-
यहोवा हाम्रो शासक हुनुहुन्छ!प्रहरीधरहरा—१९९० | डिसेम्बर १
-
-
१३. (क) उचितरूपमा बप्तिस्मा लिनका लागि, यहूदीहरू र यहूदी धर्ममा लागेका अन्यजातिका मानिसहरूले के स्वीकार्नु परेको थियो? (ख) कति जनाले बप्तिस्मा लिए र यरूशलेममा यसले के प्रभाव पार्यो?
१३ पत्रुसका शब्दहरू कत्ति प्रभावशाली साबित भए! (प्रे २:३७-४२) मसीहको हत्याका लागि अनुमति दिएछौं भनेर, पत्रुसका श्रोताहरूको हृदय छेड़ियो। यसकारण उनले तिनीहरूलाई एसो गर्न प्रोत्साहन दिए: “पश्चाताप गर, र तिमीहरू हरेकले पापमोचनको निम्ति येशू ख्रीष्टको नाउँमा बप्तिस्मा लेऊ, र तिमीहरूले पवित्र आत्माको वरदान पाउनेछौ।” यहूदीहरू र यहूदी धर्ममा लागेका अन्य जातिका मानिसहरूले यहोवा परमेश्वरलाई पहिले देखिनै परमेश्वर स्वीकार्द थिए र उहाँको आत्माको आवश्यक्तालाई पनि मान्यता दिने गर्थिए। अब चाहिं तिनीहरूलाई पश्चातापको खाँचो थियो र पिता, पुत्र र पवित्र-आत्माको नाउँमा बप्तिस्मा लिनका लागि (तिनीहरूको काम अथवा पदाधिकारलाई मान्यता दिन) तिनीहरूले येशूलाई मसीह स्वीकार्नु परेको थियो। (मत्ती २८:१९, २०) विश्वासगर्ने यहूदीहरूले स्वर्गीय राज्यमा प्रवेश पाउने ज्ञान र मौकाको ढोका खोल्न, येशूले पत्रुसलाई दिनु भएको प्रथम आत्मिक साँचोको प्रयोग, पत्रुसले ती यहूदी र यहूदी धर्ममा लागेकाहरूलाई साक्षी दिएर प्रयोग गरे। (मत्ती १६:१९) त्यस एक दिन मै, ३००० जनाले बप्तिस्मा लिए! कल्पना गर्नुहोस्, यरूशलेमको त्यो सानो इलाकामा यहोवाका त्यत्ति धेरै साक्षीहरूले प्रचार गर्दा कस्तो भयो होला!
-
-
यहोवाको भयमा हिड़ने गरप्रहरीधरहरा—१९९१ | जनवरी १
-
-
८. (क) सामरियामा भएको प्रचारको नतिजा के भयो? (ख) येशूले तिनलाई सुम्पनु भएको दोस्रो साँचोको प्रयोग पत्रुसले कसरी गरे?
८ सुसमाचारको प्रचारक फिलिप “ख्रीष्टको प्रचार गर्न” सामरियामा गए। (८:५-२५) त्यो शहरमा जसै सुसमाचारको प्रचार भयो, अशुद्ध आत्माहरू धपाइयो र रोगी मानिसहरू निको पारिए, जता-ततै ठूलो हर्ष मनाइयो। यरूशलेमका प्रेरितहरूले पत्रुस र यूहन्नालाई सामरियामा पठाए र यिनीहरू त्यहाँ गएर बप्तिस्मा भएकाहरूमाथि हात राखेर प्रार्थना गरे पछि, यी नया चेलाहरूले पनि पवित्र आत्मा पाए। भरखरै बप्तिस्मा लिएको भूत-पूर्व जादूगर सिमोनले यसो गर्न सक्ने अख्तियार किन्ने कोशिश गरे तर पत्रुसले एसो भने: ‘तेरा रूपियाँ तैसँग नष्ट भइजाऊन्। परमेश्वरको सामने तेरो हृदय ठीक छैन।’ त्यसलाई पश्चाताप गर्न र परमेश्वरबाट क्षमा पाउन बिन्ति गर्न लाए पछि, पत्रुसले प्रेरितहरूलाई उसकालागि प्रार्थना गरी दिन भने। यो घटनाले आज यहोवाको डर मान्ने सबैलाई आफ्नो हृदय सुरक्षित् राख्न ईश्वरीय मददको निम्ति प्रार्थना गर्ने प्रेरणा दिनु पर्ने हो। (हितोपदेश ४:२३) (यही घटनाबाट अँग्रेजी शब्द “सिमोनी” आएको छ र यसको अर्थ “कुनै धार्मिक पदाधिकार वा धर्म सङ्गठनमा पदोन्नति किन्नु र बेच्नु” हो) पत्रुस र यूहन्नाले सामरियाका धेरै गाउँहरूमा सुसमाचारको प्रचार गरे। यस प्रकार, ज्ञान र स्वर्गीय राज्यमा प्रवेश गर्ने मौकाको ढोका खोल्न येशूले पत्रुसलाई दिनु भएको दोस्रो साँचोको प्रयोग पत्रुसले गरे।—मत्ती १६:१९.
-