-
यहोवाको न्यायको दिन नजिकै छ!प्रहरीधरहरा—२००१ | फेब्रुअरी १५
-
-
१४. उहाँका उपासकहरू हौं भनी दाबी गर्नेहरूको परमेश्वरले गर्नुहुने छानबिन कति विस्तृत हुने थियो?
१४ यहोवाका उपासक हौं भनी दाबी गर्नेहरूको उहाँले कुन हदसम्म छानबिन गर्नुहुने थियो? भविष्यवाणी अझै यसो भन्छ: “त्यस बेला बत्ती बालेर म यरूशलेमलाई खोज्नेछु, औ ढुक्क भएर बसी आफ्ना हृदयमा ‘परमप्रभुले नता असल गर्नुहुन्छ न खराब गर्नुहुन्छ’ भन्ने मानिसहरूलाई पनि म सजाय दिनेछु। तिनीहरूका धन–सम्पत्ति लुटिनेछ र तिनीहरूका घर उजाड़ हुनेछन्। तिनीहरूले घर बनाए तापनि तिनमा बस्न पाउनेछैनन्। तिनीहरूले दाखबारी लगाए तापनि त्यसको मद्य खान पाउनेछैनन्।”—सपन्याह १:१२, १३.
-
-
यहोवाको न्यायको दिन नजिकै छ!प्रहरीधरहरा—२००१ | फेब्रुअरी १५
-
-
१६. यहूदाको ईश्वरीय न्याय हुँदा के हुने थियो र यो जानकारीले हामीलाई कसरी असर गर्नुपर्ने हो?
१६ बेबिलोनीहरूले धनसम्पत्ति लुट्नेछन्, घर उजाड पार्नेछन् अनि तिनीहरूको दाखबारीको फल लैजानेछन् भनी यहूदाका धर्मत्यागीहरूलाई चेताउनी दिइएको थियो। यहूदाको ईश्वरीय न्याय हुँदा भौतिक कुराहरूको कुनै महत्त्व हुने थिएन। यस वर्तमान रीतिरिवाजमाथि यहोवाको न्यायको दिन आउँदा पनि त्यस्तै हुनेछ। त्यसकारण, हामी यहोवाको सेवालाई प्राथमिकता दिएर आध्यात्मिक मनोवृत्ति कायम राखौं अनि ‘स्वर्गमा धन-सम्पत्ति’ थुपारौं!—मत्ती ६:१९-२१, ३३.
-