-
दुष्ट कतिञ्जेल रहनेछ?प्रहरीधरहरा—२००० | फेब्रुअरी १
-
-
९ हबकूक १:६-११ मा लिपिबद्ध परमेश्वरले भन्नुभएका अरू कुरा सुन्न हबकूक कान ठाडो पार्छन्। यो यहोवाको सन्देश हो—अनि कुनै पनि झूटो देव वा निर्जीव मूर्तिहरूले यसलाई पूरा हुनदेखि रोक्नसक्दैन: “हेर्, म कल्दीहरूलाई खड़ा गर्नेछु, जो निष्ठूर र फूर्तिलो जाति छ, जो अर्काको बासस्थान अधिकार गर्नलाई पृथ्वीको पल्लो छेउसम्म बढ़ेर जान्छ। तिनीहरू डरलाग्दा र भयानक छन्। आफ्ना न्याय र गौरवको कारण तिनीहरू आफै हुन्छन्। तिनीहरूका घोड़ाहरू पनि चितुवाभन्दा चाँड़ो कुद्ने हुन्छन्, र बेलुकी निस्कने ब्वाँसाहरूभन्दा डरलाग्दा छन्। तिनीहरूका घोड़सवारहरू घमण्डसाथ अगि बढ़छन्। हो, तिनीहरूका घोड़सवारहरू टाढ़ादेखि आउँछन्। तिनीहरू सिकारमाथि वेग हानेर आउने चीलझैं वेग हान्छन्। तिनीहरू सबका सब उपद्रव गर्नलाई आउँछन् र तिनीहरूको अगिअगि आतंक फिंजिन्छ। तिनीहरूले कैदीहरूलाई बालुवा जत्तिकै जम्मा गर्छन्। तिनीहरूले राजाहरूलाई हँसीमा उड़ाउँछन् र शासकहरू तिनीहरूको तमाशा बन्दछन्। सबै बलिया किल्लाहरूलाई देखेर तिनीहरू हाँस्नेछन्, किनकि माटोको ढिस्कुरो बनाएरनै तिनीहरूले ती लिनेछन्। तब तिनीहरू बतासझैं हानिएर आउनेछन् र अगि बढ़नेछन्। दोषी मानिसहरू जसको सामर्थ्य नै तिनीहरूको देवता हो।”
-
-
दुष्ट कतिञ्जेल रहनेछ?प्रहरीधरहरा—२००० | फेब्रुअरी १
-
-
११. यहूदा विरुद्ध आउने बेबिलोनी शक्तिबारे तपाईं कसरी वर्णन गर्नुहुन्छ?
११ बेबिलोनका घोडाहरू चितुवाहरूभन्दा पनि बेतोडले कुद्छन्। तिनीहरूका घोडसवारहरू रातमा सिकार गर्न हिंड्ने भोका ब्वाँसाहरूभन्दा पनि हिंस्रक छन्। तिनीहरूका ‘घोडसवारहरू घमण्डसाथ’ अघि बढ्न उत्सुक छन्। टाढा बेबिलोनदेखि तिनीहरू यहूदातर्फ हानिंदै आइरहेका छन्। स्वादिलो सिकारलाई झम्टन वेगसित हानिएर आउने चीलजस्तै यी कल्दीहरूले तुरुन्तै आफ्नो सिकारलाई झम्टिनेछन्। तर के यहूदामाथि केही मुठीभर कल्दीहरूको सेनाले आक्रमण गर्न लागेको हो? पटक्कै होइन्! “तिनीहरू सबका सब उपद्रव गर्नलाई” विशाल सेना लिएर आउँदैछन्। उत्सुकताले गर्दा चम्किएको मुहारसहित तिनीहरू पश्चिमतिर यहूदा र यरूशलेमतर्फ पूर्वको बेतोड बतासझैं हानिंदैछन्। बेबिलोनी सेनाले यत्ति धेरैलाई कैदी बनाउँछ कि ‘तिनीहरू बालुवा जत्तिकै जम्मा हुन्छन्।’
-