-
यहोवाको न्यायको दिन नजिकै छ!प्रहरीधरहरा—२००१ | फेब्रुअरी १५
-
-
१७. सपन्याह १:१४-१६ अनुसार यहोवाको न्यायको दिन कति नजिक छ?
१७ यहोवाको न्यायको दिन कति नजिक छ? सपन्याह १:१४-१६ अनुसार परमेश्वर यस्तो आश्वासन दिनुहुन्छ: “परमप्रभुको भयानक दिन नजीकै छ, नजीकै, त्यो चाँड़ै आउँदैछ। परमप्रभुको दिन नमीठो हुनेछ। त्यो दिन वीर पुरुष पनि ठूलो सोरले रूनेछ। त्यो दिन क्रोधको दिन हो, संकष्ट र दुःखको दिन, बर्बादी र उजाड़को दिन, अँध्यारो र विरक्तको दिन, बादल र घोर अन्धकारको दिन। किल्लाहरू र अल्गा अल्गा गढ़ी भएका शहरहरूका विरुद्धमा तुरही बजाउँदै चढ़ाइ गर्ने दिन।”
-
-
यहोवाको न्यायको दिन नजिकै छ!प्रहरीधरहरा—२००१ | फेब्रुअरी १५
-
-
१९, २०. (क) यहूदा र यरूशलेममाथि परमेश्वरले खन्याउनुहुने क्रोधका केही पक्षहरू के हुन्? (ख) परमेश्वरले यस रीतिरिवाज पूरै नाश गर्नुहुन्न तर छानेर नाश गर्नुहुन्छ भन्ने कुरालाई ध्यानमा राख्दा कस्ता प्रश्न उठ्छन्?
१९ यहूदा र यरूशलेममाथि परमेश्वरको क्रोध खन्याइँदा त्यो “संकष्ट र क्रोधको दिन” हुने थियो। बेबिलोनी आक्रमणकारीहरूले यहूदाका बासिन्दाहरूमाथि निकै दुःखकष्ट ल्याउनुका साथै तिनीहरूलाई मृत्यु र विनाशको मानसिक वेदना दिएका थिए। त्यो “बर्बादी र उजाडको दिन” अन्धकार र बादलको दिन हुने थियो। लाक्षणिक अर्थमा मात्र नभई वास्तवमै यसो हुने थियो किनकि जताततै धूँवा र रक्तपात हुने थियो। यो ‘तुरही बजाउने’ दिन हुने थियो तर ती सब चेताउनीहरू बेकार हुने थिए।
२० बेबिलोनका भित्ता भत्काउने यन्त्रहरूले ‘अल्गा अल्गा गढी भएका शहरहरू’ गर्ल्यामगुर्लुम ढाल्दा यरूशलेमका पहरादारहरूले टुलुटुलु हेर्नुबाहेक केही गर्नसकेका थिएनन्। परमेश्वरले छानेर गर्नुहुने विनाशमा चाँडै प्रयोग गर्नुहुने स्वर्गीय हातहतियारसामु वर्तमान दुष्ट रीतिरिवाजका गढीहरू पनि कुनै कामका हुने छैनन्। के त्यसबाट तपाईंले जोगिने आशा गर्नुभएको छ? ‘उहाँलाई प्रेम गर्ने सबैलाई जोगाउनुहुने तर सबै दुष्टहरूलाई नाश गर्नुहुने’ यहोवाको पक्षमा के तपाईंले बलियो अडान लिनुभएको छ?—भजन १४५:२०.
-