-
‘म एउटा गोठालो नियुक्त गर्नेछु’यहोवाको शुद्ध उपासना—आखिरमा पुनर्स्थापित हुन्छ!
-
-
१९ भविष्यवाणी के भन्छ? (इजकिएल ३४:२२-२४ पढ्नुहोस्) परमेश्वरले ‘एउटा गोठालो नियुक्त गर्नुहुनेछ,’ जसलाई उहाँले “मेरो सेवक दाउद” भन्नुभएको छ। यस पदमा “एउटा गोठालो” र “सेवक” भन्ने एकवचन रूप चलाइएको छ। यसबाट तिनले दाउदको राजघरानालाई फेरि निरन्तरता दिनेछैनन्, बरु तिनी आफै स्थायी उत्तराधिकारी हुनेछन् भन्ने कुरा बुझिन्छ। ती गोठालोले परमेश्वरका भेडाहरूलाई खुवाउनेछन् र उनी “तिनीहरूका शासक हुनेछन्।” यहोवा परमेश्वरले आफ्ना भेडाहरूसित “शान्तिको करार” गर्नुहुनेछ। “झरीजस्तै तिनीहरूमाथि आशिष् बर्सनेछ” र तिनीहरूले सुरक्षा, फलिफाप र समृद्धिको अनुभव गर्नेछन्। त्यतिबेला मानिसहरूबीच मात्र होइन तर मानिस र जनावरहरूबीच पनि शान्ति छाउनेछ!—इज. ३४:२५-२८.

२१ “शान्तिको करार” र झरीजस्तै बर्सने आशिष्बारे इजकिएलले बताएको कुरा भविष्यमा कसरी पूरा हुनेछ? आउँदै गरेको नयाँ संसारमा यहोवा परमेश्वरका शुद्ध उपासकहरूले “शान्तिको करार”-ले ल्याउने आशिष्हरूबाट पूरापूर फाइदा उठाउनेछन्। पृथ्वी प्रमोदवनमा परिणत हुँदा विश्वासी मानिसहरूलाई युद्ध, अपराध, भोकमरी, रोगबिमार र जङ्गली जनावरहरूको खतरा हुनेछैन। (यसै. ११:६-९; ३५:५, ६; ६५:२१-२३) हो, पार्थिव प्रमोदवनमा परमेश्वरका भेडाहरू “ढुक्कसित बस्नेछन् र कसैले पनि तिनीहरूलाई तर्साउनेछैन।” त्यस्तो ठाउँमा सदासर्वदा बाँच्ने आशा पाएकोमा के तपाईँ रोमाञ्चित हुनुहुन्न?—इज. ३४:२८.
-