प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • “गोग, म तँविरुद्ध खडा भएको छु”
    यहोवाको शुद्ध उपासना—आखिरमा पुनर्स्थापित हुन्छ!
    • “देश”—यो के हो?

      ११. इजकिएलको भविष्यवाणीमा गोगले आक्रमण गर्ने “देश”-बारे कस्तो वर्णन गरिएको छ?

      ११ हामीले अनुच्छेद ३ मा सिकेझैँ यहोवा परमेश्‍वरले अनमोल ठान्‍नुहुने देशमाथि मागोगको गोगले आक्रमण गर्दा उहाँको क्रोध दन्कनेछ। त्यो देश के हो? फेरि इजकिएलको भविष्यवाणीलाई विचार गरौँ। (इजकिएल ३८:८-१२ पढ्‌नुहोस्‌) यस भविष्यवाणीमा गोगले “जातिजातिबाट जम्मा गरिएका मानिसहरू” बसोबास गर्ने “देशमा आक्रमण” गर्ने कुरा बताइएको छ। साथै, यस देशमा बसोबास गर्ने पुनर्स्थापित उपासकहरूबारे के भनिएको छ, ध्यान दिनुहोस्‌: तिनीहरू “ढुक्कसित बसोबास” गर्छन्‌; तिनीहरू “पर्खाल, बार र मूलढोका नभएको देशमा” बस्छन्‌ अनि तिनीहरूले “प्रशस्त धनसम्पत्ति जम्मा गरेका छन्‌।” यो विश्‍वभरिका यहोवाका शुद्ध उपासकहरू बसोबास गर्ने देश हो। हामी यस देशलाई कसरी चिन्‍न सक्छौँ?

      १२. पुरातन इस्राएलमा कस्तो पुनर्स्थापना भयो?

      १२ पुरातन इस्राएलमा भएको पुनर्स्थापनाबारे विचार गर्नु मदतकारी हुन्छ। त्यस देशमा शताब्दीयौँसम्म परमेश्‍वरले रोज्नुभएका मानिसहरू बसोबास गरे, काम गरे र उहाँलाई उपासना चढाए। ती इस्राएलीहरू विश्‍वासघाती भएपछि यहोवा परमेश्‍वरले इजकिएलमार्फत तिनीहरूको देश तहसनहस र निर्जन हुने भविष्यवाणी गर्नुभयो। (इज. ३३:२७-२९) तर बाँकी भएका पश्‍चात्तापी मानिसहरू बेबिलोनको निर्वासनबाट आफ्नै देशमा फर्कनेछन्‌ र तिनीहरूले शुद्ध उपासना पुनर्स्थापना गर्नेछन्‌ भनेर पनि यहोवाले भविष्यवाणी गर्नुभयो। यहोवा परमेश्‍वरको आशिष्‌ पाएर इस्राएल फेरि “अदनको बगैँचाजस्तै” हराभरा हुनेथियो। (इज. ३६:३४-३६) त्यो पुनर्स्थापना ईसापूर्व ५३७ देखि सुरु भयो, जब निर्वासित यहुदीहरू आफ्नो प्यारो मातृभूमि यरुसलेममा साँचो उपासना पुनर्स्थापना गर्न फर्के।

      १३, १४. (क) आध्यात्मिक देश के हो? (ख) यस देशलाई यहोवा परमेश्‍वर किन अनमोल ठान्‍नुहुन्छ?

      १३ आधुनिक समयमा पनि परमेश्‍वरका शुद्ध उपासकहरूले यस्तै किसिमको पुनर्स्थापना अनुभव गरे। यस प्रकाशनको अध्याय ९ मा सिकेझैँ परमेश्‍वरका सेवकहरू लामो समय महान्‌ बेबिलोनको कैदमा परेका थिए र इस्वी संवत्‌ १९१९ सम्ममा तिनीहरू त्यो कैदबाट मुक्‍त भइसकेका थिए। त्यो वर्ष यहोवा परमेश्‍वरले आफ्ना पुनर्स्थापित उपासकहरूलाई एउटा आध्यात्मिक देशमा ल्याउनुभयो। यो देश आध्यात्मिक प्रमोदवन अर्थात्‌ सुरक्षित र आध्यात्मिक रूपमा समृद्ध अवस्था हो, जहाँ साँचो परमेश्‍वरको उपासना गर्ने मानिसहरू बसोबास गर्छन्‌। यस देशमा हामी सुरक्षित वातावरणमा बसोबास गर्छौँ र मनोशान्ति पाउँछौँ। (हितो. १:३३) हामी यहाँ प्रशस्त मात्रामा आध्यात्मिक भोजन पाउँछौँ र परमेश्‍वरको राज्यको प्रचार गर्ने कामलाई टेवा पुऱ्‍याउन हामीले गर्न सक्ने कुराहरू थुप्रै छन्‌। हामी यो भनाइ सत्य साबित भएको अनुभव गर्दै छौँ: “यहोवाको आशिष्‌ले मानिसलाई धनी बनाउँछ; उहाँले त्योसँगै कुनै दुःख पठाउनुहुन्‍न।” (हितो. १०:२२) पृथ्वीको जुनसुकै ठाउँमा बसोबास गरिरहेको भए तापनि हामी यो देश अर्थात्‌ आध्यात्मिक प्रमोदवनमा छौँ। जबसम्म हामी आफ्नो बोली र कामद्वारा शुद्ध उपासनालाई सक्रियतासाथ समर्थन गर्छौँ, तबसम्म हामी यस देशमा हुन्छौँ।

      १४ यो आध्यात्मिक देशलाई यहोवा परमेश्‍वर अनमोल ठान्‍नुहुन्छ। किन? किनकि यहाँका बासिन्दाहरू अर्थात्‌ उहाँले शुद्ध उपासनातर्फ खिच्नुभएका व्यक्‍तिहरू उहाँको नजरमा “सबै जातिका अनमोल थोकहरू” हुन्‌। (हाग्गै २:७; युह. ६:४४) तिनीहरू परमेश्‍वरका विशिष्ट गुणहरू झल्किने नयाँ व्यक्‍तित्व धारण गर्न अथक प्रयास गर्दै छन्‌। (एफि. ४:२३, २४; ५:१, २) शुद्ध उपासकहरू यहोवा परमेश्‍वरको सेवामा आफूलाई पूर्णतया अर्पण गर्छन्‌, जसले गर्दा यहोवा परमेश्‍वरको महिमा हुन्छ र उहाँप्रतिको तिनीहरूको प्रेम पनि प्रकट हुन्छ। (रोमी १२:१, २; १ युह. ५:३) आफ्ना उपासकहरूले यो आध्यात्मिक देशलाई अझ सुन्दर पार्न कडा मेहनत गरिरहेको देख्दा यहोवा परमेश्‍वरलाई पक्कै पनि धेरै खुसी लाग्छ। यो कुरा सोच्नुहोस्‌: शुद्ध उपासनालाई आफ्नो जीवनमा पहिलो स्थान दिँदा तपाईँले आध्यात्मिक प्रमोदवनको सुन्दरतालाई बढाइरहनुभएको मात्र नभई यहोवा परमेश्‍वरको हृदयलाई पनि खुसी बनाइरहनुभएको हुन्छ!—हितो. २७:११.

      आध्यात्मिक प्रमोदवनमा बसोबास गर्नेहरू सँगै भेला हुँदै, उपासना गर्ने ठाउँको स्याहारसम्भार गर्दै, परमेश्‍वरको मदतको लागि प्रार्थना गर्दै र एकअर्कालाई साथ दिँदै

      हामी जहाँसुकै भए तापनि शुद्ध उपासनालाई सक्रियतासाथ समर्थन गरेसम्म हामी यो आध्यात्मिक देशमा हुन्छौँ (अनुच्छेद १३, १४ हेर्नुहोस्‌)

  • “गोग, म तँविरुद्ध खडा भएको छु”
    यहोवाको शुद्ध उपासना—आखिरमा पुनर्स्थापित हुन्छ!
    • १६ मागोगको गोगले पुनर्स्थापित आध्यात्मिक देशमा कहिले आक्रमण गर्नेछ? भविष्यवाणी यसो भन्छ: “अन्तमा . . . तैँले त्यस देशमा आक्रमण गर्नेछस्‌।” (इज. ३८:८) यसले यस युगको अन्ततिरको समयलाई बुझाउँछ। यो कुरा नबिर्सनुहोस्‌, झूटो धर्मको विश्‍व साम्राज्य महान्‌ बेबिलोनको विनाशसँगसँगै महासङ्‌कष्ट सुरु हुनेछ। झूटा धार्मिक संस्थाहरू विनाश भएपछि र आरमागेडोन सुरु हुनुभन्दा अघि गोगले साँचो उपासकहरूमाथि अन्तिम आक्रमण गर्नेछ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने