प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • हाम्रो “देशमा” यहोवाका आशिष्‌हरू
    प्रहरीधरहरा—१९९९ | मार्च १
    • १५. जीवनको लागि परमेश्‍वरको प्रबन्ध सबैले स्वीकार्ने छैनन्‌ भनी केले देखाउँछ र त्यस्ताहरूले कस्तो परिणाम भोग्नेछन्‌?

      १५ निस्सन्देह, अहिले सबैले जीवनको सन्देशलाई स्वीकारिरहेका छैनन्‌। ख्रीष्टको सहस्र वर्षीय शासनको दौडान पुनरुत्थान हुने सबैले पनि त्यो स्वीकार्ने छैनन्‌। (यशैया ६५:२०; प्रकाश २१:८) समुद्रका ती भागहरू निको हुने छैनन्‌ भनी स्वर्गदूतले घोषणा गर्छ। सिमसार र दहहरूका पानी “नूनिलोनै रहनेछन्‌।” (इजकिएल ४७:११) अहिले हाम्रो समयका मानिसहरूको सन्दर्भमा भन्‍ने हो भने, यहोवाको जीवनदायी पानी पाउने सबैले त्यो स्वीकार्दैनन्‌। (यशैया ६:१०) आध्यात्मिक तवरमा निर्जीव तथा बिरामी अवस्थामा बस्न रोज्नेहरू सबै आरमागेडोनमा नूनिलोनै रहनेछन्‌ अर्थात्‌ तिनीहरूको अनन्त विनाश हुनेछ। (प्रकाश १९:११-२१) तथापि, विश्‍वासी भई त्यो पानी पिउनेहरूले उक्‍त भविष्यवाणीको अन्तिम पूर्ति देख्ने आशा गर्नसक्छन्‌।

  • हाम्रो “देशमा” यहोवाका आशिष्‌हरू
    प्रहरीधरहरा—१९९९ | मार्च १
    • १८ सहस्र वर्षमा सबै प्रकारको शारीरिक, मानसिक, भावनात्मक बिरामीहरू निको हुनेछन्‌। प्रतीकात्मक रूखहरू मार्फत “जाति जातिका मानिसहरूलाई निको” हुनुले यसको राम्रो चित्रण गर्छ। ख्रीष्ट र १,४४,००० ले मिलाएका प्रबन्धहरूप्रति हामी साँच्चै कृतज्ञ हुनुपर्छ किनभने “त्यहाँका बासिन्दाहरूले यसो भन्‍नेछैनन्‌, ‘म बिरामी परें।’ ” (यशैया ३३:२४) अनि त्यो नदीको व्यापक विस्तार हुनेछ। पुनरुत्थान भएका लाखौं, करोडौं मानिसहरूको निम्ति जीवनको शुद्ध पानी प्रबन्ध गर्न यो अझ चौडा तथा गहिरो हुनुपर्नेछ। इजकिएलको दर्शनमा नदीले मृत सागरलाई निको पाऱ्‍यो र पानी जहाँ जहाँ पुग्यो, त्यहाँ त्यहाँ जीवन्त पाऱ्‍यो। अतः छुडौतीको बलिदानले प्रदान गर्ने लाभहरूमध्ये एउटा हो, प्रमोदवनमा पुरुष तथा स्त्री पूर्णतया जीवित हुनेछन्‌ अनि आदमबाट पाएको मृत्युबाट मुक्‍त हुनेछन्‌। त्यतिबेला “पुस्तकहरू” खोलिनेछन्‌ भनी प्रकाश २०:१२ ले भविष्यवाणी गर्छ र थप ज्योति प्रदान गरिनेछ अनि पुनरुत्थान हुनेहरूले यसबाट लाभ उठाउन सक्नेछन्‌। दुःखको कुरा, प्रमोदवनमा पनि कसै कसैले निको हुन इन्कार गर्नेछन्‌। अनन्त विनाशमा “नूनिलोनै रहने” यी विद्रोहीहरू नै हुन्‌।—प्रकाश २०:१५.

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने