प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • नयाँ संसार अनुवाद सही छ?
    यहोवाका साक्षीहरूबारे अक्सर सोधिने प्रश्‍नहरू
    • येशूले डाँडामा उपदेश दिंदा सुन्दै गरेका मानिसहरू

      फरक शब्दको प्रयोग: साधारणतया शाब्दिक अनुवाद प्रस्ट हुँदैन र त्यसले गलत अर्थ दिन्छ। जस्तै: मत्ती ५:३ मा येशूले भन्‍नुभएको कुरालाई प्रायजसो बाइबलमा यसरी अनुवाद गरिएको छ: “धन्य आत्मामा दरिद्र हुनेहरू।” (इङ्‌लिस स्टान्डर्ड बाइबल; किङ जेम्स बाइबल; न्यु इन्टरनेसनल बाइबल) “आत्मामा दरिद्र हुनेहरू” भनेर अनुवाद गरिएको वाक्यांशले के भन्‍न खोजेको हो भनेर थुप्रै मानिसहरू राम्रोसँग बुझ्नै सक्दैनन्‌। अरू मानिसहरू भने येशूले यहाँ नम्रता वा गरिबीको बारेमा कुरा गर्दै हुनुहुन्थ्यो भन्छन्‌। तर येशूले भन्‍न खोज्नुभएको कुरा अर्कै थियो। परमेश्‍वरको मार्गनिर्देशनको खाँचो महसुस गर्नेहरूले मात्र साँचो आनन्द पाउन सक्छन्‌ भनेर उहाँ भन्दै हुनुहुन्थ्यो। येशूले भन्‍न खोज्नुभएको कुराको सही अर्थ दिने गरी नयाँ संसार अनुवाद-ले उक्‍त पदलाई यसरी अनुवाद गरेको छ: “आनन्दित हुन्‌ ती मानिसहरू, जसले परमेश्‍वरको मार्गनिर्देशनको खाँचो महसुस गर्छन्‌।”c

  • नयाँ संसार अनुवाद सही छ?
    यहोवाका साक्षीहरूबारे अक्सर सोधिने प्रश्‍नहरू
    • b यसको लागि न्यु इन्टरनेसनल बाइबल र क्याथोलिकहरूको न्यु जेरूसलेम बाइबल हेर्नुहोस्‌। यी बाइबलमा निम्न पदहरू थपिएका छन्‌: मत्ती १७:२१; १८:११; २३:१४; मर्कूस ७:१६; ९:४४, ४६; ११:२६; १५:२८; लूका १७:३६; २३:१७; यूहन्‍ना ५:४; प्रेषित ८:३७; १५:३४; २४:७; २८:२९ र रोमी १६:२४। किङ जेम्स बाइबल र डुवे-रेहिम्स बाइबलको १ यूहन्‍ना ५:७, ८ मा त्रिएकलाई समर्थन गर्ने वाक्य थपिएको छ। वास्तवमा बाइबल लेखिएको सयौं वर्षपछि मात्र यी वाक्य थपिएका हुन्‌।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने