प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यहोवाले प्रशस्त शान्ति र सच्चाइ दिनुहुन्छ
    प्रहरीधरहरा—१९९६ | जनवरी १
    • ‘सियोनको निम्ति म डाही भएको छु’

      ६, ७. यहोवा कुन कुन ढंगमा ‘सियोनका लागि क्रोधले साह्रै डाही’ हुनुभयो?

      ६ यो अभिव्यक्‍ति पहिलो पटक जकरिया ८:२ मा उल्लेख गरिएको छ, जहाँ यसरी लेखिएको छ: “सेनाहरूको परमप्रभु यसो भन्‍नुहुन्छ, ‘सियोनको निम्ति डाहले म डाही भएको छु। म त्यसको निम्ति क्रोधले साह्रै डाही भएको छु।’” यहोवा आफ्नो जनको निम्ति डाही हुनु अर्थात्‌ उहाँले तिनीहरूका खातिर ठूलो जोश देखाउने प्रतिज्ञा गर्नुको अर्थ उहाँ तिनीहरूको शान्ति स्थापना गर्न सतर्क हुनु हो। इस्राएलको पुनर्स्थापना तथा मन्दिरको पुनर्निर्माण हुनु उहाँको त्यस्तो जोशको प्रमाण थियो।

      ७ तर, यहोवाका जनहरूको विरोध गर्नेहरूको निम्ति त्यसले के अर्थ राख्ने थियो त? आफ्नो जनका लागि उहाँसित जति जोश थियो त्यति नै “क्रोध” ती शत्रुहरूमाथि हुनेथियो। विश्‍वासी यहूदीहरूले पुनर्निर्मित मन्दिरमा उपासना गर्दा तिनीहरूले पतन भइसकेको शक्‍तिशाली बेबिलोनको प्रतिकूल नतिजामाथि मनन गर्नसक्थे। मन्दिरको पुनर्निर्माण कार्य रोक्न प्रयास गर्ने शत्रुहरूको ठूलो असफलतालाई सम्झन सक्थे। (एज्रा ४:१-६; ६:३) अनि आफ्नो प्रतिज्ञा पूरा गर्नुभएकोमा यहोवालाई धन्यवाद चढाउन सक्थे। हो, उहाँको जोशले गर्दा तिनीहरू विजयी भए!

  • यहोवाले प्रशस्त शान्ति र सच्चाइ दिनुहुन्छ
    प्रहरीधरहरा—१९९६ | जनवरी १
    • ९. सन्‌ १९१९ मा “परमेश्‍वरको इस्राएलले” आफ्नो परिस्थितिमा कस्तो उल्लेखनीय परिवर्तन अनुभव गरे?

      ९ ती दुइ वाणीहरू पुरातन इस्राएलका लागि अर्थपूर्ण थिए र आज २० औं शताब्दीका यी अन्तिम समयमा हाम्रालागि झनै अर्थपूर्ण छन्‌। पुरातन इस्राएल बेबिलोनको कैदमा परेझैं झन्डै ८० वर्षअघि प्रथम विश्‍वयुद्धको दौडान “परमेश्‍वरको इस्राएलको” प्रतिनिधित्व गर्ने केही हजार अभिषिक्‍त जन आध्यात्मिक कैदमा परेका थिए। (गलाती ६:१६) भविष्यसूचक ढंगमा भन्‍ने हो भने, तिनीहरूको लाश शहरमा अलपत्र परिरहेको थियो। तैपनि, तिनीहरूसित यहोवालाई “आत्मा र सत्यतामा” उपासना गर्ने निष्कपट इच्छा थियो। (यूहन्‍ना ४:२४) तसर्थ, सन्‌ १९१९ मा यहोवाले तिनीहरूलाई कैदबाट मुक्‍त पार्नुका साथै आध्यात्मिक मरेतुल्य अवस्थाबाट पुनः जीवित पार्नुभयो। (प्रकाश ११:७-१३) यसप्रकार, “के एकै दिनमा एउटा देश उत्पन्‍न हुन्छ र? के एकै क्षणमानै एउटा जाति उत्पन्‍न हुनसक्छ र?” भन्‍ने यशैयाको भविष्यसूचक प्रश्‍नको जवाफ, यहोवाले स्पष्टसित हुनसक्छ भनेर दिनुभयो। (यशैया ६६:८) सन्‌ १९१९ मा यहोवाका जनहरूले पुनः एक पटक आफ्नै “देश” वा आध्यात्मिक पार्थिव क्षेत्रमा आध्यात्मिक राष्ट्रको अस्तित्व धारण गर्न सक्यो।

      १०. सन्‌ १९१९ देखि अभिषिक्‍त मसीहीहरूले आफ्नो “देश[मा]” कस्ता आशिष्‌हरूको आनन्द उठाइरहेका छन्‌?

      १० त्यस देशमा सुरक्षित अभिषिक्‍त मसीहीहरूले यहोवाको महान्‌ आध्यात्मिक मन्दिरमा सेवा गरे। तिनीहरूलाई “विश्‍वासी र बुद्धिमान दास” नियुक्‍त गरियो र तिनीहरूले येशूको पार्थिव सम्पत्तिको रेखदेख गर्ने जिम्मेवारी स्वीकारे। आज २० औं शताब्दीको यी आखिरी वर्षहरूमा पनि तिनीहरूले त्यो सुअवसरको आनन्द उठाइरहेका छन्‌। (मत्ती २४:४५-४७) तिनीहरूले यहोवा “शान्तिका परमेश्‍वर” हुनुहुन्छ भन्‍ने राम्रो पाठ सिके।—१ थिस्सलोनिकी ५:२३.

      ११. मसीहीजगतका धार्मिक नेताहरूले कसरी आफैलाई परमेश्‍वरका जनहरूको शत्रु भनी देखाइरहेका छन्‌?

      ११ उसोभए परमेश्‍वरको इस्राएलका शत्रुहरूलाई के भयो त? आफ्ना जनका लागि यहोवासित जति जोश छ, त्यति नै क्रोध विरोधीहरूप्रति छ। प्रथम विश्‍वयुद्धको दौडान मसीहीजगतका धार्मिक नेताहरूले सत्य बोल्ने मुठीभर साँचो मसीहीहरूको नामोनिसान मेटाउन अचाक्ली दबाब दिए। तर तिनीहरूको प्रयास सफल हुनसकेन। दोस्रो विश्‍वयुद्धको दौडान मसीहीजगतका सेवकहरू एउटै कुरामा एक देखियो। त्यो थियो, तिनीहरूले युद्धरत दुवै पक्षका सरकारहरूलाई यहोवाका साक्षीहरूलाई दबाउन आग्रह गरे। आज पनि थुप्रै मुलुकहरूमा धार्मिक नेताहरूले सरकारहरूलाई यहोवाका साक्षीहरूको मसीही प्रचार कार्यमाथि नियन्त्रण गर्न वा प्रतिबन्ध लगाउन उक्साउँछन्‌।

      १२, १३. मसीहीजगतको विरुद्धमा यहोवाको क्रोध कसरी व्यक्‍त हुन्छ?

      १२ यी सबै कुरा यहोवाले देखिरहनुभएको छ। प्रथम विश्‍वयुद्धपछि मसीहीजगत सँगसँगै महान्‌ बेबिलोनको पतन भयो। (प्रकाश १४:८) सन्‌ १९२२ देखि एकपछि अर्को प्रतीकात्मक विपत्तिहरू प्रहार हुँदा मसीहीजगतको आध्यात्मिक मृत अवस्था र त्यसमाथि आउँदै गरेको नाश खुलेआम पर्दाफास भयो। त्यसको पतन कति वास्तविक रहेछ, सबैले थाह पाए। (प्रकाश ८:७–९:२१) मसीहीजगतमाथि अझ पनि ती विपत्तिहरू पोखाइँदैछ भन्‍ने प्रमाणस्वरूप अप्रिल २३, १९९५ का दिन “झूटो धर्मको अन्त नजीकै छ” शीर्षक भएको भाषण सारा संसारभरि दिइयो। भाषणपश्‍चात्‌ करोडौं प्रति राज्य समाचार-को विशेष अंक वितरण गरियो।

      १३ आज, मसीहीजगत दयनीय स्थितिमा छ। यस २० औं शताब्दीभरि त्यसका पूजाहारी तथा सेवकहरूले आशिष्‌ दिएका युद्धहरूमा त्यसकै सदस्यहरूबीच काटमार भएको छ। केही मुलुकहरूमा मसीहीजगतको प्रभाव बिलकुलै शून्य भइसकेको छ। अब त्यो महान्‌ बेबिलोनको बाँकी भाग सँगसँगै नाश हुन मात्र बाँकी छ।—प्रकाश १८:२१.

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने