प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w98 ६/१५ p. ३२
  • हाम्रो पृथ्वीको भविष्य कस्तो छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • हाम्रो पृथ्वीको भविष्य कस्तो छ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
w98 ६/१५ p. ३२

हाम्रो पृथ्वीको भविष्य कस्तो छ?

“अमानवीय नागरिक हिंसा, असंख्य भिडन्तहरू, शरणार्थीहरूको बढ्‌दो जनसंख्या, युद्धमा मारिएका लाखौं मानिसहरू र ‘सुरक्षाको’ निम्ति गरिएको ठूलो खर्चजस्ता कुराहरूमा यस २० औं शताब्दीको तुलना अरू कुनै शताब्दीसित गर्न सकिंदैन,” भनी विश्‍व सेना तथा सामाजिक खर्च १९९६ ले (अंग्रेजी) उल्लेख गऱ्‍यो। के यो अवस्था कहिल्यै परिवर्तन हुनेछ?

शताब्दीऔंअघि परमेश्‍वरले गर्नुभएको प्रतिज्ञाबारे सम्झना दिलाउँदै प्रेरित पत्रुसले यसो भने: “[परमेश्‍वरको] प्रतिज्ञाबमोजिम हामी नयाँ स्वर्ग र नयाँ पृथ्वीको बाटो हेर्छौं, जसमा धार्मिकताले बास गर्छ।” (२ पत्रुस ३:१३) ती शब्दहरू वास्तवमा यशैयाका भविष्यवाणीका भाग थिए। (यशैया ६५:१७; ६६:२२) पुरातन इस्राएलले बेबिलोनमा ७० वर्षसम्म कैदी जीवन बिताएपछि प्रतिज्ञा गरिएको देशमा पुनर्स्थापित हुँदा भविष्यवाणीको प्रारम्भिक पूर्ति अनुभव गरे। “नयाँ स्वर्ग र नयाँ पृथ्वीको” सम्झना दिलाउँदै पत्रुसले त्यस भविष्यवाणी अझै बृहत्‌ रूपमा वा पृथ्वीभरि पूरा हुनेछ भनी देखाए!

सारा संसारभरि धार्मिकताको बास होस्‌ भन्‍ने परमेश्‍वर इच्छा गर्नुहुन्छ र यो उहाँको स्वर्गीय राज्यद्वारा पूरा हुनेछ अनि यसका राजा ख्रीष्ट हुनुहुन्छ। “एउटा जातिले अर्को जातिको विरूद्धमा तरवार उठाउनेछैन, औ तिनीहरूले अब उप्रान्त युद्ध गर्न सिक्नेछैनन्‌।” (यशैया २:४) त्यस्तै पूर्ण सुख अनि शान्तिले भरिएको पृथ्वीबारे येशूले आफ्ना अनुयायीहरूलाई सिकाउनुभएको थियो र साधारणतया प्रभुको प्रार्थना वा हाम्रा पितामा भनिने प्रार्थनामा यसो भन्‍न सिकाउनुभयो: “तपाईंको राज्य आओस्‌। तपाईंको इच्छा स्वर्गमाझैं यस पृथ्वीमा पूरा होस्‌।”—मत्ती ६:९, १०.

के तपाईं स्वर्ग जत्तिकै धार्मिक संसारमा बास गर्न चाहनुहुन्छ? आफ्नो पूरा हृदयले परमेश्‍वरको खोजी गर्ने र उहाँको धार्मिक मार्गहरूअनुसार जीवन बिताउन चाहने सबैलाई बाइबलले यही आशा प्रदान गर्छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने