प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • दुष्ट कतिञ्जेल रहनेछ?
    प्रहरीधरहरा—२००० | फेब्रुअरी १
    • ९ हबकूक १:६-११ मा लिपिबद्ध परमेश्‍वरले भन्‍नुभएका अरू कुरा सुन्‍न हबकूक कान ठाडो पार्छन्‌। यो यहोवाको सन्देश हो—अनि कुनै पनि झूटो देव वा निर्जीव मूर्तिहरूले यसलाई पूरा हुनदेखि रोक्नसक्दैन: “हेर्‌, म कल्दीहरूलाई खड़ा गर्नेछु, जो निष्ठूर र फूर्तिलो जाति छ, जो अर्काको बासस्थान अधिकार गर्नलाई पृथ्वीको पल्लो छेउसम्म बढ़ेर जान्छ। तिनीहरू डरलाग्दा र भयानक छन्‌। आफ्ना न्याय र गौरवको कारण तिनीहरू आफै हुन्छन्‌। तिनीहरूका घोड़ाहरू पनि चितुवाभन्दा चाँड़ो कुद्‌ने हुन्छन्‌, र बेलुकी निस्कने ब्वाँसाहरूभन्दा डरलाग्दा छन्‌। तिनीहरूका घोड़सवारहरू घमण्डसाथ अगि बढ़छन्‌। हो, तिनीहरूका घोड़सवारहरू टाढ़ादेखि आउँछन्‌। तिनीहरू सिकारमाथि वेग हानेर आउने चीलझैं वेग हान्छन्‌। तिनीहरू सबका सब उपद्रव गर्नलाई आउँछन्‌ र तिनीहरूको अगिअगि आतंक फिंजिन्छ। तिनीहरूले कैदीहरूलाई बालुवा जत्तिकै जम्मा गर्छन्‌। तिनीहरूले राजाहरूलाई हँसीमा उड़ाउँछन्‌ र शासकहरू तिनीहरूको तमाशा बन्दछन्‌। सबै बलिया किल्लाहरूलाई देखेर तिनीहरू हाँस्नेछन्‌, किनकि माटोको ढिस्कुरो बनाएरनै तिनीहरूले ती लिनेछन्‌। तब तिनीहरू बतासझैं हानिएर आउनेछन्‌ र अगि बढ़नेछन्‌। दोषी मानिसहरू जसको सामर्थ्य नै तिनीहरूको देवता हो।”

  • दुष्ट कतिञ्जेल रहनेछ?
    प्रहरीधरहरा—२००० | फेब्रुअरी १
    • १२. बेबिलोनीहरूको मनोवृत्ति कस्तो छ अनि यी भयानक शत्रुहरू कसरी “दोषी” ठहरिन्छन्‌?

      १२ कल्दी सेनाले राजाहरूलाई हाँसोमा उडाउँछन्‌ र शासकहरूको खिल्ली उडाउँछन्‌ किनकि कल्दीहरूको क्रूरताअघि तिनीहरूको केही सीप लाग्दैन। बेबिलोनीहरू ‘सबै बलिया किल्लाहरूलाई देखेर हाँस्नेछन्‌,’ किनकि किल्लाहरूलाई ढाल्ने ढिस्को बनाउन तिनीहरू ‘माटो थुपार्छन्‌।’ यहोवाले तोक्नुभएको समयमा यी भयानक शत्रुहरू “बतासझैं हानिएर आउनेछन्‌।” तर यहूदा र यरूशलेममाथि हमला गरेर परमेश्‍वरका जनहरूलाई घात पुऱ्‍याएकोले तिनीहरू “दोषी” ठहरिनेछन्‌। तहसनहस गरेर विजयी भएपछि कल्दी सेनापतिले यसरी घमण्ड गर्नेछ: ‘हाम्रो सामर्थ्य नै हामीहरूको देवता हो।’ तर तिनीहरूलाई वास्तविकता के थाह!

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने