प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w91 १०/१ pp. ८-९
  • अरू सुधारात्मक सल्लाहहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अरू सुधारात्मक सल्लाहहरू
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९१
  • मिल्दोजुल्दो सामग्री
  • सुधारका निम्ति अझ केही सल्लाहहरू
    सबैभन्दा महान्‌ पुरुष
  • येसु प्रेषितहरूलाई अझ महत्त्वपूर्ण सल्लाह दिनुहुन्छ
    येसु—बाटो, सत्य र जीवन
  • आजसम्म दिइएको सबैभन्दा प्रसिद्ध उपदेश
    सबैभन्दा महान्‌ पुरुष
  • नुन—बहुमूल्य वस्तु
    ब्यूँझनुहोस्‌!—२००२
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९१
w91 १०/१ pp. ८-९

येशूको जीवन र सेवकाई

अरू सुधारात्मक सल्लाहहरू

कर्फनहुममा घरमै हुदाखेरी नै, प्रेरितहरू आपसमा को ठूलो हो भन्‍ने वहस भएको बाहेक अरू कुराको चर्चा भयो। उनीहरू कर्फनहुम तिर फर्किंदा यो घटनाको कुरा पनि भयो होला जब त्यसबेला येशू उपस्थित थिएन। प्रेरित यूहन्‍नाले भन्दछ: “एक जनाले तपाईंको नाउँमा भुतहरू निकालिरहेका हामीले देख्यौं, औ हामीले त्यसलाई मनाई गऱ्‍यौं, किनकि त्यो हाम्रो पछि लाग्दैन थियो।”

वास्तवमा यूहन्‍नाले प्रेरितहरू मात्र निको पार्नेहरूको दल हो भनि ठानेको थियो। यसकारण त्यस मान्छेले अनुचित रीतिले शक्‍तिशाली काम गरेको यूहन्‍नाले महसूस गऱ्‍यो किनभने त्यो उनीहरूको दलमा थिएन।

तापनि, येशूले सल्लाह दिए: “त्यसलाई मनाई नगर किनकि मेरो नाउँमा शक्‍तिको काम गर्नेले तुरून्तै मेरो बदख्वाई गर्न सक्ने छैन। किनकि जो हाम्रो विरूद्ध छैन, त्यो हाम्रो तर्फ छ। किनभने जसले तिमीहरू ख्रीष्टका हौ भनेर तिमीहरूलाई एक कचौरा पानी पिउन देला, म तिमीहरूलाई साँच्चै भन्दछु त्यसले कुनै किसिमले आफ्नो इनाम गुमाउने छैन।”

शारीरिक ढंगले येशूको पक्षमा भएर उहाँलाई पछ्याउन त्यो मान्छेलाई खाँचो थिएन। मसीह मंडली त्यस बेला खड़ा भएको थिएन त्यसकारण त्यो दलको नहुनाले त्यो व्यक्‍ति छुट्टै मंडलीको हो भन्‍ने अर्थ लाग्दैन। येशूको नाउँमा यस मान्छेको साँच्चै विश्‍वास थियो र भुत धपाउनुमा त्यो सफल भयो। आफ्नो इनाम गुमाउने छैन भनि येशूले भनेको कुराको तुलनामा त्यो मान्छेले केहि गरिरहेको थियो। त्यसो गरेको त्यस मान्छेले आफ्नो इनाम गुमाउने छैन भनि येशूले बुझाउँदछ।

तर प्रेरितहरूले गरेको कुरा अनि कामले गर्दा त्यस मान्छेलाई वाधा परेको भए के हुने थियो! यो धेरै गम्भीर कुरा हुने थियो। येशूले बुझाई देखायो: “तर जसले म माथि विश्‍वास गर्ने यी सानाहरू मध्ये एउटालाई वाधा देला त्यसको निम्तिता बरू ठूलो जाँतोको ढुङ्‌गा त्यसको घिच्रोमा झुन्डाएर समुद्रमा फालिदिनु उसको निम्ति बढ़िया हुंदो हो।”

येशूले भन्‍नु भयो कि एउटा हात, एउटा खुट्टा वा एउटा आँखा झैं उनीहरूको प्यारो वस्तुले उनीहरूलाई वाधा पुऱ्‍याए यी वस्तुहरूलाई उनीहरूको जीवनबाट हटाउन पर्दछ। यो प्यारो वस्तुमा लागी रहेर गेहेन्‍नामा(यरूशलेमको छेउमा जल्दै गरेको फोहोर कर्कटको थुप्रो) जसले अनन्त विनाश चिनाउँदछ यसमा फालिनु भन्दा यो प्यारो वस्तु विना नै परमेश्‍वरको राज्यमा प्रवेश गर्नु बढ़िया छ।

साथै येशूले चेताउँदछ: “हेर, तिमीहरूले यी सानाहरू मध्ये एउटालाई पनि हेला नगर। किनभने म तिमीहरूलाई भन्दछु स्वर्गमा तिनीहरूका दुतले मेरा स्वर्गका पिताको चेहेरा बराबर हेर्दछन्‌।” त्यस पश्‍चात उहाँले “सानाहरू” कत्ति बहुमुल्य छ भनि देखाउँदै एउटा मान्छेबारे उदाहरण दिंदछ जसले आफ्नो एक सय भेंडाहरूमा एउटा हराउँदछ। त्यो मान्छेले ९९ लाई छोडेर एउटा हराएकोलाई खोज्दछ, येशूले भन्‍नुभयो त्यो एउटालाई पाउँदा त्यो ९९ माथि भन्दा त्यो एउटामा बढ्‌ता रमाउने छ। “त्यसतै गरि” येशूले टुंग्याउँदै भन्‍नुहुन्छ “यी सानाहरू मध्ये एउटा पनि नष्ट नहोस्‌ भन्‍ने तिमीहरूका स्वर्गमा हुने पिताको इच्छा छ।”

हुन सक्छ उहाँको चेलाहरूको आपसमा भएको वहस येशूको मनमा थियो होला, र येशूले आग्रह गर्दछ: “आफू आफूमा नुन राख र आपसमा मिलिरहो।” अलिनु कुराहरूलाई नुनले स्वादिलो तुल्याउंदछ। तसर्थ, एउटाले भनेको कुरा लाक्षनिक नुनले गर्दा मानी लिनु सजिलो हुंदछ। यस्ता नुनले शान्ति कायम गर्न मद्दत दिंदछ।

तर मानव असिद्धताले गर्दा, कोई वेला गम्भीर झगडा हुंदछ। यस्ता झगडालाई मारमेट गर्नका लागि पनि येशूले नियमावली दिएका छन्‌। “तिम्रो भाइले तिम्रो विरूद्धमा पाप गऱ्‍यो भने, गएर तिमीहरू दुई मात्र हुंदा त्यसको दोष देखाई देउ। त्यसले तिम्रो कुरा सुन्यो भने, तिमीले तिम्रो भाइलाई आफ्नो गरायौ।” तर त्यसले सुनेन भने, येशूले सल्लाह दिंदछ: “आफ्नो साथ अरू एक दुईजनालाई लैजाउ र दुई तीन साक्षीको मुखबाट एक एक कुरा पक्का गर।”

आखिरी पर्दा मात्र, येशूले भने “मण्डली” कहां अर्थात मन्डलीका जिम्मेवार अध्यक्षकहाँ जस्ले न्यायिक निर्णय दिन सक्छ उनीहरूकहाँ कुरा पुऱ्‍याओ। तर दोषीले उनीहरूको निर्णयलाई सुन्‍न इन्कार गर्छ भने येशूले यसो भनि टुंग्याउँदछ: “त्यो तिम्रो लागि अन्यजाति र महसूल उठाउने सरह होस्‌।”

यस्ता निर्णय गर्नमा अध्यक्षहरूले यहोवाको वचनमा दिएका अर्ती अनुसार चल्नु आवश्‍यक छ। यसरी जब उनीहरूले एक जनालाई दोषी अनि सजाय पाउने लायक पाउँदछ त्यो न्यायको फैसला स्वर्गमा वांधिएको हुन्छ। अनि जब उनीहरूले “पृथ्वीमा फुकाउंदछ” अर्थात एउटालाई निर्दोष पाउंदछ यो “स्वर्गमा फुकाएको” हुनेछ। यसरी गरेको न्यायिक विर्मशमा, येशू भन्‍नु हुन्छ, “किनकि जहाँ दुई कि तीन जना मेरो नाउँमा भेला हुन्छन्‌, त्यहाँ म तिनीहरूका बीचमा हुन्छु।” मत्ती १८:६-२०; मर्कूस ९:३८-५०; लूका ९:४९, ५०

◆ येशूको दिनमा उहाँको साथ हिंडन किन आवश्‍यक थिएन?

◆ सानाहरूलाई वाधामा पार्नु कत्ति गम्भीर कुरा हो, अनि यी सानाहहरूको महत्वलाई येशूले कसरी उदाहरणमा देखाए?

◆ प्रेरितहरू आपसमा नुन हुन पर्छ भनि येशूले दिएको प्रोत्साहनको कारण शायद केले गर्दा होला?

◆ “वांधिएको” अनि “फुकाइएको” अर्थ के हो? (w88 2/15)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने