प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • परीक्षा आइपर्दा तिनी वफादार रहे
    तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌
    • सच्याउँदा पनि वफादार

      ११. येशू आफ्ना चेलाहरूलाई लिएर कता जानुभयो? (फुटनोट पनि हेर्नुहोस्‌)

      ११ त्यसको केही समयपछि येशू आफ्ना प्रेषितहरू र केही चेलाहरूलाई लिएर उत्तरतर्फको एउटा लामो यात्रामा निस्कनुहुन्छ। प्रतिज्ञा गरिएको देशको उत्तरी सिमानामा हर्मोन पर्वत छ। हिउँको टोपी लगाएको त्यसको चुचुरो गालील समुद्रबाट पनि कहिलेकाहीं देखिन्छ। येशू र उहाँसँगै यात्रा गरिरहेकाहरू उकालो चढ्‌दै सिजरिया फिलिप्पी नजिकै रहेका गाउँतिर पुग्छन्‌।b त्यहाँबाट हर्मोन पर्वत अझै विशाल र भयानक देखिन्छ। त्यहाँको वातावरण रमणीय छ। त्यहाँबाट दक्षिणतिर हेर्दा प्रतिज्ञा गरिएको देशको धेरै जसो भूभाग पनि देख्न सकिन्छ। यही ठाउँमा येशू आफ्ना अनुयायीहरूलाई एउटा महत्त्वपूर्ण प्रश्‍न सोध्नुहुन्छ।

      १२, १३. (क) मानिसहरूले येशूबारे राखेको धारणा उहाँ किन थाह पाउन चाहनुहुन्थ्यो? (ख) पत्रुसले येशूलाई साँच्चै विश्‍वास गरेका थिए भनेर तिनको जवाफबाट कसरी देखियो?

      १२ उहाँ भन्‍नुहुन्छ: “भीडले म को हुँ भनी भन्दैछ?” येशूले यो प्रश्‍न सोध्दा पत्रुसले येशूको आँखामा हेरेको हामी कल्पना गर्न सक्छौं। उहाँको आँखामा दया र समझशक्‍ति झल्किएको पनि पत्रुस महसुस गर्न सक्थे। उहाँको कुरा सुनेर अनि उहाँले गरेका कामहरू देखेर मानिसहरू के सोचिरहेका छन्‌ भनेर जान्‍न उहाँ इच्छुक हुनुहुन्थ्यो। उहाँबारे मानिसहरूले राखेका केही गलत धारणाहरू तिनीहरूले बताए। तर येशू आफ्ना चेलाहरूको विचार पनि बुझ्न चाहनुहुन्थ्यो। उहाँसँग नजिकबाट सङ्‌गत गरिरहेका यी चेलाहरूमाझ पनि कतै त्यस्तै गलत धारणा थियो कि? त्यसकारण उहाँले सोध्नुभयो: “त्यसोभए, तिमीहरूचाहिं म को हुँ भन्छौ?”—लूका ९:१८-२०

  • परीक्षा आइपर्दा तिनी वफादार रहे
    तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌
    • b गालील समुद्रको किनारदेखि सिजरिया फिलिप्पी नजिकैका गाउँहरूमा पुग्न येशू र उहाँका अनुयायीहरूले ५० किलोमिटर यात्रा गर्नुपर्थ्यो। समुद्री सतहदेखि २१० मिटरको गहिराइबाट सुरु भएको यो यात्रा समुद्री सतहदेखि ३५० मिटर माथि गएर टुङ्‌गिन्छ। यात्राको क्रममा प्राकृतिक सौन्दर्यले भरिएका थुप्रै ठाउँहरू देख्न पाइन्थ्यो।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने