको छ?
६ यहोवाका साक्षीहरूले सुनाउने जस्तो सुसमाचार अरू कुनै समाचार छैन। सुसमाचार सुन्न इच्छुक व्यक्तिहरूलाई येशूले आफ्नो जीवन बलिदानको रूपमा अर्पण गर्नुभएर परमेश्वरलाई पुकार्न, पाप क्षमा गर्न बाटो खोल्नुका साथै अनन्त जीवनको आशा प्रदान गर्नुभयो भनी तिनीहरू बाइबल खोलेर देखाउँछन्। (यूहन्ना ३:१६; २ कोरिन्थी ५:१८, १९) अभिषिक्त राजा, येशू ख्रीष्टअन्तर्गत स्वर्गमा परमेश्वरको राज्य स्थापना भइसकेको छ र त्यसले चाँडै पृथ्वीबाट दुष्टता हटाउनेछ र प्रमोदवन पुनर्स्थापित गर्नेछ भनी तिनीहरू घोषणा गर्छन्। (प्रकाश ११:१५; २१:३, ४) यशैयाको भविष्यवाणीअनुसार तिनीहरू आफ्ना छिमेकीहरूलाई “परमप्रभुको ग्रहणयोग्य वर्ष” अहिले नै हो र मानिसहरूसमक्ष सुसमाचार स्वीकार्ने मौका अझै छ भनी बताउँछन्। तिनीहरूले ‘हाम्रो परमेश्वरको बदला लिने दिन’ चाँडै आउँदैछ र त्यस बेला परमेश्वरले अपश्चात्तापी पापीहरूमाथि विनाश ल्याउनुहुनेछ भनेर पनि चेताउनी दिन्छन्।—भजन ३७:९-११.
-