-
“तेरा हातहरू ढीला हुन नपाऊन्”प्रहरीधरहरा—१९९६ | मार्च १
-
-
११, १२. (क) सपन्याहको भविष्यवाणीको अर्को कुन अंश पनि शेष जनहरूमाथि पूरा भएको छ? (ख) “तेरा हातहरू ढीला हुन नपाऊन्” भन्ने आह्वानलाई शेष अभिषिक्त जनहरूले कसरी पालन गरेका छन्?
११ सन् १९१९ मा झूटा धर्मको विश्वव्यापी साम्राज्य महान् बेबिलोनको आध्यात्मिक कैदबाट छुटकारा पाएकोमा विश्वासी शेष जनहरू रमाउँछन्। तिनीहरूले सपन्याहको यस भविष्यवाणीको पूर्ति अनुभव गरेका छन्: “हे सियोनकी छोरी, गा। हे इस्राएल जयजयकार गर्। हे यरूशलेमकी छोरी, खुशी हो र सम्पूर्ण हृदयले रमाहट गर्। तेरो विरुद्धमा भएको न्याय परमप्रभुले हटाइदिनुभएको छ, उहाँले तेरो शत्रुहरूलाई निकालिदिनुभएको छ। इस्राएलका महाराजा, अर्थात् परमप्रभु तेरो बीचमा हुनुहुन्छ। अब उप्रान्त तैंले कुनै खराबीको डर मान्नुपर्दैन। त्यस दिन यरूशलेमलाई यसो भनिनेछ, ‘तँ नडरा, हे सियोन। तेरा हातहरू ढीला हुन नपाऊन्।’”—सपन्याह ३:१४-१७.
१२ यहोवा आफ्नोमाझ हुनुहुन्छ भनेर शेष अभिषिक्त जनहरू विश्वस्त छन् अनि तिनीहरूले त्यसको प्रशस्त प्रमाणहरू पनि पाएका छन्। त्यसैले तिनीहरू निर्भयी भएर आफ्नो ईश्वरीय काम पूरा गर्न अगाडि बढेका छन्। तिनीहरूले राज्यको सुसमाचार प्रचार गर्नुका साथै मसीहीजगत, महान् बेबिलोनका बाँकी तत्त्व अनि शैतानको सम्पूर्ण दुष्ट रीतिरिवाज विरुद्ध यहोवाको न्यायवचन सुनाएका छन्। सन् १९१९ देखि हर कठिनाइका बावजूद तिनीहरूले यो ईश्वरीय आज्ञा पालन गरेका छन्: “तँ नडरा, हे सियोन। तेरा हातहरू ढीला हुन नपाऊन्।” यहोवाको राज्यको घोषणा गर्ने अरबौं पर्चा, पत्रिका, पुस्तक तथा पुस्तिकाहरू वितरण गर्न तिनीहरूले मेहनत गरेका छन्। सन् १९३५ देखि तिनीहरूसित झुम्मिन आएका अरू भेडाहरूका लागि तिनीहरू विश्वास-उत्प्रेरक नमुना भएका छन्।
“तेरा हातहरू ढीला हुन नपाऊन्”
१३, १४. (क) केही यहूदीहरू यहोवाको सेवा गर्न किन पछि सरे र त्यो कसरी प्रकट भयो? (ख) हामीले कुन कुरा गरेमा मूर्खतापूर्ण हुनेछ र कुन काममा हाम्रो हात ढीला हुनु हुँदैन?
१३ यहोवाको भयानक दिनलाई ‘पर्खुञ्जेल’ हामीले सपन्याहको भविष्यवाणीबाट कसरी व्यवहारिक मदत पाउन पाउनसक्छौं? प्रथमतः हामी सपन्याहको समयका यहूदीहरूजस्तो हुनु हुँदैन। किनभने तिनीहरूले यहोवाको दिनको निकटताबारे शंका गरेर यहोवाको पछि लाग्न छाडे। त्यस्ता यहूदीहरूले मुखैले त्यस्तो शंका व्यक्त गरेनन् होला। तर यहोवाको दिन नजीकै छ भनेर तिनीहरूले साँच्चै विश्वास गरेनन् भन्ने कुरा तिनीहरूको कामैले देखाइरहेको थियो। यहोवालाई पर्खनुको साटो तिनीहरूले धन सम्पत्ति थुपार्नेतर्फ ध्यान दिए।—सपन्याह १:१२, १३; ३:८.
१४ आफ्नो हृदयमा शंका उब्जन दिने समय अहिले होइन। हाम्रो मन वा हृदयमा यहोवाको दिनलाई टाढा सम्झनु ठूलो मूर्खता हुनेछ। (२ पत्रुस ३:१-४, १०) यहोवाको पछि लाग्न छाड्नु वा उहाँको सेवामा ‘हातहरू ढीला बनाउनुदेखि’ हामी अलग बस्नुपर्छ। त्यसको अर्थ, “सुसमाचार” प्रचार गर्ने काममा हामी “अल्छे” हुनु हुँदैन।—हितोपदेश १०:४; मर्कूस १३:१०.
-
-
“तेरा हातहरू ढीला हुन नपाऊन्”प्रहरीधरहरा—१९९६ | मार्च १
-
-
१६. मसीहीजगतको चर्चका अधिकांश सदस्यहरूबीच कस्तो मनस्थिति पाइन्छ तर यहोवाले हामीलाई कस्तो प्रोत्साहन दिनुहुन्छ?
१६ आज सारा संसार र अझ विशेषगरि सम्पन्न राष्ट्रहरूमा भावशून्य प्रवृत्ति व्याप्त छ। हाम्रो समयमा यहोवाले मानव क्रियाकलापमा हस्तक्षेप गर्नुहुनेछ भनेर मसीहीजगतको चर्चका सदस्यहरूले समेत विश्वास गर्दैनन्। हामीले सुसमाचार सुनाउने प्रयत्न गर्दा तिनीहरू शंकालु दृष्टिले हेर्छन् वा “मलाई चासो छैन” भन्ने कटु जवाफ दिन्छन्। यस्तो परिस्थितिमाझ साक्षी कार्यमा लागिरहनु ठूलो चुनौती हुनसक्छ। त्यसले हाम्रो धीरजको जाँच गर्छ। तथापि, यहोवाले सपन्याहको भविष्यवाणी मार्फत आफ्ना विश्वासी जनहरूलाई यसो भन्दै बलियो बनाउनुहुन्छ: “तेरा हातहरू ढीला हुन नपाऊन्। परमप्रभु तेरा परमेश्वर तेरो बीचमा हुनुहुन्छ। उहाँ बचाउनालाई सामर्थी हुनुहुन्छ। तेरो कारण उहाँ आनन्दित हुनुहुन्छ। आफ्ना प्रेममा उहाँले तँलाई फेरि नयाँ तुल्याउनुहुन्छ। पर्वको दिनमा झैं तेरो कारण उहाँ गीत गाएर रमाउनुहुनेछ।”—सपन्याह ३:१६, १७.
१७. अरू भेडाहरूका नयाँ जनहरूले कुन असल नमुना पछ्याउनुपर्छ र कसरी?
१७ वास्तवमा यहोवाका जनहरूको आधुनिक इतिहासलाई हेर्ने हो भने, शेष अभिषिक्त जनका साथै अरू भेडाहरूका पाको जनहरूले यी आखिरी दिनहरूमा मानिसहरूलाई जम्मा गर्ने ठूलो काम गरेका छन्। यी सबै विश्वासी मसीहीहरूले दशकौंदेखि धीरज धारण गरेका छन्। मसीहीजगतका अधिकांश मानिसहरू भावशून्य हुँदा तिनीहरू निरुत्साहित भएका छैनन्। अतः आज अधिकांश मुलुकहरूमा मानिसहरूले आध्यात्मिक कुराप्रति भावशून्यता देखायो भन्दैमा अरू भेडाका नयाँ जनहरू निरुत्साहित नहोऊन्। तिनीहरूले आफ्नो ‘हातलाई ढीला नबनाऊन्’ वा अल्छे नहोऊन्। अनि विशेषगरि भेडाखाले मानिसहरूलाई यहोवाको दिन अनि तत्पश्चात् प्राप्त हुने आशिष्हरूबारे साँचो कुरा बुझ्न मदत गर्ने उद्देश्यले तयार पारिएको प्रहरीधरहरा, ब्यूँझनुहोस्! र अन्य राम्रा प्रकाशनहरू प्रयोग गर्न तिनीहरूले कुनै मौका नचुकाऊन्।
-