प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w95 ३/१ p. ३२
  • “रूखका आयु” जस्तो

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “रूखका आयु” जस्तो
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
w95 ३/१ p. ३२

“रूखका आयु” जस्तो

करीब तीन हजार वर्षअघि मोशाले यसप्रकार लेखे: ”हाम्रो आयु त तीन कोरी र दशवर्ष मात्र छन्‌, पौरखले चार कोरीसम्म ता होला। तापनि तिनीहरूको घमण्ड ता केवल दुःख र मेहनत मात्र हुन्छन्‌, किनकि त्यो चाँडै बित्छ, र हामी उडिजान्छौं।”—भजन ९०:१०.

चिकित्सा विज्ञानले जति नै उन्‍नति गरे तापनि मानिसको आयु मोशाको दिनमा जति थियो, त्यति नै छ। तर मानिसको सधैं नै यस्तो क्षणभंगुर अस्तित्व हुने छैन। बाइबल पुस्तक यशैयामा परमेश्‍वरले यसो भन्‍नुभएको छ: “जस्तो रूखको आयु हुन्छ, त्यस्तै मेरो प्रजाको आयु हुनेछ र छानिएकाहरूले आफ्ना हातले गरेका काम धेरै दिनसम्मै भोग गर्नेछन्‌।”—यशैया ६५:२२.

बाइबलका देशहरूमा पाइने रूखहरूमध्ये जैतूनको रूख सबैभन्दा लामो समयसम्म बाँच्छ। आज पनि गालीलमा हजार वर्ष पुगेका थुप्रै रूखहरू फष्टाइ रहेछन्‌ र तीमध्ये एउटालाई माथिको चित्रमा तपाईं देख्न सक्नुहुन्छ। त्यतिको लामो समयसम्म मानवहरू कहिले बाँच्न पाउनेछन्‌? परमेश्‍वरले “नयाँ आखाश र नयाँ पृथ्वी” सृजनु हुँदा भनेर अघिकै भविष्यवाणीले व्याख्या गर्छ।

प्रकाशको पुस्तकले पनि “नयाँ आकाश र नयाँ पृथ्वी”को स्थापनाबारे भविष्यवाणी गरेको छ। यसको अर्थ एउटा नयाँ सरकार र नयाँ मानव समाजको स्थापना हो जब परमेश्‍वरले “आँखाबाट सबै आँसु पुछिदिनु हुनेछ, र फेरि मृत्यु हुनेछैन। औ शोक, रुवाइ, पीडा फेरि केही हुनेछैन।”—प्रकाश २१:१, ४.

यो ईश्‍वरीय प्रतिज्ञा चाँडै नै पूरा हुनेछ। त्यतिखेर जैतूनको रूखको आयु पनि २४ घण्टा जस्तो मात्र देखिनेछ। हामीले आफ्ना हातका कामहरूबाट पूर्ण फायदा उठाउने प्रशस्त समय पाउनेछौं।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने