-
यहोवा मेरो अंश हुनुहुन्छप्रहरीधरहरा—२०११ | सेप्टेम्बर १५
-
-
यहोवा व्यक्तिविशेषको पनि अंश हुनुहुन्थ्यो
८. लेवी आसापले कस्तो बेचैनी महसुस गरे, व्याख्या गर्नुहोस्।
८ लेवीहरूले कुलको रूपमा यहोवालाई आफ्नो अंश ठान्नुपर्थ्यो। तर उल्लेखनीय कुरा के छ भने यहोवाप्रति आफ्नो भक्ति र भरोसा जाहेर गर्न लेवीहरूले व्यक्तिविशेषको रूपमा पनि यहोवा आफ्नो अंश हुनुहुन्छ भन्ने अर्थ लाग्ने वाक्यांश चलाएका छन्। (विला. ३:२४) एक जना लेवी गायक तथा सङ्गीतकार त्यस्ता व्यक्तिहरूमध्ये पर्छन्। हामी तिनलाई आसाप भन्नेछौं तर वास्तवमा तिनी आसाप स्वयम् थिए वा तिनको घरानाका अरू कोही थिए, पक्का छैन।b दुष्टहरूको फलिफाप देखेर आसाप (वा तिनको कुनै सन्तान) अलमल्लमा परेका थिए। तिनी उनीहरूप्रति डाही भएको विवरण हामी भजन ७३ अध्यायमा पाउँछौं। तिनले यस्तोसम्म भने: “निश्चय व्यर्थमा मैले आफ्नो हृदय शुद्ध गरेको छु, र निर्दोषतामा आफ्नो हात धोएँ।” सायद तिनले आफूले पाएको सेवाको सुअवसरलाई ध्यान दिएनन् र यहोवा आफ्नो अंश हुनुहुन्छ भन्ने कुराको मोल गर्न सकेनन्। “परमेश्वरको पवित्रस्थानमा” नपसेसम्म तिनलाई बेचैनी भइरह्यो।—भज. ७३:२, ३, १२, १३, १७.
-
-
यहोवा मेरो अंश हुनुहुन्छप्रहरीधरहरा—२०११ | सेप्टेम्बर १५
-
-
११. यर्मियालाई कुन प्रश्नले रनभुल्लमा पाऱ्यो र उक्त प्रश्नको जवाफ यहोवाले कसरी दिनुभयो?
११ यहोवालाई आफ्नो अंश ठान्ने लेवी कुलका अर्का व्यक्ति हुन्—यर्मिया। तिनले यहोवालाई आफ्नो अंश भन्नुको मतलब के थियो, आउनुहोस् हामी बुझौं। यर्मिया यरूशलेम नजिकै रहेको लेवीहरूको सहर अनातोतमा बस्थे। (यर्मि. १:१) एकताका तिनलाई यस्तो कुराले रनभुल्लमा पारेको थियो: दुष्टहरूको किन फलिफाप हुन्छ अनि धर्मीहरूले चाहिं किन दुःख पाउँछन्? (यर्मि. १२:१) यरूशलेम र यहूदामा भइरहेको कुरा देखिसकेपछि तिनले यहोवालाई त्यस विषयमा गुनासो गरे। यहोवाले सही कुरालाई प्रेम गर्नुहुन्छ भनेर यर्मियालाई थाह थियो। यरूशलेमको विनाशबारे यर्मियालाई भविष्यवाणी गर्न लगाएर अनि पछि त्यो भविष्यवाणी पूरा गरेर यहोवाले यर्मियाको प्रश्नको जवाफ दिनुभयो। भविष्यवाणी गरिएअनुरूप नै यहोवाको निर्देशनबमोजिम चल्नेहरूजति जीवित रहे तर उन्नति-प्रगति गरिरहेका दुष्टहरूले भने चेतावनी सुन्न इन्कार गरे र विनाश भोगे।—यर्मि. २१:९.
१२, १३. (क) यहोवालाई आफ्नो अंश बनाउन यर्मियालाई कुन कुराले उत्प्रेरित गऱ्यो अनि तिनको मनोवृत्ति कस्तो थियो? (ख) इस्राएलका सबै कुलले किन धैर्यसाथ प्रतीक्षा गर्ने मनोवृत्ति खेती गर्नुपर्थ्यो?
१२ पछि, ध्वस्त भएको आफ्नो गृहनगर देख्दा यर्मियालाई अन्धकारमा हिंडेको जस्तै भयो। मानौं, ‘धेरै दिनदेखि मरेको मुर्दाझैं यहोवाले तिनलाई अँध्यारो ठाउँमा हालिदिनुभयो।’ (विला. १:१, १६; ३:६) यर्मियाले हठी राष्ट्रलाई स्वर्गमा बस्नुहुने आफ्नो बुबाकहाँ फर्कन भनेका थिए तर तिनीहरूको खराबी यत्तिसम्म चुलिसकेको थियो कि परमेश्वरले यरूशलेम र यहूदा दुवैलाई नाश नगरी नहुने भयो। यसमा यर्मियाको कुनै दोष थिएन तैपनि तिनले पीडा महसुस गरे। दुःखको बेलामा पनि यी अगमवक्ताले परमेश्वरले देखाउनुभएको कृपालाई याद गरे। तिनले भने: “परमप्रभुको महान् प्रेमले गर्दा हामी भस्म भएका छैनौं।” वास्तवमा, हरेक बिहान उहाँको कृपा नयाँ हुन्छ! त्यसपछि यर्मियाले यहोवा आफ्नो अंश हुनुहुन्छ भन्ने अर्थ लाग्ने यस्तो अभिव्यक्ति चलाए: “परमप्रभु नै मेरो सर्वस्व हुनुहुन्छ।” तिनले अझै पनि अगमवक्ताको रूपमा यहोवाको सेवा गर्ने सुअवसर पाए।—विलाप ३:२२-२४ पढ्नुहोस्।
१३ सत्तरी वर्षसम्म इस्राएलीहरू घरबारविहीन हुने थिए। यरूशलेम उजाड अवस्थामा रहने थियो। (यर्मि. २५:११) तर यर्मियाले व्यक्त गरेको अभिव्यक्तिले तिनी यहोवाको कृपामा भरोसा गर्छन् भन्ने देखियो। साथै यसले तिनलाई “धैर्यसाथ उहाँको प्रतीक्षा” गर्ने ठोस कारण पनि दियो। इस्राएलका सबै कुलले आफ्नो जग्गा-जमिन गुमाएका थिए, त्यसैले तिनीहरू सबैले यी अगमवक्ताको जस्तै मनोवृत्ति खेती गर्नुपर्ने थियो। तिनीहरूको एउटै आशा भन्नु नै यहोवा हुनुहुन्थ्यो। सत्तरी वर्षपछि, परमेश्वरका जनलाई तिनीहरूको मातृभूमिमा फर्काइयो अनि तिनीहरूले फेरि त्यहाँ बसेर यहोवाको सेवा गर्ने सुअवसर पाए।—२ इति. ३६:२०-२३.
-