प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • “दुष्ट पुस्ता[बाट]” जोगाइएका
    प्रहरीधरहरा—१९९५ | नोभेम्बर १
    • ११. (क) ही जीनिया हट शब्द प्रयोग गर्ने सम्बन्ध कुन प्रमाणिक स्रोतलाई ध्यानमा राख्नुपर्छ? (ख) यो स्रोतले कसरी उपरोक्‍त शब्द चलाए?

      ११ निस्सन्देह, यस विषयमा अध्ययन गर्ने मसीहीहरूले सुसमाचार पुस्तकका प्रेरित लेखकहरूले येशूका शब्दहरू उल्लेख गर्दा युनानी शब्द, ही जीनिया हट अथवा “यो पुस्ता” कसरी चलाए, त्यसलाई राम्ररी मनमा राख्नेछन्‌। तिनीहरूले उपरोक्‍त शब्द एकरूपतासाथ नकारात्मक ढंगमा चलाए। त्यसैकारण, येशूले यहूदी धार्मिक नेताहरूलाई “सर्पहरू, साँबे सर्पका बच्चा” भनी सम्बोधन गर्दै “यसै पुस्तामाथि” गेहेन्‍नाको आगो आइपर्नेछ भन्‍नुभयो। (मत्ती २३:३३, ३६) तथापि, के यो न्याय ढोंगी धर्मगुरुमाथि मात्र आउने थियो त? अहँ, कदापि थिएन। विभिन्‍न अवसरमा येशूले एकरूपतासाथ विस्तृत अर्थ लाग्नेगरि “यो पुस्ता” शब्द चलाउनुभएको चेलाहरूले सुनेका थिए। त्यसको विस्तृत अर्थ के थियो त?

  • “दुष्ट पुस्ता[बाट]” जोगाइएका
    प्रहरीधरहरा—१९९५ | नोभेम्बर १
    • १३. आफ्ना चेलाहरूको उपस्थितिमा येशूले कसलाई “यो दुष्ट पुस्ता” भनेर चिनाउनुका साथै निन्दा गर्नुभयो?

      १३ पछि सा.यु. ३१ मा येशू तथा उहाँका चेलाहरू दोस्रो पटक गालिल क्षेत्रमा प्रचार गर्न जानुहुँदा “शास्त्रीहरू र फरिसीहरूमध्ये कुनै कुनैले” येशूसित चिन्ह मागे। तर उहाँले त्यहाँ उपस्थित “भीड़” र ती शास्त्री तथा फरिसीहरूलाई यसो भन्‍नुभयो: “दुष्ट र व्यभिचारी पुस्ताले चिन्ह खोज्दछ। औ त्यसलाई योना अगमवक्‍ताको चिन्हबाहेक अरू चिन्ह दिइनेछैन। किनकि जसरी योना ठूलो माछाको पेटभित्र तीन दिन र तीन रात थियो, उसरीनै मानिसको पुत्र पनि पृथ्वीको पेटभित्र तीन दिन र तीन रात रहनेछ। . . . यस दुष्ट पुस्तालाई पनि यसैनै हुनेछ।” (मत्ती १२:३८-४६) निस्सन्देह, “यस दुष्ट पुस्ता[मा]” येशूको मृत्यु अनि पुनरुत्थानद्वारा पूर्ति भएको चिन्ह नबुझ्ने धार्मिक नेताहरू तथा “भीड़” समावेश छन्‌।d

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने