प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • “एउटाले अर्कोलाई क्षमा गर”
    प्रहरीधरहरा—१९९७ | डिसेम्बर १
    • १. (क) पत्रुसले अरूलाई “सातपल्टसम्म” क्षमा दिने सुझाउ दिंदा तिनलाई आफू असाध्यै ठूलो मनको भएँजस्तो किन लागेको हुनुपर्छ? (ख) हामीले “सात गुणा सत्तरीपल्टसम्म” क्षमा गर्नुपर्छ भनेर येशूले के भन्‍न खोज्दै हुनुहुन्थ्यो?

      “हे प्रभु, मेरो भाइले मेरो विरुद्धमा कति पल्टसम्म पाप गरे म त्यसलाई क्षमा गरुँ? के सात पल्टसम्म?” (मत्ती १८:२१) यस्तो सुझाउ दिंदा पत्रुसलाई आफू असाध्यै ठूलो मनको भएँजस्तो लागेको हुनुपर्छ। त्यतिबेला रब्बीहरूको परम्पराअनुसार एउटै दोषको लागि तीन चोटिभन्दा बढी क्षमा दिन मिल्दैनथियो।a येशूले यस्तो जवाफ दिनुहुँदा पत्रुस कत्तिको छक्क परे होलान्‌, कल्पना गर्नुहोस्‌ त: “म तिमीलाई सात पल्टसम्म भन्दिनँ, तर सात गुणा सत्तरीपल्टसम्म”! (मत्ती १८:२२) सात गुणा सत्तरी भनेको “असंख्य चोटि” भन्‍नु बराबर थियो। येशूको दृष्टिकोणमा मसीहीले अरूलाई यति नै पटक क्षमा दिनुपर्छ भन्‍ने कुनै सीमा छैन।

  • “एउटाले अर्कोलाई क्षमा गर”
    प्रहरीधरहरा—१९९७ | डिसेम्बर १
    • a बेबिलोनी ताल्मुदअनुसार रब्बीहरूको एउटा परम्परा यस्तो थियो: “कसैले भूल गरेमा पहिलो, दोस्रो र तेस्रो चोटिसम्म क्षमा दिन सकिन्छ तर चौथो पटक त कुनै हालतमा क्षमा हुँदैन।” (योमा 86 b) यस्तो अर्थ लगाउनुको केही कारण त आमोस १:३, २:६ र अय्यूब ३३:२९ जस्ता पदहरूको अर्थ बुझ्न नसक्नु पनि हो।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने