-
यहोवाको स्वर सुन्नुहोस्प्रहरीधरहरा (अध्ययन संस्करण)—२०१९ | मार्च
-
-
“तिमीहरूले उनको कुरा सुन”
७. मत्ति १७:१-५ अनुसार यहोवाले स्वर्गबाट कहिले बोल्नुभयो अनि उहाँले के भन्नुभयो?
७ मत्ति १७:१-५ पढ्नुहोस्। येसुको “रूप परिवर्तन” भएको बेला यहोवा दोस्रो पटक स्वर्गबाट बोल्नुभयो। येसुले पत्रुस, याकुब र युहन्नालाई आफूसितै अग्लो डाँडामा लैजानुभएको थियो। त्यहाँ तिनीहरूले अचम्मको दर्शन देखे। येसुको मुहार उज्यालो भयो र लुगा चहकिलो भयो। मोसा र एलियालाई चित्रण गर्ने दुई जना व्यक्ति येसुसित उहाँको मृत्यु र पुनर्जीवनको विषयमा कुरा गर्दै थिए। ती तीन जना प्रेषित “निद्राले लट्ठ भएका थिए” तर पूरै ब्युँझिएपछि तिनीहरूले त्यो आश्चर्यपूर्ण दर्शन देखे। (लुका ९:२९-३२) अनि चहकिलो बादलले तिनीहरूलाई ढाक्यो र तिनीहरूले बादलबाट एउटा आवाज आएको सुने। त्यो परमेश्वरको आवाज थियो! येसुले बप्तिस्मा गर्नुभएको बेला जस्तै यस पटक पनि यहोवाले आफ्नो छोरालाई अनुमोदन र माया व्यक्त गर्दै यसो भन्नुभयो: “यिनी मेरो प्यारो छोरा हुन्, जसलाई मैले स्विकारेको छु।” तर यसपालि यहोवाले यसो पनि भन्नुभयो: “तिमीहरूले उनको कुरा सुन।”
-
-
यहोवाको स्वर सुन्नुहोस्प्रहरीधरहरा (अध्ययन संस्करण)—२०१९ | मार्च
-
-
९. येसुले चेलाहरूलाई कस्ता व्यावहारिक सल्लाह दिनुभयो?
९ “तिमीहरूले उनको कुरा सुन।” यहोवा हामीले उहाँको छोराको कुरा सुनेको र त्यो पालन गरेको चाहनुहुन्छ भनेर उहाँले प्रस्ट पार्नुभयो। येसु पृथ्वीमा हुनुहुँदा उहाँले के बताउनुभयो? मानिसहरूले सुन्नुपर्ने थुप्रै महत्त्वपूर्ण कुराहरू बताउनुभयो! उदाहरणको लागि, उहाँले कसरी सुसमाचार प्रचार गर्ने भनेर चेलाहरूलाई सिकाउनुभयो। उहाँले तिनीहरूलाई जागा रहन पनि बारम्बार सम्झाउनुभयो। (मत्ति २४:४२; २८:१९, २०) साथै उहाँले तिनीहरूलाई भरमग्दुर कोसिस गर्न आग्रह गर्नुभयो अनि हरेस नखान प्रोत्साहन दिनुभयो। (लुका १३:२४) आफ्ना अनुयायीहरूले एकअर्कालाई प्रेम गर्नु, एकतामा रहनु र उहाँका आज्ञाहरू पालन गर्नु अत्यावश्यक छ भन्ने कुरामा उहाँले जोड दिनुभयो। (युह. १५:१०, १२, १३) येसुले आफ्ना चेलाहरूलाई दिनुभएका सल्लाहहरू साँच्चै कत्ति व्यावहारिक छन्! उहाँले ती सल्लाहहरू दिनुहुँदा ती जति उपयोगी थिए, आज पनि उत्तिकै उपयोगी छन्।
-