-
एउटा पवित्र रहस्य उघारिन्छप्रकाश—त्यसको चरमोत्कर्ष निकट!
-
-
१७. (क) येशूले भन्नु भएको गहुँ र सामाको उखानमा कुन कुराको अग्रिमवाणी गरिएको थियो? (ख) सन् १९१८ मा के घटना घट्यो र यसको परिणामस्वरुप कसलाई इन्कार गरियो र को नियुक्त भए?
१७ मसीहीजगतले प्रभुत्व जमाउञ्जेल अन्धकारको समय कायम रहनेछ भनी येशूले गहुँ र सामाको उखानद्वारा अग्रिमवाणी गर्नु भएको थियो। तर कैयौं शताब्दीसम्म चल्ने धर्मत्यागको दौडान गहुँ जस्ता मसीहीहरू अर्थात् साँचो अभिषिक्त जनहरू पनि फट्याकफुटुक हुने नै थिए। (मत्ती १३:२४-२९, ३६-४३) तसर्थ, अक्टोबर १९१४ मा प्रभुको दिन उदय हुँदा पृथ्वीमा साँचो मसीहीहरू छँदैथिए। (प्रकाश १:१०) यसको करीब साढे तीन वर्षपश्चात् अर्थात् १९१८ मा यहोवा उहाँको “करारको दूत” येशूसित आफ्नो आत्मिक मन्दिरमा न्याय गर्न आउनु भएको जस्तो देखिन्छ। (मलाकी ३:१; मत्ती १३:४७-५०) मालिकले झूटा मसीहीहरूलाई इन्कार गर्ने र ‘आफ्नो सारा सम्पत्तीमाथि विश्वासी र बुद्धिमान दास’ नियुक्त गर्ने समय आएको थियो।—मत्ती ७:२२, २३; २४:४५-४७.
-
-
एउटा पवित्र रहस्य उघारिन्छप्रकाश—त्यसको चरमोत्कर्ष निकट!
-
-
[पृष्ठ ३२-मा भएको पेटी]
जाँच र न्याय गर्ने समय
येशूले यर्दन नदीमा सा.यु. २९ तिर बप्तिस्मा लिनु भयो र राजा हुन उहाँलाई अभिषेक पनि गरियो। साढे तीन वर्षपछि सा.यु. ३३ मा उहाँ यरूशलेमको मन्दिरमा आउनु भयो। त्यस ठाउँलाई जसजसले डाकाहरूको अड्डा बनाइरहेका थिए, तिनीहरूलाई उहाँले बाहिर लघारी दिनु भयो। यस घटनाक्रमको समानान्तर अक्टोबर १९१४ मा येशू शासन गर्न थाल्नु भएको समयदेखिन् मसीही भनौंदाहरूलाई उहाँ जाँच गर्न आउनु भएको समयसम्मको साढे तीन वर्षमा पाउन सकिन्छ जस्तो छ। किनभने सबैभन्दा पहिले परमेश्वरकै घरानाको न्याय हुनु परेको थियो। (मत्ती २१:१२, १३; १ पत्रुस ४:१७) सन् १९१८ को सुरुमै यहोवाका जनहरूको राज्यसम्बन्धी गतिविधिले ठूलो विरोधको सामना गर्नु पऱ्यो। पृथ्वीभरि त्यो एउटा जाँचको समय थियो। डरपोकहरूलाई अलग छुट्टयाइँदै थियो। सन् १९१८ को मई महिनामा मसीहीजगतको पादरीवर्गले वाचटावर सोसाइटीका प्रमुख अधिकारीहरूलाई झ्यालखानमा थुनिदिने षडयन्त्र रचे। तर उनीहरूलाई नौ महिनापछि नै रिहा गरियो। उनीहरूमाथि लगाइएका झूटा आरोपहरू पनि फिर्ता लिइयो। अतः येशूको मातहतमा यहोवाको राज्य नै मानवजातिको एकमात्र आशा हो भन्दै घोषणा गर्न खारिएका र जाँचमा सफल भएका परमेश्वरका जनहरूको संगठन १९१९ देखि अग्रसर भयो।—मलाकी ३:१-३.
येशूले १९१८ देखि जाँच गर्ने काम सुरु गर्नु हुँदा मसीहीजगतको पादरीवर्गले निस्सन्देह कठोर न्यायिक फैसला सुन्नु पऱ्यो। तिनीहरूले परमेश्वरका जनहरूको विरुद्धमा सतावट मात्र ल्याएका थिएनन्। तिनीहरूले प्रथम विश्वयुद्धको दौडान युद्धमा भाग लिने राष्ट्रहरूलाई समर्थन गर्दै आफूलाई रगतको दोषी बनाएका थिए। (प्रकाश १८:२१, २४) यसपछि ती पादरीहरूले मानवनिर्मित राष्ट्र संघमाथि भरोसा राखे। झूटो धर्मको सारा विश्व साम्राज्यको साथसाथै मसीहीजगत १९१९ सम्म त परमेश्वरको नजरमा अस्वीकृत भइ सकेको थियो।
-