प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • “यो नदी जहाँ-जहाँ बग्छ, त्यहाँ-त्यहाँ सबै किसिमका जीव बाँच्नेछन्‌”
    यहोवाको शुद्ध उपासना—आखिरमा पुनर्स्थापित हुन्छ!
    • १, २. इजकिएल ४७:१-१२ मा बताइएअनुसार इजकिएल के देख्छन्‌? (शीर्षकमाथिको चित्र हेर्नुहोस्‌)

      इजकिएल मन्दिरको दर्शनमा अर्को अचम्मलाग्दो कुरा पनि देख्छन्‌: त्यो पवित्र मन्दिरबाट नदी बगिरहेको छ! इजकिएलले त्यो कन्चन पानी कतातिर बग्छ भनेर नियालिरहेको कल्पना गर्नुहोस्‌। (इजकिएल ४७:१-१२ पढ्‌नुहोस्‌) त्यो पानी मन्दिरको सँघारबाट बगिरहेको छ; त्यसपछि त्यो पानी मन्दिर परिसरको पूर्वपट्टिको प्रवेशद्वारको छेउबाट बग्छ। स्वर्गदूतले इजकिएललाई डुलाउँदै मन्दिरबाहिर लैजान्छन्‌ र हिँड्‌दै दूरी पनि नाप्दै जान्छन्‌। ती स्वर्गदूतले इजकिएललाई पानीमा हिँडाउँदै लैजान्छन्‌ अनि इजकिएलले नदीको गहिराइ झन्‌झन्‌ बढ्‌दै गएको याद गर्छन्‌। पछि त नदी यत्ति गहिरो हुन्छ कि नदी तर्ने हो भने पौडनै पर्ने हुन्छ!

  • “यो नदी जहाँ-जहाँ बग्छ, त्यहाँ-त्यहाँ सबै किसिमका जीव बाँच्नेछन्‌”
    यहोवाको शुद्ध उपासना—आखिरमा पुनर्स्थापित हुन्छ!
    • बगिरहेको नदी

      शिक्षण पेटी १९क: यहोवा परमेश्‍वरबाट पाइने आशिष्‌हरूको नदी

      ४. (क) इजकिएलले दर्शनमा देखेको नदीले यहुदीहरूलाई यहोवा परमेश्‍वरबाट कस्ता आशिष्‌हरू पाउने आशा दिने थियो? (ख) बाइबलमा प्रयोग गरिएका “नदी” र “पानी” भन्‍ने शब्दहरूले यहोवा परमेश्‍वरले आफ्ना मानिसहरूलाई आशिष्‌ दिनुहुनेछ भन्‍ने कुरामा हामीलाई कसरी विश्‍वस्त बनाउँछ? (“यहोवा परमेश्‍वरबाट पाइने आशिष्‌हरूको नदी” भन्‍ने पेटी हेर्नुहोस्‌)

      ४ आशिष्‌हरू दिने नदी। बाइबलमा नदी र पानीले अक्सर यहोवा परमेश्‍वरले प्रशस्त मात्रामा दिनुहुने आशिष्‌हरूलाई बुझाएको छ। इजकिएलले यस्तो आशिष्‌ दिने नदी मन्दिरबाट बगेको देख्छन्‌। त्यसैले यो दर्शनले परमेश्‍वरका मानिसहरूलाई उहाँबाट आध्यात्मिक आशिष्‌हरू पाउने आशा दिने थियो। तर यसको लागि तिनीहरूले शुद्ध उपासना चढाइरहनुपर्ने थियो। तिनीहरूले कस्ता आशिष्‌हरू पाउने थिए? तिनीहरूले पुजारीहरूबाट फेरि आध्यात्मिक निर्देशन पाउने थिए। अनि मन्दिरमा अर्पण गरिने बलिदानहरूले गर्दा तिनीहरू आफ्ना पापहरूको प्रायश्‍चित हुने कुरामा फेरि ढुक्क हुन सक्ने थिए। (इज. ४४:१५, २३; ४५:१७) त्यसैले तिनीहरू फेरि सफा हुने थिए, भनौँ भने तिनीहरू मन्दिरबाट बगिरहेको शुद्ध पानीद्वारा पखालिने थिए।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने