प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • जसरी यहोवा र येशू एकतामा हुनुहुन्छ, त्यसैगरि हामी पनि एकतामा होऔँ
    प्रहरीधरहरा (अध्ययन संस्करण)—२०१८ | जून
    • पूर्वाग्रहलाई प्रेम र नम्रताले जित्ने

      ८. ख्रीष्टियन एकताको आधार के हो? व्याख्या गर्नुहोस्‌।

      ८ येशूले आफ्ना चेलाहरूलाई यसो भन्‍नुभयो, ‘तिमीहरू सबै दाजुभाइ हौ।’ (मत्ती २३:८, ९ पढ्‌नुहोस्‌) उहाँले बताउनुभएको यो सिद्धान्त नै हाम्रो एकताको आधार हो। हुनत हामी सबै आदमका सन्तान भएकोले एक अर्थमा “दाजुभाइ” हौँ। (प्रेषि. १७:२६) तर येशूले भन्‍न खोज्नुभएको त्यति मात्र थिएन। येशूका चेलाहरूले यहोवालाई स्वर्गमा हुनुहुने आफ्नो बुबा भनी स्विकारेकोले तिनीहरू दाजुभाइ दिदीबहिनी हुन्‌ भनेर उहाँले बताउनुभएको थियो। (मत्ती १२:५०) त्यसका साथै, तिनीहरू एउटा ठूलो आध्यात्मिक परिवारको भाग बनेका थिए, जुन प्रेम र विश्‍वासले गर्दा एकतामा बाँधिएको थियो। त्यसैले येशूका प्रेषितहरूले अरू ख्रीष्टियनहरूलाई पत्र लेख्दा अक्सर भाइहरू र बहिनीहरू दुवैलाई सम्बोधन गर्दै लेखे।—रोमी १:१३; १ पत्रु. २:१७; १ यूह. ३:१३.a

  • जसरी यहोवा र येशू एकतामा हुनुहुन्छ, त्यसैगरि हामी पनि एकतामा होऔँ
    प्रहरीधरहरा (अध्ययन संस्करण)—२०१८ | जून
    • a बाइबलमा प्रयोग गरिएको “भाइहरू” भन्‍ने शब्दले मण्डलीका स्त्रीहरूलाई पनि समावेश गर्न सक्छ। पावलले रोमीहरूलाई लेखेको पत्र “भाइहरू”-लाई सम्बोधन गरेर लेखेको भए तापनि त्यसमा बहिनीहरू पनि समावेश थिए भन्‍ने कुरा स्पष्ट छ किनकि तिनले केही बहिनीहरूको नाम पनि उल्लेख गरे। (रोमी १६: ३, ६, १२) प्रहरीधरहरा पत्रिकाले पनि वर्षौँदेखि सङ्‌गी ख्रीष्टियनहरूलाई ‘भाइबहिनी’ भनेर सम्बोधन गर्दै आएको छ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने