-
न्याय आसनसामु तपाईंको अवस्था कस्तो हुनेछ?प्रहरीधरहरा—१९९५ | अक्टोबर १५
-
-
२०, २१. हाम्रो समयसित सम्बन्धित कुन प्रश्न येशूका प्रेरितहरूले सोधे?
२० येशू मर्नुभन्दा केही समयअघि उहाँका प्रेरितहरूले सोधे: “हामीलाई भन्नुहोस्, यो कुरा कहिले हुनेछन्, र तपाईंको आगमन र जगत्को अन्तको चिन्ह के हुनेछ?” (मत्ती २४:३) ‘अन्त आउनुअघि’ हुने उल्लेखनीय घटनाहरूबारे येशूले भविष्यवाणी गर्नुभयो। त्यस अन्तको अलिक समयअघि राष्ट्रहरूले “मानिसको पुत्रलाई आकाशका बादलहरूमा शक्ति र ठूलो महिमासित आउँदैगरेको देख्नेछन्।”—मत्ती २४:१४, २९, ३०.
२१ तर, मानिसको पुत्र महिमासित आउँदा ती राष्ट्रहरूका मानिसहरूको अवस्था कस्तो हुनेछ? आउनुहोस्, भेडा र बाख्राहरूको उखानबाट यसलाई बुझौं। त्यस उखानको सुरुका शब्दहरू यसप्रकार छन्: “जब मानिसको पुत्र स्वर्गदूतहरूसमेत आफ्नो महिमामा आउला, तब आफ्नो महिमाको सिंहासनमा बस्नेछ। औ उसको सामु सबै देशका मानिसहरू जम्मा हुनेछन्।”—मत्ती २५:३१, ३२.
२२, २३. भेडा र बाख्राको उखानको पूर्ति सन् १९१४ देखि सुरु भएन भनी कुन बुँदाहरूले औंल्याउँछ?
२२ हामीले पहिलेदेखि बुझ्दै आएअनुसार के यस उखानले सन् १९१४ मा येशूले राजकीय शक्ति लिएर बस्नुभएको समयलाई बुझाउन खोजेको हो? वास्तवमा, मत्ती २५:३४ ले उहाँलाई राजा भनी अवश्य भनेको छ। अतः, सन् १९१४ मा येशू राजा हुनुभएदेखि यस उखान लागू हुन्छ भन्नु तर्कसंगत देखिन्छ। तर उहाँले तत्पश्चात् तुरुन्तै कस्तो न्याय गर्नुभयो? उहाँले “सबै देश[को]” न्याय गर्नुभएन। बरु, उहाँले “परमेश्वरकै परिवार” भनौंदाहरूतर्फ ध्यान केन्द्रित गर्नुभयो। (१ पत्रुस ४:१७) मलाकी ३:१-३ अनुरूप यहोवाको सन्देशवाहकको हैसियतमा येशूले पृथ्वीका शेष अभिषिक्त मसीहीहरूको न्यायिक निरीक्षण गर्नुभयो। यो मसीहजगतमाथि न्यायदण्डको समय पनि थियो, जसले आफूलाई “परमेश्वरकै परिवार” भन्ने झूटो दाबी गरेका थिए।c (प्रकाश १७:१, २; १८:४-८) यद्यपि, त्यतिबेला अर्थात् सन् १९१४ देखि येशूले सबै देशका मानिसहरूलाई भेडा र बाख्रा भनी न्याय गर्न थाल्नुभयो भन्ने कुनै संकेत पाइँदैन।
२३ त्यस उखानमा येशूको क्रियाकलापलाई केलायौं भने उहाँले अन्ततः सबै देशलाई न्याय गरिरहनुभएको देख्छौं। गत दशकहरूमा मरेका सबै मानिसहरूको अनन्त मृत्यु वा अनन्त जीवनको लागि न्याय गरिएझैं अर्थ लाग्ने त्यो न्याय निकै वर्षसम्म चालू भइरहनेछ भनी त्यस उखानले देखाउँदैन। हालैका दशकहरूमा मरेका अधिकांश व्यक्तिहरू सार्वजनिक चिहानमा छन् जस्तो देखिन्छ। (प्रकाश ६:८; २०:१३) तर, त्यस उखानले “सबै देशका” मानिसहरूलाई येशूले न्याय गर्नुहुने समयको चित्रण गर्छ जुन बेला तिनीहरू जीवित र उहाँको न्यायदण्ड पर्खिरहेका हुनेछन्।
२४. भेडा र बाख्राको उखान कहिले पूरा हुनेछ?
