-
अङ्गुर बगानका खेतालाहरूको उदाहरणयेसु—बाटो, सत्य र जीवन
-
-
“स्वर्गको राज्य अङ्गुर बगानको मालिकजस्तै हो, जो ज्यालादारी खेतालाहरू खोज्न बिहान सबेरै निस्क्यो। अनि उसले एक दिनको ज्याला एक दिनार दिने कबुल गरेर खेतालाहरूलाई अङ्गुर बगानमा पठायो। तेस्रो घडीतिर बाहिर जाँदा उसले केही खेतालाहरू काम नपाएर बजारमा त्यत्तिकै उभिरहेको देख्यो। अनि उसले तिनीहरूलाई भन्यो: ‘तिमीहरू पनि मेरो अङ्गुर बगानमा जाओ र म तिमीहरूलाई त्यसको उचित ज्याला दिऊँला।’ त्यसैले तिनीहरू गए। ऊ फेरि छैटौँ घडीतिर र नवौँ घडीतिर बाहिर गयो र त्यसै गऱ्यो। अन्तमा, ऊ एघारौँ घडीतिर फेरि गयो र केही खेतालाहरू उभिरहेका देख्यो र उसले तिनीहरूलाई सोध्यो: ‘तिमीहरू किन दिनभरि काम नगरेर त्यत्तिकै उभिरहेका छौ?’ तिनीहरूले उसलाई भने: ‘किनभने कसैले पनि हामीलाई काममा लगाएन।’ अनि उसले तिनीहरूलाई भन्यो: ‘त्यसोभए तिमीहरू पनि मेरो अङ्गुर बगानमा जाओ।’”—मत्ति २०:१-७.

पुजारीहरू र अरू धर्मगुरुहरू सर्वसाधारण यहुदीहरूलाई अङ्गुर बगानमा केही घण्टा मात्र काम गर्ने खेतालाहरूको रूपमा हेर्छन्। तिनीहरूको विचारमा यी मानिसहरूले परमेश्वरको सेवामा थोरै मात्र गरिरहेका छन्। यिनीहरू येसुको उदाहरणका ती खेतालाहरूजस्ता छन्, जसलाई “तेस्रो घडीतिर” (बिहान नौ बजे) वा अझै ढिला, जस्तै छैटौँ घडीतिर, नवौँ घडीतिर अथवा सबैभन्दा अन्तमा एघारौँ घडीतिर (साँझ पाँच बजे) काममा लगाइन्छ।
येसुको पछि लागेका पुरुष र स्त्रीहरूलाई “श्रापित” मानिसहरूको रूपमा हेरिन्छ। (युहन्ना ७:४९) यिनीहरूले आफ्नो जीवनको धेरैजसो समय माछा मार्ने काम वा ज्यालादारी काम गरेर बिताएका छन्। इस्वी संवत् २९ को शरद् ऋतुमा “अङ्गुर बगानको मालिक”-ले यस्ता तुच्छ ठानिएका मानिसहरूलाई बोलाउन येसुलाई पठाउनुभयो। यिनीहरूले ख्रिष्टको चेलाको रूपमा परमेश्वरको लागि काम गर्नेथिए। येसुले उल्लेख गर्नुभएको “पछिल्ला”-हरू अर्थात् अङ्गुर बगानमा एघारौँ घडीमा काममा लगाइएकाहरू यिनीहरू नै हुन्।
-