-
के गरेदेखि वास्तवमा आनन्दित भइन्छ?प्रहरीधरहरा—२००४ | सेप्टेम्बर १
-
-
यद्यपि, धार्मिकताको निम्ति भोकाउने र तिर्खाउने व्यक्तिहरू अथवा शोक गर्नेहरू कसरी आनन्दित कहलाइन सक्छन् जस्तो हामीलाई लाग्न सक्छ। यस्ता व्यक्तिहरूले संसारप्रति व्यावहारिक दृष्टिकोण राखेका हुन्छन्। तिनीहरू आज भइरहेको ‘घिनलाग्दा कामहरू देखेर शोक र विलाप गर्छन्।’ (इजकिएल ९:४) यति गर्दैमा तिनीहरू आनन्दित हुँदैनन्। तर पृथ्वीमा धार्मिक अवस्था ल्याउने तथा थिचोमिचोमा परेकाहरूलाई न्याय दिलाउने परमेश्वरको उद्देश्यबारे जब तिनीहरूले थाह पाउँछन्, तिनीहरूको खुसीको सीमा रहँदैन।—यशैया ११:४.
-
-
के गरेदेखि वास्तवमा आनन्दित भइन्छ?प्रहरीधरहरा—२००४ | सेप्टेम्बर १
-
-
शोक गर्ने, धार्मिकताका निम्ति भोकाउनेहरू र आफ्ना आध्यात्मिक आवश्यकताप्रति सजग व्यक्तिहरू सृष्टिकर्तासित असल सम्बन्ध राख्नुपर्ने महत्त्वप्रति सचेत हुन्छन्। मानिसहरूसितको असल सम्बन्धले आनन्दित हुन मदत त गर्छ तर परमेश्वरसितको असल सम्बन्धले त्योभन्दा अझै बढी गर्छ। हो, जे ठीक छ, त्यो गर्न मरिमेट्ने अनि ईश्वरीय डोऱ्याइ स्वीकार्न इच्छुक व्यक्तिलाई साँचो अर्थमा आनन्दित भन्न सकिन्छ।
-