-
जब येशू राजकीय महिमामा आउनुहुन्छप्रहरीधरहरा—१९९७ | मे १५
-
-
३, ४. (क) आफ्नो रूप परिवर्तन हुनुभन्दा छ दिनअघि येशूले के भन्नुभयो? (ख) येशूको रूप परिवर्तन हुँदाको घटना वर्णन गर्नुहोस्।
३ आफ्नो रूप परिवर्तन हुनुभन्दा छ दिनअघि येशूले चेलाहरूलाई यसो भन्नुभयो: “मानिसको पुत्र आफ्ना पिताको महिमामा आफ्ना दूतहरूसित आउनेछ, र त्यस बेला उसले हरेक मानिसलाई त्यसको [काम]अनुसार प्रतिफल दिनेछ।” यी शब्दहरू “जगत्को अन्त[मा]” पूरा हुनेथिए। येशूले अझै यसो भन्नुभयो: “म तिमीहरूलाई साँच्चै भन्दछु, यहाँ खड़ा हुनेहरूमध्ये कोही छन्, जसले मानिसको पुत्रलाई आफ्नो राज्यमा आउँदै गरेको नदेखुञ्जेल कुनै रीतिले मृत्यु चाख्ने छैनन्।” (मत्ती १६:२७, २८; २४:३; २५:३१-३४, ४१; दानियल १२:४) यी शब्दहरूको पूर्तिअनुरूप येशूको रूप परिवर्तन भएको थियो।
-
-
जब येशू राजकीय महिमामा आउनुहुन्छप्रहरीधरहरा—१९९७ | मे १५
-
-
५. येशूको रूप परिवर्तन भएको घटनाले प्रेरित पत्रुसलाई कस्तो असर गऱ्यो?
५ प्रेरित पत्रुसले येशू, “जीवित परमेश्वरका पुत्र ख्रीष्ट हुनुहुन्छ” भनेर चिनाइसकेका थिए। (मत्ती १६:१६) स्वर्गबाट निस्केको यहोवाको वाणीले त्यो चिनारीलाई अझ पुष्टि गऱ्यो र येशूको रूप परिवर्तनले येशू राजकीय शक्ति अनि महिमामा आउनुभएर अन्ततः मानवजातिको न्याय गर्नुहुने कुरालाई पूर्वसंकेत गऱ्यो। उहाँको रूप परिवर्तन भएको ३० वर्षपछि पत्रुसले यसप्रकार लेखे: “हामीले तिमीहरूलाई हाम्रा प्रभु येशू ख्रीष्टको महाशक्ति र आगमनको समाचार दिंदा धूर्त्याइँसित अजमाएका दन्त्यकथाहरूको हामीले अनुकरण गरेनौं, तर उहाँको वैभवशाली रूप हाम्रा आँखैले देख्ने हामी साक्षी छौं। किनकि महाप्रतापी महिमाबाट उहाँलाई यसो भन्ने वाणी आउँदा, ‘यिनी मेरा प्रिय पुत्र हुन्, यिनमा म अति प्रसन्न छु,’ उहाँले परमेश्वर पिताबाट आदर र महिमा पाउनुभएको थियो। औ त्यो पवित्र डाँड़ामा हामी उहाँसँग हुँदा स्वर्गबाट आएको त्यो वाणी हामी आफैले सुनेका थियौं।”—२ पत्रुस १:१६-१८; १ पत्रुस ४:१७.
-
-
जब येशू राजकीय महिमामा आउनुहुन्छप्रहरीधरहरा—१९९७ | मे १५
-
-
७. (क) रूप परिवर्तन भएको दर्शनको पूर्ति कहिलेदेखि हुन थाल्यो? (ख) येशूले कसै कसैलाई तिनीहरूको कामअनुसार कहिले प्रतिफल दिन थाल्नुभयो?
७ सन् १९१४ मा “प्रभुको दिन” सुरु भएदेखि यूहन्नाले देखेका थुप्रै दर्शनहरू पूरा भइसकेका छन्। (प्रकाश १:१०) येशूको रूप परिवर्तनको दर्शनले चित्रण गरेअनुसार उहाँ ‘पिताको महिमामा आउने’ सन्दर्भमा के भन्न सकिन्छ? सन् १९१४ मा स्वर्गमा परमेश्वरको राज्यको जन्म हुँदा यो दर्शन पूरा हुन थाल्यो। येशू, बिहानको ताराजस्तै नवनियुक्त राजाको हैसियतमा चारैतिर देखा पर्नु हुँदा नयाँ दिन उदय भएझैं भयो। (२ पत्रुस १:१९; प्रकाश ११:१५; २२:१६) के येशूले त्यतिबेला कसै कसैलाई तिनीहरूको कामअनुसार प्रतिफल दिनुभयो? दिनुभयो। किनकि त्यसको लगत्तैपछि अभिषिक्त मसीहीहरूको स्वर्गीय पुनरुत्थान भयो भन्ने ठोस प्रमाण पाउँछौं।—२ तिमोथी ४:८; प्रकाश १४:१३.
८. येशूको रूप परिवर्तन भएको दर्शनको पूर्तिको चरमोत्कर्षमा कस्ता घटनाहरू हुनेछन्?
८ यद्यपि अब चाँडै, येशू ‘स्वर्गदूतहरूसमेत आफ्नो महिमामा आउनुभएर’ सम्पूर्ण मानवजातिको न्याय गर्नुहुनेछ। (मत्ती २५:३१) त्यतिबेला, उहाँ आफ्नो तेजस्वी महिमामा प्रकट हुनुहुनेछ र “हरेक मानिसलाई” आ-आफ्नो कामअनुसार यथोचित फल दिनुहुनेछ। भेडाखाले मानिसहरूको लागि तयार पारिएको राज्यमा तिनीहरूले अनन्त जीवन पाउनेछन् र बाख्राखाले मानिसहरू “अनन्त दण्डमा” फालिनेछन्। तब येशूको रूप परिवर्तन भएको दर्शनको कस्तो महान् पूर्ति हुनेछ!—मत्ती २५:३४, ४१, ४६; मर्कूस ८:३८; २ थिस्सलोनिकी १:६-१०.
-
-
जब येशू राजकीय महिमामा आउनुहुन्छप्रहरीधरहरा—१९९७ | मे १५
-
-
१२. येशूको रूप परिवर्तन भएको दर्शनको सन्दर्भमा मोशा र एलियाले कसको चित्रण गर्छन्?
१२ त्यसो भए येशूको रूप परिवर्तन भएको दर्शनमा मोशा र एलियाले कसको पूर्वचित्रण गर्छन्? लूकाको विवरणअनुसार येशूसँगसँगै तिनीहरू “महिमामा” देखा परे। (लूका ९:३१) स्पष्टतः, तिनीहरूले येशूसँगै “साझे-हकवाला” हुन पवित्र आत्माद्वारा नियुक्त हुने अभिषिक्त मसीहीहरूको चित्रण गर्छन् जसले “उहाँसँगै महिमित” हुने अद्भुत आशा पनि पाएका छन्। (रोमी ८:१७) “हरेक मानिसलाई त्यसको [काम]अनुसार प्रतिफल दिन” येशू पिताको महिमामा आउनुहुँदा पुनरुत्थान भइसकेका अभिषिक्त मसीहीहरू पनि उहाँसँगै हुनेछन्।—मत्ती १६:२७.
-