-
यहोवा हामीलाई साक्षीकार्यमा मदत गर्नुहुन्छप्रहरीधरहरा (अध्ययन संस्करण)—२०२२ | नोभेम्बर
-
-
४. इजकिएललाई कस्ता सान्त्वनादायी कुराहरूले बल दियो?
४ इजकिएलले साक्षी दिँदा धेरैजसो इस्राएलीले कस्तो प्रतिक्रिया देखाउने थिए? यहोवाले यसो भन्नुभयो: “इस्राएलको घरानाले तिम्रो कुरा पटक्कै सुन्नेछैन किनकि तिनीहरू मेरो कुरा सुन्नै चाहँदैनन्।” (इज. ३:७) इजकिएलको कुरा सुन्न इन्कार गरेर तिनीहरूले यहोवाकै कुरा सुन्न इन्कार गरिरहेका हुने थिए। मानिसहरूले तिनको कुरा सुन्न इन्कार गरे तापनि तिनी भविष्यवक्ताको रूपमा असफल हुनेछैनन् भनेर यी शब्दहरूबाट तिनले आश्वासन पाए। इजकिएलले सुनाएको न्यायको सन्देश सत्य साबित हुँदा मानिसहरूले ‘तिनीहरूमाझ एक जना भविष्यवक्ता रहेछन् भनेर थाह पाउने थिए।’ यहोवाले भन्नुभएको यस कुराबाट पनि तिनले आश्वासन पाएको हुनुपर्छ। (इज. २:५; ३३:३३) यहोवाले इजकिएललाई भन्नुभएका यी सान्त्वनादायी कुराहरूले तिनलाई आफ्नो साक्षीकार्यमा लागिरहन पक्कै बल दियो।
-
-
यहोवा हामीलाई साक्षीकार्यमा मदत गर्नुहुन्छप्रहरीधरहरा (अध्ययन संस्करण)—२०२२ | नोभेम्बर
-
-
८-९. (क) यहोवाले इजकिएललाई उठ्ने आदेश दिनुभएपछि के भयो? (ख) गाह्रो इलाकामा साक्षी दिन यहोवाले इजकिएललाई कसरी थप बल दिनुभयो?
८ यहोवाले इजकिएललाई यस्तो आज्ञा दिनुभयो: “हे मानिसको छोरा, उठ। तिमीसित कुरा गर्नु छ।” त्यसपछि के भयो? तिनले यस्तो लेखे: “उहाँले मसित बोल्नुहुँदा ममाथि पवित्र शक्ति आयो र मैले उहाँको कुरा सुन्न सकूँ भनेर त्यसले मलाई उभिन बल दियो।” (इज. २:१, २) इजकिएलले आफ्नो साक्षीकार्यको अवधिभर यहोवाको “हात” अर्थात् उहाँको पवित्र शक्तिबाट डोऱ्याइ पाए। (इज. ३:२२; ८:१; ३३:२२; ३७:१; ४०:१) पवित्र शक्तिले तिनलाई “मन र दिमाग दुवै कठोर” भएका मानिसहरूलाई साक्षी दिन बल दियो। (इज. ३:७) यहोवाले तिनलाई यसो भन्नुभयो: “मैले तिम्रो अनुहार र तिम्रो निधार तिनीहरूको जस्तै कडा बनाइदिएको छु। तिम्रो निधारलाई चकमक ढुङ्गाभन्दा पनि साह्रो, हिरासरह कडा तुल्याइदिएको छु। तिनीहरूसित नडराऊ; तिनीहरूको अनुहार देखेर नआत्तिऊ।” (इज. ३:८, ९) मानौँ, यहोवाले तिनलाई यसो भनिरहनुभएको थियो: ‘ती अटेरी मानिसहरूले तिम्रो कुरा नसुने पनि निराश नहोऊ, म तिमीलाई बलियो पार्नेछु।’
-