-
“यो नदी जहाँ-जहाँ बग्छ, त्यहाँ-त्यहाँ सबै किसिमका जीव बाँच्नेछन्”यहोवाको शुद्ध उपासना—आखिरमा पुनर्स्थापित हुन्छ!
-
-
१०, ११. (क) आज कस्ता आशिष्हरू नदीजस्तै बगिरहेको छ? (ख) यस अन्तको दिनमा बढ्दो आवश्यकता पूरा गर्न यहोवाले कसरी अझ धेरै आशिष् दिइरहनुभएको छ?
१० आशिष्हरू दिने नदी। यहोवाको भवनबाट बगिरहेको पानीले आज हामीलाई कस्ता आशिष्हरूको सम्झना गराउँछ? त्यसले हाम्रो आध्यात्मिक स्वास्थ्य र पोषणको लागि यहोवाले गर्नुभएका सबै प्रबन्धको सम्झना गराउँछ। तीमध्ये सबैभन्दा मुख्यचाहिँ येसुको फिरौतीको बलिदानको शुद्ध पार्ने शक्ति हो, जुन बलिदानले गर्दा हामीले आफ्ना पापहरूको क्षमा पाउन सम्भव भएको छ। परमेश्वरको वचनमा पाइने सत्यलाई पनि शुद्ध पार्ने र जीवन दिने पानीसित तुलना गरिएको छ। (एफि. ५:२५-२७) आज हाम्रो समयमा त्यस्ता आशिष्हरू कसरी बगिरहेको छ?
-
-
“यो नदी जहाँ-जहाँ बग्छ, त्यहाँ-त्यहाँ सबै किसिमका जीव बाँच्नेछन्”यहोवाको शुद्ध उपासना—आखिरमा पुनर्स्थापित हुन्छ!
-
-
१७ आशिष्हरू दिने नदी। त्यो प्रतीकात्मक नदी प्रमोदवनमा झन् ठूलो हुनेछ किनकि त्यतिखेर हामीले आध्यात्मिक रूपमा मात्र होइन, शारीरिक रूपमा पनि त्यसका लाभहरू अनुभव गर्न पाउनेछौँ। येसुको हजार वर्षीय शासनको दौडान परमेश्वरको राज्यले वफादार मानिसहरूलाई फिरौतीको बलिदानबाट अझ विस्तृत रूपमा लाभ उठाउन मदत गर्नेछ। तिनीहरू बिस्तारै त्रुटिरहित हुँदै जानेछन्! त्यसपछि न कुनै रोगबिमार हुनेछ न त डाक्टर, नर्स, अस्पताल र स्वास्थ्य बिमाको आवश्यकता नै पर्नेछ! “महासङ्कष्ट” पार गरेर आएको “एउटा ठूलो भीड”-ले जीवनको त्यस पानीबाट लाभ उठाउनेछ। (प्रका. ७:९, १४) हामीले पाउने ती आशिष्हरू आकर्षक देखिए तापनि पछि पाइने आशिष्हरूको विशाल नदीको तुलनामा त्यो त पानीको सानो धारा मात्रै हो। इजकिएलको दर्शनमा जस्तै त्यो नदी बढ्दै जानेछ र सम्पूर्ण मानिसको आवश्यकता पूरा गर्नेछ।
आशिष्हरू दिने नदीले प्रमोदवनमा सबैलाई जवान र स्वस्थ बनाउनेछ (अनुच्छेद १७ हेर्नुहोस्)
-
-
१९ख बगिरहेको पानीको सानो धारा ठूलो भेल बन्छ!यहोवाको शुद्ध उपासना—आखिरमा पुनर्स्थापित हुन्छ!
-
-
बगिरहेको पानीको सानो धारा ठूलो भेल बन्छ!
इजकिएलले यहोवाको पवित्र स्थानबाट पानीको सानो धारा बगिरहेको र लगभग दुई किलोमिटरको दूरीमै त्यो ठूलो भेल बनेको देख्छन्! नदीको दुवै किनारामा तिनले पोषण दिने र रोगबिमार निको पार्ने रूखहरू पनि देख्छन्। यी सबैको अर्थ के हो?
नदीले आशिष्हरू ल्याउँछ
पुरातन समयमा: निर्वासनमा लगिएकाहरूले आफ्नो मातृभूमि फर्केपछि मन्दिरमा शुद्ध उपासना पुनर्स्थापना गर्ने काममा भाग लिए; त्यसपछि मन्दिरबाट आशिष्हरू बग्न थाल्यो
आधुनिक समयमा: इस्वी संवत् १९१९ मा शुद्ध उपासना पुनर्स्थापित भयो, जसले गर्दा परमेश्वरका वफादार सेवकहरूको लागि प्रशस्त मात्रामा आध्यात्मिक आशिष्हरू पाउने बाटो खुल्यो
भविष्यमा: आरमागेडोनपछि यहोवा परमेश्वरले शारीरिक र आध्यात्मिक दुवै खालका आशिष्हरू दिनुहुनेछ
-