-
परमेश्वरको राज्यले पृथ्वीमा उहाँको इच्छा पूरा गर्नेछपरमेश्वरको राज्यले शासन गर्दै छ!
-
-
९, १०. (क) यशैया ११:६-९ को भविष्यवाणी आज कसरी पूरा भइरहेको छ? (ख) परमेश्वरका जनहरू शान्तिमा बसिरहेका छन् भनेर हामी किन भन्न सक्छौं?
९ सुरक्षा। यशैया ११:६-९ को भविष्यवाणीमा जङ्गली जनावर, घरपालुवा जनावर र मानिस आपसमा मिलेर बसेको सुन्दर विवरण पाइन्छ। के यो भविष्यवाणी आज प्रतीकात्मक अर्थमा पूरा भइरहेको छ? अवश्य! यस पदमा हिंस्रक जनावरहरूले हानि-नोक्सानी गर्नेछैनन् भनेर बताइएको छ। यो कसरी सम्भव हुनेछ? यसको जवाफ हामी पद ९ मा पाउन सक्छौं: “किनकि समुद्र पानीले भरिएझैं पृथ्वी परमप्रभुको ज्ञानले भरिपूर्ण हुनेछ।” त्यसोभए के “परमप्रभुको ज्ञानले” जनावरहरूको स्वभावै बदलिदिने हो? अहँ, त्यसो होइन। यस पदमा मानिसहरूको स्वभावमा हुने परिवर्तनबारे कुरा गरिएको छ। सर्वोच्च परमेश्वरलाई चिनेर उहाँ जस्तै शान्तिमा रहन सिक्दा मानिसहरूको स्वभावमा परिवर्तन आउँछ। त्यसैले आज आध्यात्मिक प्रमोदवनमा यो भविष्यवाणी मनमोहक तरिकामा पूरा भइरहेको हामी देख्न सक्छौं। परमेश्वरको राज्यको अधीनमा बसेका ख्रीष्टका चेलाहरूले जङ्गली र हिंस्रक स्वभाव त्यागेर भाइबहिनीसित शान्ति र मेलमिलापमा बस्न सिकिरहेका छन्।
१० उदाहरणको लागि हामीले यस किताबमा ख्रीष्टियन तटस्थताबारे छलफल गऱ्यौं। परमेश्वरका जनहरू त्यसरी तटस्थ रहनुको बाइबलआधारित कारण र तिनीहरूले भोग्नुपरेको यातनाबारे हामीले बुझ्यौं। हो, हिंसै-हिंसाले भरिएको यो संसारमा पनि कुनै किसिमको हिंस्रक गतिविधिमा भाग लिन नचाहने मानिसहरूको एउटा ठूलो “राष्ट्र” छ। आफ्नो ज्यानै जान सक्ने खतरा मोल्नुपरे तापनि तिनीहरू हिंस्रक गतिविधिमा भाग लिन इन्कार गर्छन्। के यो उल्लेखनीय कुरा होइन र? यशैयाले वर्णन गरेझैं मसीही राजाका प्रजा शान्तिमा बसिरहेका छन् भन्ने कुराको यो अकाट्य प्रमाण हो। येशूले आफ्ना चेलाहरूको प्रमुख चिनारी तिनीहरूबीचको प्रेम हुनेछ भनेर बताउनुभएको थियो। (यूह. १३:३४, ३५) येशू ख्रीष्टले “विश्वासी र बुद्धिमान् दास”-मार्फत प्रत्येक मण्डलीमा सबै ख्रीष्टियनहरूलाई शान्तिप्रिय, मायालु र नम्र हुन सिकाउँदै हुनुहुन्छ।—मत्ती २४:४५-४७.
-
-
परमेश्वरको राज्यले पृथ्वीमा उहाँको इच्छा पूरा गर्नेछपरमेश्वरको राज्यले शासन गर्दै छ!
-
-
१६. प्रमोदवनमा हामीले पाउने सुरक्षाबारे बाइबलले के बताएको छ?
१६ सुरक्षा। अन्ततः यशैया ११:६-९ मा बताइएको सुन्दर भविष्यवाणीको एक-एक शब्द पूरा हुनेछ। मानिसहरू पृथ्वीको जुनसुकै कुनामा सुरक्षित हुनेछन्। कुनै जनावर वा मानिसले तिनीहरूलाई हानि पुऱ्याउने छैन। कल्पना गर्नुहोस्, पूरै पृथ्वी तपाईंको सुन्दर घर हुनेछ। तपाईं खोला, ताल र समुद्रमा पौडी खेल्न सक्नुहुन्छ। हिंड्दै डाँडाकाँडा काट्न सक्नुहुन्छ। जङ्गलमा निष्फिक्री टहल्न सक्नुहुन्छ। अनि रात परेपछि पनि डराउनुपर्ने छैन। इजकिएल ३४:२५ का शब्दहरू पूरा हुनेछन् र परमेश्वरका जनहरू “निर्धक्क भएर खुला चौरमा बस्नेछन् र उजाड-स्थानमा सुत्न सक्नेछन्।”
-