प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • “परमेश्‍वरका महाकार्यहरूका विषयमा” सुनेर उत्प्रेरित
    प्रहरीधरहरा—२००२ | अगस्त १
    • ठोस कदम चाल्न उत्प्रेरित!

      ४. सा.यु. ३३ पेन्तिकोसको दिन योएलको कुन भविष्यवाणी पूरा भयो?

      ४ पवित्र आत्मा पाएपछि यरूशलेममा भेला भएका चेलाहरूले अरूलाई मुक्‍तिको सुसमाचार सुनाउन बसिबियाँलो गरेनन्‌। सबैभन्दा पहिला त्यस बिहानी जम्मा भएका भीडलाई सुनाउन थाले। तिनीहरूको प्रचारकार्यले आठ शताब्दीअघि पतुएलको छोरा, योएलले भविष्यवाणी गरेका उल्लेखनीय कुरा पूरा गऱ्‍यो: “म मेरो आत्मा सबैमाथि खन्याउनेछु, र तिमीहरूका छोरा-छोरीहरूले भविष्यवाणी कहनेछन्‌, तिमीहरूका बूढ़ा मानिसहरू स्वप्नदर्शी हुनेछन्‌, र तिमीहरूका तन्हेरीहरूले दर्शन देख्नेछन्‌। औ ती दिनमा तिमीहरूका दास र तिमीहरूका दासीहरूमाथि पनि म आफ्नो आत्मा खन्याउनेछु। परमप्रभुको त्यो महा र भयंकर दिन आउनभन्दा अघि।”—योएल १:१; २:२८, २९, ३१; प्रेरित २:१७, १८, २०.

      ५. कुन अर्थमा प्रथम शताब्दीका मसीहीहरूले भविष्यवाणी गरे? (पादटिप्पणी हेर्नुहोस्‌।)

      ५ के यसको अर्थ परमेश्‍वरले दाऊद, योएल र दबोराजस्ता थुप्रै पुरुष तथा स्त्री अगमवक्‍ताहरू खडा गरेर तिनीहरूलाई भविष्यमा हुने घटनाहरूबारे भविष्यवाणी गर्न लगाउनुहुने थियो? होइन। मसीही ‘छोरा-छोरी, दास र दासीहरूले’ यो अर्थमा भविष्यवाणी गर्ने थिए कि, तिनीहरू यहोवाको आत्माद्वारा उत्प्रेरित भएर उहाँले गर्नुभएका र गर्नुहुने “परमेश्‍वरका महाकार्यहरूका विषयमा” बोल्ने थिए। अतः तिनीहरू सर्वोच्चका प्रवक्‍ताको हैसियतमा सेवा गर्ने थिए।a तर भीडले कस्तो प्रतिक्रिया देखाए?—हिब्रू १:१, २.

  • “परमेश्‍वरका महाकार्यहरूका विषयमा” सुनेर उत्प्रेरित
    प्रहरीधरहरा—२००२ | अगस्त १
    • a यहोवाले मोशा र हारूनलाई उहाँका जनहरूको खातिर फिरऊनसामु बोल्न नियुक्‍त गर्नुहुँदा मोशालाई यसो भन्‍नुभयो: “हेर्‌, मैले तँलाई फिरऊनको निम्ति ईश्‍वरतुल्य बनाएको छु, औ तेरो दाज्यू हारून तेरो प्रवक्‍ता हुनेछ।” (प्रस्थान ७:१) यहाँ भनिएझैं हारूनले भविष्यमा हुने घटनाहरूबारे अग्रिमवाणी गर्ने अर्थमा अगमवक्‍ताको रूपमा होइन तर मोशाको प्रवक्‍ता भएर सेवा गरे।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने