प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • नयाँ संसार–के तपाईं त्यहाँ हुनुहुनेछ?
    प्रहरीधरहरा—२००० | अप्रिल १५
    • १४, १५. यशैया ६५:२१, २२ मा आधारित कस्ता इनामदायी क्रियाकलापहरूमा तपाईं भाग लिन सक्नुहुन्छ?

      १४ जानाजानी पाप गर्ने व्यक्‍ति कसरी हटाइनेछ भनी छलफल गरिरहनुको साटो यशैया नयाँ संसारमा बिताइने जीवनको वर्णन गर्छन्‌। यस दृश्‍यमा आफूलाई सामेल गर्नुहोस्‌। तपाईंले आफ्नो मनको आँखाले सबैभन्दा पहिले देख्ने कुरा नै तपाईंको घरपरिवार हुनसक्छ। त्यसैलाई ध्यानमा राख्दै यशैया पद २१ र २२ यसो भन्छ: “तिनीहरूले घर बनाएर तिनमा बास गर्नेछन्‌, र तिनीहरूले दाखबारी लगाएर तिनका फल खानेछन्‌। तिनीहरूले बनाएर अरूहरू बस्ने, र तिनीहरूले रोपेर अरूहरूले खाने चाहिं हुनेछैन, किनकि जस्तो रूखको आयु हुन्छ, त्यस्तै मेरो प्रजाको आयु हुनेछ, र छानिएकाहरूले आफ्ना हातले गरेका काम धेरै दिनसम्मै भोग गर्नेछन्‌।”

  • नयाँ संसार–के तपाईं त्यहाँ हुनुहुनेछ?
    प्रहरीधरहरा—२००० | अप्रिल १५
    • १६. नयाँ संसारमा स्थायी सन्तुष्टि पाइनेछ भनेर किन आशा गर्न सकिन्छ?

      १६ यस्ता कुराहरू विस्तृत तवरमा थाह पाउनुभन्दा तपाईंको आफ्नै एउटा घर हुनेछ भनेर जान्‍न पाउनु नै महत्त्वपूर्ण कुरा हो। हो, त्यो तपाईंको आफ्नै घर हुनेछ, आजजस्तो आफूले दुःख गरी बनाएर अरूलाई छोड्‌नुपर्ने घर होइन। यशैया ६५:२१ ले तपाईंले रोपेर त्यसको फल पनि तपाईंले नै खान पाउनुहुनेछ भन्छ। स्पष्टतः यसले त्यतिबेलाको सामान्य अवस्थालाई सारांशमा प्रस्तुत गर्छ। तपाईंले आफ्नो मिहेनतको मीठो फल पाउनुहुनेछ, निकै सन्तुष्टि पाउनुहुनेछ। अनि “रूखको जस्तो आयु हुने” लामो जीवनभर तपाईं त्यसै गरिरहनुहुनेछ। अनि यो “सब थोक नयाँ” भन्‍ने विवरणसित ठ्याक्कै मिल्छ!—भजन ९२:१२-१४.

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने