-
ख्रीष्टको उपस्थितिमा प्रकाश पार्नुसन् १९९३ को अंग्रेजी प्रहरीधरहरा-बाट अध्ययन लेखहरू
-
-
८, ९. (क) येशूको राजकीय उपस्थितिमा के कुरा विथोलित छ? (ख) झूठा ख्रीष्टको सन्दर्भमा येशूले गर्नु भएको भविष्यवाणीले उहाँको उपस्थितिको तरिका र ठाउँको विषयमा के सङ्केत गर्छ?
८ येशूको राज्यसत्ता, सम्पूर्ण पृथ्वीमा आउने हुँदा, साँचो उपासना सबै महादेशहरूमा फैलिंदैछ। उहाँको राजकीय उपस्थिति (पारुसिया) विश्व निरिक्षणको समय हो। (१ पत्रुस २:१२) तर येशूलाई सम्पर्क गर्न त्यस्तो कुनै मुख्य शहर वा केन्द्र छ? यसको जवाफमा येशूले उहाँको उपस्थितिको प्रतिक्षामा झूठा ख्रीष्टहरू निस्कने छन् भनी भविष्यवाणी गर्नुभयो। उहाँले चेताउनु भयो: “तिनीहरूले तिमीहरूलाई ‘हेर उनी वनमा छन्,’ भनी भन्छन् भने निस्केर नजाओ ‘हेर उनी भित्रका कोठाहरूमा छन्,’ भने पनि नपत्याओ। किनकि जसरी बिजुली पूर्वबाट चम्कँदा पश्चिममा देखिन्छ, उसरीनै मानिसको पुत्रको आगमन पनि हुनेछ।”—मत्ती २४:२४, २६, २७.
-
-
ख्रीष्टको उपस्थितिमा प्रकाश पार्नुसन् १९९३ को अंग्रेजी प्रहरीधरहरा-बाट अध्ययन लेखहरू
-
-
१०. विश्वव्यापी तवरमा बाइबलका सत्यहरू कसरी चम्किरहेका छन्?
१० यसको विपरीत, आफ्नो शाही उपस्थितिको सुरुमा येशू राजा भएर आउनु भएकोमा लुकाउनु पर्ने कुनै कुरा हुने छैन। येशूले बताउनु भए जस्तै, विश्वव्यापी ढंगमा बाइबलका सत्यका विजुलीहरू पूर्व देखि पश्चिम सम्म चम्किरहेको छ। साँचै नै, आधुनिक ज्योति वाहकको हैसियतमा यहोवाका साक्षीहरू “पृथ्वीको पल्लो छेउसम्म [यहोवाको] उद्धार पुगोस् भनी अन्यजातिहरूकहाँ एउटा ज्योति” साबित भएका छन्।—यशैया ४९:६.
-