-
“तिमीहरू मलाई पर्खिरहो”प्रहरीधरहरा—१९९६ | मार्च १
-
-
१३. सपन्याहले मोआब, अम्मोन तथा अश्शूर विरुद्ध कस्ता न्यायवचनहरू घोषणा गरे?
१३ आफ्नो अगमवक्ता सपन्याहद्वारा यहोवाले ती राष्ट्रहरूमाथि पनि क्रोध पोखाउनुभयो जसले उहाँका जनहरूलाई दुर्व्यवहार गरेका थिए। उहाँले यस्तो घोषणा गर्नुभयो: “मोआबको हेला र अम्मोनका सन्तानहरूको अपवाद मैले सुनेको छु, जसद्वारा तिनीहरूले मेरा प्रजालाई हप्काएर अहंकारसाथ उनीहरूको सीमानासम्म आइलागेका छन्। यसैकारण सेनाहरूका परमप्रभु इस्राएलका परमेश्वर भन्नुहुन्छ, ‘म जीवित रहेझैं, निश्चय मोआब सदोमजस्तै र अम्मोनका सन्तानहरू गमोराजस्तै सिस्नुघारी, नूनका खानी र सदा सर्वदाको निम्ति उजाड़ हुनेछन्। . . . अनि उत्तर दिशाको विरुद्धमा आफ्नो हात पसारेर उहाँले अश्शूरलाई नाश पार्नुहुनेछ। उहाँले निनवेलाई उजाड़ र बलौटे ठाउँजस्तो सुखा तुल्याउनुहुनेछ।’”—सपन्याह २:८, ९, १३.
१४. विदेशी राष्ट्रहरूले इस्राएली तथा तिनीहरूका परमेश्वर, यहोवासित “अहंकार” गरे भन्ने के प्रमाण छ?
१४ मोआब र अम्मोन इस्राएलका पुराना शत्रुहरू थिए। (तुलना गर्नुहोस न्यायकर्त्ता ३:१२-१४) पेरिसको लुभ्र संग्रहालयमा राखिएको मोआबी शिलामा मोआबी राजा मेसाको अहंकारपूर्ण वाणीहरू कुँदिएका छन्। तिनले आफ्नो देउता केमोशको मदतद्वारा थुप्रै इस्राएली शहरहरू जितेको विवरण गर्वसित बताएका छन्। (२ राजा १:१) सपन्याहकै समकालीन अगमवक्ता यर्मियाले इस्राएलको गाद क्षेत्रलाई अम्मोनीहरूले आफ्नो देउता मल्कामको नाउँमा कब्जा गरेको घटनाबारे बताए। (यर्मिया ४९:१) अनि अश्शूरी राजा शल-मनेसेर पाँचौंले सपन्याहभन्दा एक शताब्दीअघि नै सामरियामा हमला गरेर त्यसलाई आफ्नो कब्जामा लिइसकेका थिए। (२ राजा १७:१-६) त्यसको केही समयपश्चात् राजा सनहेरीबले यहूदामाथि आक्रमण गरेर त्यसका बलिया शहरहरूलाई कब्जा गरे र यरूशलेमलाई समेत धम्काए। (यशैया ३६:१, २) यरूशलेमलाई आत्मसमर्पण गर्ने माग गरेर अश्शूरी राजाका प्रवक्ताले निस्सन्देह यहोवासित अहंकार गरेका थिए।—यशैया ३६:४-२०.
-
-
“तिमीहरू मलाई पर्खिरहो”प्रहरीधरहरा—१९९६ | मार्च १
-
-
१५. आफ्ना जनहरूसित अहंकार गर्ने राष्ट्रहरूका देउताहरूलाई यहोवाले कसरी बेइज्जत गर्नुहुनेथियो?
१५ भजन ८३ ले मोआब, अम्मोन र अश्शूरलगायत अन्य थुप्रै राष्ट्रहरूको पनि उल्लेख गर्छ जसले यस्तो घमण्ड गर्दै इस्राएलसित अहंकार गरेका थिए: “आओ, हामी तिनीहरूलाई यसरी नाश गरौं, कि तिनीहरू एक जातिनै नरहोस्।” (भजन ८३:४) यी घमण्डी राष्ट्रहरू अनि तिनीहरूका देउताहरूलाई सेनाहरूका यहोवाले बेइज्जत गर्नुहुनेछ भनेर अगमवक्ता सपन्याहले साहसपूर्वक घोषणा गरे। “तिनीहरूका शेखीको निम्ति तिनीहरूलाई यही हुनेछ, किनभने तिनीहरूले सेनाहरूका परमप्रभुको प्रजालाई गाली गरेका छन्, र अहंकारसाथ तिनीहरू उनीहरूमाथि आइलागेका छन्। तिनीहरूका विरुद्धमा परमप्रभु भयंकर हुनुहुनेछ। उहाँले पृथ्वीका सबै देवताहरूलाई नाश पार्नुहुनेछ, र सबै जातिहरूले आफ्ना आफ्ना ठाउँमा उहाँलाई दण्डवत् गर्नेछन्।”—सपन्याह २:१०, ११.
-
-
“तिमीहरू मलाई पर्खिरहो”प्रहरीधरहरा—१९९६ | मार्च १
-
-
१८. (क) यरूशलेममाथि ईश्वरीय न्याय कसरी पूरा भयो र किन? (ख) सपन्याहले मोआब र अम्मोनबारे गरेको भविष्यवाणी कसरी पूरा भयो?
१८ यहोवामाथि भरोसा गर्ने अधिकांश यहूदीहरूले आफ्नै जीवनकालमा यहूदा तथा यरूशलेममाथि उहाँको न्याय पूरा भएको पनि देखे। यरूशलेमबारे सपन्याहले यस्तो भविष्यवाणी गरेका थिए: “धिक्कार त्यसलाई, त्यो वागी, अशुद्ध र अत्याचारी शहरलाई! त्यसले कुनै कुरा सुन्दैन, ताड़नालाई ग्रहण गर्दैन, त्यसले परमप्रभुमा भरोसा राख्तैन, आफ्ना परमेश्वरको नजीकमा त्यो आउँदैन।” (सपन्याह ३:१, २) यरूशलेम अविश्वासी भएकोले बेबिलोनीहरूले दुइ पटक त्यसलाई कब्जा गरे र अन्ततः सा.यु.पू. ६०७ मा त्यसलाई नष्ट गरे। (२ इतिहास ३६:५, ६, ११-२१) मोआब र अम्मोन चाहिं यहूदी इतिहासकार जोसेफसअनुसार यरूशलेम पतन भएको पाँचौं वर्षमा बेबिलोनीहरूद्वारा परास्त भए। तिनीहरू पनि भविष्यवाणीले भनेझैं इतिहासबाट लुप्त भए।
-