प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यहोवाको दिनमा को बच्नेछ?
    प्रहरीधरहरा—२००२ | मे १
    • यहोवाको दिनमा को बच्नेछ?

      “भट्टीझैं दन्कँदै त्यो दिन आउँदैछ।”—मलाकी ४:१.

      १. मलाकीले यस दुष्ट रीतिरिवाजको विनाश कसरी वर्णन गरेका छन्‌?

      परमेश्‍वरले अगमवक्‍ता मलाकीलाई एकदमै निकट भविष्यमा हुने उदेकलाग्दा घटनाहरूको भविष्यवाणीहरू लिपिबद्ध गर्न उत्प्रेरित गर्नुभयो। यी घटनाहरूले पृथ्वीका प्रत्येक बासिन्दालाई असर गर्नेछन्‌। मलाकी ४:१ मा यस्तो भविष्यवाणी गरिएको छ: “हेर, भट्टीझैं दन्कँदै त्यो दिन आउँदैछ, जब सबै घमण्डी र दुष्ट काम गर्नेहरू ठूटाझैं हुनेछन्‌। त्यो आउने दिनले तिनीहरूलाई भस्म गर्नेछ, सेनाहरूका परमप्रभु भन्‍नुहुन्छ। त्यसले तिनीहरूको जरा र हाँगा केही पनि छोड़नेछैन।” यस दुष्ट रीतिरिवाजको विनाश कत्तिको व्यापक हुनेछ? रूख फेरि कहिल्यै नउम्रने गरी त्यसको जरै नाश भएसरह हुनेछ।

      २. केही शास्त्रपदहरूले यहोवाको दिन कसरी वर्णन गर्छ?

      २ तपाईं सोध्नुहोला, ‘मलाकी अगमवक्‍ताले भविष्यवाणी गरेको “दिन” कुन दिन हो?’ यो यशैया १३:९ मा बताइएकै दिन हो, जहाँ यसो भनिएको छ: “हेर, परमप्रभुको दिन देशलाई उजाड़ पार्न, र त्यसका पापीहरूलाई त्यहाँबाट सर्वनाश पार्न, क्रोध र भयानक रीसको साथ निष्ठूर भएर आउँछ।” सपन्याह १:१५ मा यस्तो विवरण पाउँछौं: “त्यो दिन क्रोधको दिन हो, संकष्ट र दुःखको दिन, बर्बादी र उजाड़को दिन, अँध्यारो र विरक्‍तको दिन, बादल र घोर अन्धकारको दिन।”

      “महा संकष्ट”

      ३. “परमप्रभुको दिन” भनेको के हो?

      ३ मलाकीको भविष्यवाणीको प्रमुख पूर्तिमा “परमप्रभुको दिन” भनिएको समयावधिलाई येशूले “महा संकष्ट” भन्‍नुभएको छ। येशूले यस्तो भविष्यवाणी गर्नुभएको थियो: “त्यस बेला यस्तो महा संकष्ट हुनेछ, जो जगत्‌को शुरूदेखि अहिलेसम्म भएको छैन, नता फेरि कहिल्यै हुनेछ।” (मत्ती २४:२१) विशेष गरी सन्‌ १९१४ देखि संसारले कत्ति धेरै दुःखकष्ट भोगिसक्यो, विचार गर्नुहोस्‌। (मत्ती २४:७-१२) दोस्रो विश्‍वयुद्धले मात्रै पाँच करोडभन्दा बढी मानिसहरूको ज्यान लियो! यद्यपि, “महा संकष्ट[मा]” यीभन्दा निकै ठूलठूला समस्याहरू हुनेछन्‌। त्यो महा संकष्ट अर्थात्‌ यहोवाको दिनको समयावधि आरमागेडोनमा टुंगिनेछ अनि त्यसपछि यस दुष्ट रीतिरिवाजको अन्त हुनेछ।—२ तिमोथी ३:१-५, १३; प्रकाश ७:१४; १६:१४, १६.

      ४. यहोवाको दिनको अन्त हुँदा के भइसकेको हुनेछ?

      ४ यहोवाको त्यस दिनको अन्तसम्ममा शैतानको संसार अनि त्यसका समर्थकहरूको विनाश भइसकेको हुनेछ। सबैभन्दा पहिला झूटो धर्मको विनाश हुनेछ। त्यसपछि, शैतानको राजनैतिक तथा आर्थिक प्रणाली विरुद्ध यहोवाले न्याय गर्नुहुनेछ। (प्रकाश १७:१२-१४; १९:१७, १८) इजकिएल यस्तो भविष्यवाणी गर्छन्‌: “तिनीहरूले आफ्ना चाँदी सड़कहरू हुँदो फालिदिनेछन्‌, र तिनीहरूका सुन अशुद्ध थोकजस्तो हुनेछ। परमप्रभुको क्रोधको दिनमा तिनीहरूका चाँदी र सुनले तिनीहरूलाई बचाउनसक्नेछैनन्‌।” (इजकिएल ७:१९) त्यस दिनको सन्दर्भमा सपन्याह १:१४ यसो भन्छ: “परमप्रभुको भयानक दिन नजीकै छ, नजीकै छ, त्यो चाँडै आउँदैछ।” यहोवाको भयानक दिनबारे बाइबलमा भनिएका कुरालाई विचार गर्दा हामी परमेश्‍वरको धार्मिक नियम तथा सिद्धान्तअनुरूप जीवन बिताउन अवश्‍य कटिबद्ध हुनुपर्छ।

  • यहोवाको दिनमा को बच्नेछ?
    प्रहरीधरहरा—२००२ | मे १
    • ९. मलाकीको भविष्यवाणीको प्रारम्भिक पूर्ति कसरी भयो?

      ९ ती शब्दहरूको पूर्ति सा.यु. प्रथम शताब्दीमा पनि भयो। शेष यहूदीहरूले यहोवाको सेवा गरे र आत्म-अभिषिक्‍त मसीहीहरूको नयाँ “राष्ट्रको” भाग भए अनि समयको अन्तरालमा यसमा अन्यजातिहरू पनि सामेल भए। तर अधिकांश जन्मजात इस्राएलीहरूले येशूलाई इन्कार गरे। त्यसकारण येशूले इस्राएल राष्ट्रलाई यसो भन्‍नुभयो: “हेर तिमीहरूको घर तिमीहरूका निम्ति उजाड छोडिनेछ।” (मत्ती २३:३८; १ कोरिन्थी १६:२२) मलाकी ४:१ मा भविष्यवाणी गरिएझैं सा.यु. ७० मा “भट्टीझैं दन्कँदै त्यो दिन” इस्राएलमाथि आइपऱ्‍यो। यरूशलेम र त्यसको मन्दिर विनाश भयो अनि अनिकाल, शक्‍ति संघर्ष तथा रोमी सेनाको आक्रमणले गर्दा दस लाखभन्दा बढी मानिसहरूको ज्यान गयो। तथापि, यहोवाको सेवा गर्नेहरू त्यस संकष्टबाट बचे।—मर्कूस १३:१४-२०.

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने