प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • “तिमीहरू मलाई पर्खिरहो”
    प्रहरीधरहरा—१९९६ | मार्च १
    • ३ उल्लेखनीय कुरा के छ भने, सपन्याहले यहूदाका निजामती “भारादारहरू” (घरानियाँ वा कुलपुरुषहरू) अनि “राजाका छोराहरू” विरुद्ध ईश्‍वरीय न्यायको घोषणा गरेको भए तापनि स्वयं राजाबारे भने कहिल्यै आलोचना गरेनन्‌।a (सपन्याह १:८; ३:३) यसको मतलब त्यति बेला जवान राजा योशियाहले साँचो उपासनातर्फ झुकाउ देखाइसकेको हुनसक्छ। यद्यपि, तिनले सम्भवतः धार्मिक सुधार थालिसकेका थिएनन्‌ भन्‍ने कुरा सपन्याहको कटु निन्दाबाट प्रष्ट हुन्छ। यी सबै तथ्यहरूबाट स्पष्ट हुन्छ, सपन्याहले सा.यु.पू. ६५९ देखि ६२९ सम्म शासन गर्ने राजा योशियाहको शासनकालको प्रारम्भतिर यहूदामा अगमवाणी गरे। निस्सन्देह, सपन्याहले जोशपूर्वक अगमवाणी गरेकोले नै जवान योशियाहले त्यति बेला यहूदामा व्याप्त मूर्तिपूजा, हिंसा, र भ्रष्टाचारलाई झन्‌ राम्ररी बुझ्नसके र पछि मूर्तिपूजा विरुद्ध अभियान सुरु गर्न प्रोत्साहित भए।—२ इतिहास ३४:१-३.

  • “तिमीहरू मलाई पर्खिरहो”
    प्रहरीधरहरा—१९९६ | मार्च १
    • a “राजाका छोराहरू” भन्‍ने सम्बोधनले सम्पूर्ण शाही राजकुमारहरूलाई संकेत गरेको जस्तो देखिन्छ। किनभने त्यति बेला योशियाहका छोराहरू सानै थिए।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने