-
अहिले कसले सुसमाचार सुनाइरहेका छन्?सधैँभरि जीवनको आनन्द उठाउनुहोस्!—बाइबल अध्ययन सामग्री
-
-
पाठ २१
अहिले कसले सुसमाचार सुनाइरहेका छन्?
यहोवाले आफ्नो राज्यमार्फत चाँडै हाम्रा सबै समस्या हटाउनुहुनेछ। योभन्दा राम्रो समाचार अरू हुनै सक्दैन। त्यसैले हामी अरूलाई पनि यसबारे बताउन चाहन्छौँ। येसु आफ्ना चेलाहरूले यो राम्रो समाचार सबैलाई सुनाएको चाहनुहुन्थ्यो। (मत्ति २८:१९, २०) यहोवाका साक्षीहरूले येसुको यो आज्ञा कसरी पालन गर्छन्?
१. अहिले मत्ति २४:१४ कसरी पूरा भइरहेको छ?
येसुले यस्तो भविष्यवाणी गर्नुभयो: “राज्यको यो सुसमाचार सारा पृथ्वीभरि प्रचार गरिनेछ।” (मत्ति २४:१४) यस महत्त्वपूर्ण काममा भाग लिन पाउँदा यहोवाका साक्षीहरू खुसी छन्। हामीले सारा संसारभरि १ हजारभन्दा धेरै भाषामा सुसमाचार सुनाइरहेका छौँ। यो विश्वव्यापी कार्य गर्न निकै मेहनत गर्नुका साथै सुव्यवस्थित हुनु आवश्यक छ। यहोवाको मदतविना यो काम पूरा गर्न असम्भव छ।
२. मानिसहरूलाई सुसमाचार सुनाउन हामी कस्तो प्रयास गर्छौँ?
हामी मानिसहरूलाई भेट्न सकिने जुनसुकै ठाउँमा सुसमाचार सुनाउँछौँ। हामी प्रथम शताब्दीका ख्रिष्टियनहरूजस्तै “घरघरमा गएर” सुनाउँछौँ। (प्रेषित ५:४२) यस्तो व्यवस्थित तरिकामा काम गर्दा हामी वर्षेनी लाखौँ मानिसलाई सुसमाचार सुनाउन सकिरहेका छौँ। मानिसहरूलाई सधैँ घरमा भेट्न सकिँदैन। त्यसैले हामी थुप्रै सार्वजनिक स्थानमा पनि सुसमाचार सुनाउँछौँ। हामी अरूलाई यहोवा र उहाँको उद्देश्यबारे बताउन सधैँ मौका खोजिरहन्छौँ।
३. अरूलाई सुसमाचार सुनाउने जिम्मेवारी कसको हो?
अरूलाई सुसमाचार सुनाउने जिम्मेवारी सबै साँचो ख्रिष्टियनको हो। हामी यो जिम्मेवारी गम्भीरतासाथ पूरा गर्छौँ। आफ्नो परिस्थितिले साथ दिएसम्म हामी अरूलाई सुसमाचार सुनाउन प्रयास गरिरहन्छौँ किनभने यसले तिनीहरूको जीवन बचाउन सक्छ भनेर हामीलाई थाह छ। (१ तिमोथि ४:१६ पढ्नुहोस्।) यो काम गरेबापत हामी पैसा पाउँदैनौँ किनभने बाइबलले भन्छ: “तिमीहरूले सित्तैँमा पायौ, सित्तैँमा देओ।” (मत्ति १०:७, ८) सबै मानिसले हाम्रो सन्देश स्विकार्दैनन्। तैपनि हामी सुसमाचार सुनाइरहन्छौँ किनभने यो हामीले चढाउने उपासनाको भाग हो र यसो गर्दा यहोवा खुसी हुनुहुन्छ।
अझ खोतल्नुहोस्
यहोवाका साक्षीहरूले संसारभरि सुसमाचार सुनाउन कस्तो प्रयास गरिरहेका छन्, थाह पाउनुहोस्। साथै यहोवाले हामीलाई कसरी मदत गर्नुहुन्छ, बुझ्नुहोस्।
संसारभरि सुसमाचार सुनाउँदै: (क) कोस्टा रिका (ख) अमेरिका (ग) बेनिन (घ) थाइल्याण्ड (ङ) याप (च) स्वीडेन
४. हामी सबै मानिसलाई भेट्न सक्दो प्रयास गर्छौँ
यहोवाका साक्षीहरू सबै ठाउँका मानिसहरूलाई सुसमाचार सुनाउन विशेष प्रयास गर्छन्। भिडियो हेर्नुहोस् अनि तल दिइएको प्रश्न छलफल गर्नुहोस्:
यहोवाका साक्षीहरूले सुसमाचार सुनाउन गरेको प्रयास तपाईँलाई किन विशेष लाग्यो?
मत्ति २२:३९ र रोमी १०:१३-१५ पढ्नुहोस् अनि यी प्रश्नहरू छलफल गर्नुहोस्:
हामीले सुसमाचार सुनाउँदा छिमेकीहरूलाई प्रेम गरेको कसरी देखाइरहेका हुन्छौँ?
सुसमाचार सुनाउने मानिसहरू यहोवालाई कस्तो लाग्छ?—पद १५ हेर्नुहोस्।
५. हामी परमेश्वरका सहकर्मीहरू हौँ
यहोवाले नै हाम्रो कामलाई डोऱ्याइरहनुभएको छ भनेर थुप्रै अनुभवले देखाउँछ। उदाहरणको लागि, न्युजिल्यान्डमा पल नाम गरेका एक जना भाइले दिउँसोतिर घरघरमा गएर सुसमाचार सुनाउँदा एउटी स्त्रीलाई भेटे। त्यस स्त्रीले त्यही दिन बिहान यहोवाको नामै पुकारेर प्रार्थना गरेकी रहेछिन्। तिनले आफूलाई भेट्न कोही आओस् भनेर बिन्ती गरेकी रहेछिन्। पल भन्छन्, “त्यसको तीन घण्टापछि म तिनको घरमा पुगेँ।”
पहिलो कोरिन्थी ३:९ पढ्नुहोस् अनि यो प्रश्न छलफल गर्नुहोस्:
यहोवाले सुसमाचार सुनाउने कामलाई डोऱ्याउँदै हुनुहुन्छ भनेर न्युजिल्यान्डका भाइको जस्तै अनुभवहरूले कसरी देखाउँछन्?
प्रेषित १:८ पढ्नुहोस् अनि यो प्रश्न छलफल गर्नुहोस्:
साक्षी दिने काम पूरा गर्न हामीलाई किन यहोवाको मदत चाहिन्छ?
के तपाईँलाई थाह थियो?
हरेक हप्ता हुने मध्यहप्ताको सभामा हामी अरूलाई कसरी सुसमाचार सुनाउने भनेर तालिम पाउँछौँ। तपाईँ यस सभामा उपस्थित हुनुभएको छ भने त्यहाँ दिइने तालिम तपाईँलाई कस्तो लाग्यो?
६. सुसमाचार सुनाउनू भन्ने परमेश्वरको आज्ञा हामी पालन गर्छौँ
प्रथम शताब्दीमा विरोधीहरूले येसुका चेलाहरूलाई सुसमाचार सुनाउनदेखि रोक्न खोजे। सुरुसुरुका ख्रिष्टियनहरूले सुसमाचार सुनाउने आफ्नो अधिकारलाई “कानुनी तवरमा स्थापना” गरे। (फिलिप्पी १:७) आज यहोवाका साक्षीहरू पनि त्यसै गर्छन्।a
प्रेषित ५:२७-४२ पढ्नुहोस् अनि यो प्रश्न छलफल गर्नुहोस्:
कसै-कसैले सोध्लान्: “यहोवाका साक्षीहरू किन घरघरमा गएर सुसमाचार सुनाउँछन्?”
तपाईँ कस्तो जवाफ दिनुहुन्छ?
सारांश
येसुले आफ्ना चेलाहरूलाई सबै जातिका मानिसहरूलाई साक्षी दिनू भन्ने आज्ञा दिनुभयो। यो काम गर्न यहोवाले आफ्ना सेवकहरूलाई मदत गरिरहनुभएको छ।
तपाईँले के सिक्नुभयो?
अहिले कसले सुसमाचार सुनाइरहेका छन्?
हामीले सुसमाचार सुनाउँदा छिमेकीहरूलाई प्रेम गरेको कसरी देखाइरहेका हुन्छौँ?
के तपाईँलाई सुसमाचार सुनाउँदा खुसी हुन सकिन्छ जस्तो लाग्छ? किन?
अझ धेरै जान्नुहोस्
यहोवाका साक्षीहरूले ठूला सहरहरूमा कसरी सुसमाचार सुनाउँछन्, हेर्नुहोस्।
यहोवाका साक्षीहरूले शरणार्थीहरूलाई मदत गर्न के गरेका छन्?
पूर्ण-समय सेवामा लाग्दा एक जना स्त्रीले कस्तो सन्तुष्टि पाउन सकिन्? तिनको अनुभव सुन्नुहोस्।
सुसमाचार सुनाउन मदत गरेका केही उल्लेखनीय कानुनी विजयबारे थाह पाउनुहोस्।
“राज्य प्रचारकहरूले हासिल गरेका कानुनी विजय” (परमेश्वरको राज्यले शासन गर्दै छ!, अध्याय १३)
a सुसमाचार सुनाउनू भन्ने आज्ञा परमेश्वरले दिनुभएको हो। त्यसैले सुसमाचार सुनाउन यहोवाका साक्षीहरूलाई मानव अख्तियारवालाहरूको अनुमति चाहिँदैन।
-
-
परमेश्वरको राज्यले अहिले शासन गर्दै छ!सधैँभरि जीवनको आनन्द उठाउनुहोस्!—बाइबल अध्ययन सामग्री
-
-
५. इस्वी संवत् १९१४ देखि संसार परिवर्तन भएको छ
येसुले आफू राजा भएपछि संसारको अवस्थामा आउने परिवर्तनबारे भविष्यवाणी गर्नुभयो। लुका २१:९-११ पढ्नुहोस् अनि यो प्रश्न छलफल गर्नुहोस्:
तपाईँले यीमध्ये कुन-कुन कुरा देख्नुभएको वा सुन्नुभएको छ?
प्रेषित पावलले मानव शासनको अन्तको दिनका मानिसहरूको स्वभावबारे बताए। दोस्रो तिमोथि ३:१-५ पढ्नुहोस् अनि यो प्रश्न छलफल गर्नुहोस्:
यहाँ उल्लेख गरिएकामध्ये कुन-कुन दुर्गुण तपाईँले अहिलेका मानिसहरूमा याद गर्नुभएको छ?
६. परमेश्वरको राज्यले अहिले शासन गर्दै छ भन्ने कुरामा विश्वास गरेको देखाउनुहोस्
मत्ति २४:३, १४ पढ्नुहोस् अनि यी प्रश्नहरू छलफल गर्नुहोस्:
परमेश्वरको राज्यले अहिले शासन गर्दै छ भनेर कुन महत्त्वपूर्ण कामले देखाउँछ?
तपाईँ यस काममा कसरी भाग लिन सक्नुहुन्छ?
परमेश्वरको राज्यले अहिले शासन गर्दै छ र यसले पूरै पृथ्वीमाथि शासन गर्ने दिन नजिकै छ। हिब्रू १०:२४, २५ पढ्नुहोस् अनि यो प्रश्न छलफल गर्नुहोस्:
हामीले त्यो “दिन जति-जति नजिक हुँदै गइरहेको देख्छौँ, झन् बढी” के गर्नुपर्छ?
यदि तपाईँले सिकेको कुराले अरूलाई मदत गर्न र तिनीहरूको ज्यान जोगाउन सक्छ भने तपाईँ के गर्नुहुन्छ?
-