प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • सिंहको मुखबाट छुटकारा!
    दानियलको भविष्यवाणीमा ध्यान दिनुहोस्‌!
    • १६. (क) दाराले किन दानियलको परमेश्‍वरको आदर गर्थे? (ख) दानियललाई के होस्‌ भन्‍ने दाराको आशा थियो?

      १६ दाराले आफू लाचार भएको महसुस गरे। पारित भइसकेको ऐन बदर गर्न सकिंदैनथ्यो न त दानियलको “गल्ती” माफी गर्न मिल्थ्यो। दाराले दानियललाई केवल यति भन्‍न सके, “तिमीले निरन्तर सेवा गरेका तिम्रा परमेश्‍वरले तिमीलाई बचाऊन्‌।” दाराले दानियलको परमेश्‍वरको आदर गर्थे जस्तो देखिन्छ। यहोवाले गर्दा नै दानियलले बेबिलोनको पतनबारे भविष्यवाणी गर्न सकेका थिए। परमेश्‍वरले दानियललाई “असाधारण गुण” दिनुभएको हुँदा अरू मन्त्रीहरूभन्दा तिनी बेग्लै थिए। दशकौंअघि यही परमेश्‍वरले तीन जना हिब्रू केटाहरूलाई दन्केको आगोको भट्टीबाट बचाउनुभएको घटनाबारे पनि दारालाई थाह थियो होला। हुनसक्छ, आफूले पारित गरिसकेको ऐन बदर गर्न नसकेको हुँदा यहोवाले दानियललाई बचाऊन्‌ भनी राजाले आशा राखेका थिए। यसै आशमा दानियल सिंहको खोरमा फ्याँकिए।c त्यसपछि, “एउटा ढुङ्‌गा ल्याएर त्यस ओढ़ारको मुखमा राखियो। औ दानियललाई बचाउन कसैले कोसिस नगरोस्‌ भनी राजाले आफ्नो लाल–मोहर र शासकहरूका औंठीका छाप पनि लगाइदिए।”—दानियल ६:१६, १७.

  • सिंहको मुखबाट छुटकारा!
    दानियलको भविष्यवाणीमा ध्यान दिनुहोस्‌!
    • c सिंहको खोर भनेको जमिनमनि तर मुख माथितिर फर्केको ठाउँ हुनुपर्छ। जनावरहरूलाई भित्र हुल्नका लागि खोल्न मिल्ने ढोका वा बारहरू पनि थिए होलान्‌।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने