प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • सिंहको मुखबाट छुटकारा!
    दानियलको भविष्यवाणीमा ध्यान दिनुहोस्‌!
    • ७. मन्त्री र बडाहाकिमहरूले राजा समक्ष कस्तो प्रस्ताव राखे र तिनीहरूले त्यो कस्तो ढंगमा गरे?

      ७ मुख्यमन्त्री र प्रान्तीय बडाहाकिमहरूको “एउटा समूह” राजा दाराकहाँ आयो। यहाँ प्रयोग गरिएको अरामी अभिव्यक्‍तिले ठूलो हल्लाखल्ला भन्‍ने अर्थ बुझाउँछ। स्पष्टतः यी मानिसहरूले दारासित कुरा गर्न एकदमै जरुरी भएको जस्तो भान पारे। तुरुन्तै कदम चालिहाल्नुपर्ने गरी जोडदार ढंगमा प्रस्तुत गरेको खण्डमा आफ्नो प्रस्तावना सहजै स्वीकृत हुनेछ भन्‍ने तर्क तिनीहरूले गरेको हुनुपर्छ। त्यसकारण, तिनीहरूले आलेटाले नगरी सोझै यसो भने: “राज्यमा हामी सबै मन्त्री, भारादार र प्रदेशपालहरूले सल्लाह गरेर सहमत भएको छौं कि राजाले एउटा यस्तो विशेष उर्दी दिएर कायम राख्नुहोस्‌, र तीस दिनभित्र हजूरलाई बाहेक अरू कुनै देवता वा मानिसलाई बिन्ती–प्रार्थना गर्ने मानिस सिंहको खोरमा हालियोस्‌।”a—दानियल ६:६, ७.

      ८. (क) दारालाई यो प्रस्ताव मनपर्न सक्ने कारण के हुन सक्थ्यो? (ख) मन्त्री तथा बडाहाकिमहरूको साँचो मनसाय के थियो?

      ८ ऐतिहासिक विवरणहरूले मेसोपोटामियाका राजाहरूलाई ईश्‍वर मानेर उपासना गर्नु सामान्य कुरा थियो भनेर पुष्टि दिन्छ। त्यसकारण, दारा यो प्रस्ताव सुनेर पक्कै दंग परे होलान्‌। तिनले यसको फाइदा पनि देखेका हुनसक्छ। नबिर्सनुहोस्‌, बेबिलोनमा बस्नेहरूका लागि दारा विदेशी र नवआगन्तुक थिए। यो नयाँ नियम पारित गरेपछि तिनको राजकीय ओहदा अझ सबल हुने थियो र बेबिलोनमा बसोबास गर्ने जनसमूहलाई उक्‍त नियमले यस नयाँ शासनप्रति वफादारी र सहयोग गर्न कबुल गर्न लगाउने थियो। तर यस्तो उर्दी पारित गर्ने प्रस्ताव अघि सार्दा मन्त्री तथा बडाहाकिमहरूले राजाको हितलाई ध्यानमा राखेका थिएनन्‌। तिनीहरूको असली मनसाय दानियललाई फसाउनु थियो किनभने दानियल कौसीको कोठामा गई झ्याल खोलेर दिनमा तीनपल्ट परमेश्‍वरलाई प्रार्थना गर्थे भनेर तिनीहरूलाई थाह थियो।

      ९. प्रायजसो गैर-यहूदीहरूलाई यो नयाँ नियम पालन गर्नु किन अप्ठ्यारो हुने थिएन?

      ९ के यसरी प्रार्थनामा प्रतिबन्ध लगाउँदा बेबिलोनका सबै धार्मिक समूहहरूलाई अप्ठ्यारो पर्ने थियो? खासै पर्ने थिएन किनभने यो प्रतिबन्ध एक महिनाको लागि मात्र थियो। साथै, केही समयको लागि कुनै एक जना मान्छेको उपासना गर्नु सम्झौता गरे सरह हुनेछ भन्ठान्‍ने गैर-यहूदीहरू त कमै हुन्थे होलान्‌। एक जना बाइबलविद्‌ यस्तो टिप्पणी गर्छन्‌: “मूर्तिपूजक राष्ट्रलाई राजाको उपासना गर्ने आज्ञा कुनै अप्ठ्यारो आज्ञा थिएन; त्यसकारण, विजेता मादी दारालाई ईश्‍वर सरह उपासना चढाउनु भन्‍ने आज्ञा दिंदा बेबिलोनीहरूले कुनै आनाकानी गरेनन्‌। त्यस्तो आज्ञा पालन गर्न आपत्ति जनाउने त यहूदीहरू मात्र थिए।”

  • सिंहको मुखबाट छुटकारा!
    दानियलको भविष्यवाणीमा ध्यान दिनुहोस्‌!
    • a बेबिलोनमा “सिंहको खोर” थियो भनेर पुरातन अभिलेखहरूले पुष्टि गर्छ, त्यसमा लेखिएअनुसार पूर्वीय मुलुकका शासकहरूले जंगली जनावरहरूलाई राखेर प्रशिक्षण दिने गर्थे।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने