-
परमेश्वरको भविष्यसूचक वचनमा ध्यान दिनुहोस्प्रहरीधरहरा—२००० | अप्रिल १
-
-
५. तपाईं रूप परिवर्तनलाई आफ्नै शब्दमा कसरी वर्णन गर्नुहुन्छ?
५ रूप परिवर्तन एउटा भविष्यसूचक घटना थियो। येशूले भन्नुभयो: “मानिसको पुत्र आफ्ना पिताको महिमामा आफ्ना दूतहरूसित आउनेछ, . . . म तिमीहरूलाई साँच्चै भन्दछु, यहाँ खड़ा हुनेहरूमध्ये कोही छन्, जसले मानिसको पुत्रलाई आफ्नो राज्यमा आउँदै गरेको नदेखुञ्जेल कुनै रीतिले मृत्यु चाख्ने छैनन्।” (मत्ती १६:२७, २८) के येशूका केही चेलाहरूले उहाँ आफ्नो राज्यमा आउँदै गर्नुभएको देखे? मत्ती १७:१-७ भन्छ: “छ दिनपछि येशूले पत्रुस, याकूब र तिनको भाइ यूहन्नालाई आफ्नो साथमा लिनुभयो र एउटा अल्गो डाँड़ामा एकान्तमा लैजानुभयो। अनि तिनीहरूका सामने उहाँको रूप परिवर्त्तन भयो।” कस्तो नाटकीय घटना! “उहाँको चेहेरा सूर्यझैं चम्क्यो, औ उहाँको वस्त्र ज्योतिझैं सेतो भयो। औ मोशा र एलिया उहाँसित बातचीत गर्दै गरेका देखा परे।” त्यसपछि “चम्किलो बादलले तिनीहरूलाई ढाकिहाल्यो,” अनि तिनीहरूले परमेश्वरले यसो भन्नुभएको सुने: “ ‘यिनी मेरा प्रिय पुत्र हुन्, जसमा म प्रसन्न छु, तिमीहरूले उनको कुरा सुन।’ जब चेलाहरूले यो सुने, तब तिनीहरू घुर्लुप्प घोप्टे, र साह्रै डराए। अनि येशूले आएर तिनीहरूलाई छोएर भन्नुभयो, ‘उठ, नडराओ।’ ”
-
-
परमेश्वरको भविष्यसूचक वचनमा ध्यान दिनुहोस्प्रहरीधरहरा—२००० | अप्रिल १
-
-
७. रूप परिवर्तनको सम्झना पत्रुसको मनमा ताजै थियो भनेर हामी कसरी भन्नसक्छौं?
७ मसीही मण्डलीमा प्रमुख भूमिका निर्वाह गर्ने ती तीन प्रेरितहरूको विश्वास सुदृढ पार्न यो रूप परिवर्तनले मदत गऱ्यो। येशूको चम्किलो मुहार, टलटल टल्केको उहाँको पोसाक अनि येशू नै उहाँको प्रिय पुत्र हुनुहुन्छ जसलाई तिनीहरूले सुन्नुपर्छ भनी यहोवा आफैले गर्नुभएको घोषणा सबैले गर्दा यो दर्शन एकदमै प्रभावकारी साबित भयो। तर प्रेरितहरूले येशूको पुनरुत्थान नहोउञ्जेल यो दर्शनबारे कसैलाई पनि भन्नुहुँदैनथ्यो। झन्डै ३२ वर्षपछि पनि पत्रुसको मनमा यो दर्शन ताजै थियो। यो दर्शन र यसको महत्त्वलाई औंल्याउँदै तिनले लेखे: “तिमीहरूलाई हाम्रा प्रभु येशू ख्रीष्टको महाशक्ति र आगमनको समाचार दिंदा धूर्त्याइँसित अज्माएका दन्त्यकथाहरूको हामीले अनुसरण गरेनौं, तर उहाँको वैभवशाली रूप हाम्रा आँखैले देख्ने हामी साक्षी हौं। किनकि महाप्रतापी महिमाबाट उहाँलाई ‘यिनी मेरा प्रिय पुत्र हुन्, यिनमा म अति प्रसन्न छु,’ भन्ने वाणी आउँदा, उहाँले परमेश्वर पिताबाट आदर र महिमा पाउनुभएको थियो। औ त्यो पवित्र डाँड़ामा हामी उहाँसँग हुँदा स्वर्गबाट आएको त्यो वाणी हामी आफैले सुनेका थियौं।”—२ पत्रुस १:१६-१८.
-