-
विश्व परिवर्तन गर्ने चार शब्ददानियलको भविष्यवाणीमा ध्यान दिनुहोस्!
-
-
६ तथापि, बेलसजर योभन्दा अझै अशिष्ट कार्य गर्ने सुरमा थिए। “राजा र तिनका शासकहरू, तिनका उप–पत्नीहरू र रखौटीहरूले . . . दाखमद्य पिए, र सुन, चाँदी, पित्तल, फलाम, काठ र ढुङ्गाका देवताहरूको प्रशंसा गरे।” (दानियल ५:३, ४) अतः बेलसजर यहोवालाई भन्दा झूटा देवहरूलाई उच्च पार्ने सुरमा थिए! बेबिलोनीहरूमा यस्तो मनोवृत्ति हुनु सामान्य कुरा थियो जस्तो देखिन्छ। तिनीहरू यहूदी बन्दीहरूको गिल्ला गर्थे, तिनीहरूको उपासनालाई हाँसोमा उडाउँथे अनि आफ्नो प्यारो मातृभूमि फर्कने आशै मारे पनि हुन्थ्यो जस्तो कुरा गर्थे। (भजन १३७:१-३; यशैया १४:१६, १७) रक्सीले मात्तिएका राजाले ती बन्दीहरू र तिनीहरूको परमेश्वरको अपमान गर्दा भोजमा उपस्थित महिला तथा हाकिमहरू तिनको बल र सामर्थ्य देखेर प्रभावित हुनेछन् भन्ठानेको हुनुपर्छ।a बेलसजर आफ्नो सामर्थ्य देखेर केही समय दंग परे होलान् तर त्यो धेरै बेर टिकेन।
-
-
विश्व परिवर्तन गर्ने चार शब्ददानियलको भविष्यवाणीमा ध्यान दिनुहोस्!
-
-
a एउटा पुरातन अभिलेखमा कोरेस राजाले बेलसजरबारे यसो भने: “देशको [शासक] हुन एउटा नाथे नियुक्त भएको छ।”
-