२४ अर्को शब्दमा भन्ने हो भने, त्यस उखानले भविष्यमा मानिसको पुत्र महिमासित आउने समयलाई इंगित गर्छ। त्यतिबेला जीवित मानिसहरूको न्याय गर्न उहाँ सिंहासनमा बस्नुहुनेछ। तिनीहरू वास्तवमा जस्ता छन् त्यसैको आधारमा उहाँले न्याय गर्नुहुनेछ। त्यतिखेर “धर्मी र दुष्टबीचको भिन्नता” स्पष्ट भइसकेको हुनेछ। (मलाकी ३:१८) सीमित समयभित्र न्याय घोषणा गरेर न्याय गरिनेछ। त्यसपछि व्यक्तिविशेषबारे प्रमाणित भइसकेका तथ्यहरूको आधारमा येशूले सही निर्णयहरू गर्नुहुनेछ।—२ कोरिन्थी ५:१० पनि हेर्नुहोस्।
२५. मत्ती २५:३१ मा मानिसको पुत्र महिमित सिंहासनमा बसिरहेको देख्नुको आशय के हो?
२५ त्यसोभए, यसको अर्थ, मत्ती २५:३१ मा उल्लेख गरेअनुसार येशू ‘महिमाको सिंहासनमा बस्नु’ भनेको भविष्यमा हुने घटना हो। त्यतिबेला यस शक्तिशाली राजाले सबै देशहरूमाथि न्यायको घोषणा तथा त्यसलाई कार्यान्वयन गर्न सिंहासनमा बस्नुहुनेछ। हो, मत्ती २५:३१-३३, ४६ मा येशूले गर्नुहुने न्यायको दृश्यलाई दानियल अध्याय ७ को दृश्यसित दाँज्न सकिन्छ। त्यस दृश्यमा शासनारूढ राजा अर्थात् अति वृद्धि व्यक्ति सिंहासनमा बस्नुभएर न्यायकर्ताको भूमिका निर्वाह गर्न थाल्नुभयो।
२६. यो उखानको कुन नयाँ स्पष्टिकरण प्रष्ट भयो?
२६ भेडा र बाख्राको उखानको यो अर्थले भेडा र बाख्राको न्याय भविष्यमा हुनेछ भनेर संकेत गर्छ। मत्ती २४:२९, ३० मा उल्लिखित “संकष्ट[को]” सुरुआत र मानिसको पुत्र ‘महिमासित आएपछि’ यो न्याय हुनेछ। (मर्कूस १३:२४-२६ तुलना गर्नुहोस्।) त्यसपछि, सम्पूर्ण दुष्ट रीतिरिवाज अन्तको संघारमा पुगेपछि येशूले सबैलाई भेला गर्नुभएर न्याय गर्नुहुनेछ।—यूहन्ना ५:३०; २ थिस्सलोनिकी १:७-१०.
-
-
भेडा र बाख्राहरूसामु कस्तो भविष्य छ?प्रहरीधरहरा—१९९५ | अक्टोबर १५
-
-
३. येशूले आफ्नो वक्तव्यमा महा संकष्ट सुरु भएको तुरुन्तपछि के हुनेछ भन्नुभयो?
३ महा संकष्टको “तुरुन्त पछि” हुने उल्लेखनीय घटनाहरूबारे येशूले भविष्यवाणी गर्नुभयो। ती घटनाहरूको हामी प्रतिक्षा गर्छौं। उहाँले भन्नुभएअनुसार, त्यतिबेला “मानिसको पुत्रको चिन्ह” देखापर्नेछ। यसले “मानिसको पुत्रलाई आकाशका बादलहरूमा शक्ति र ठूलो महिमासित आउँदैगरेको” देख्ने “पृथ्वीका सब जातिहरू[लाई]” निकै असर गर्नेछ। मानिसको पुत्रको साथमा “स्वर्गदूतहरू” हुनेछन्। (मत्ती २४:२१, २९-३१)a भेडा र बाख्राको उखानबारे के भन्न सकिन्छ? आधुनिक बाइबलहरूमा यो उखान अध्याय २५ मा राखिएको छ तर यो येशूको जवाफको भाग हो। यहाँ येशूले उहाँ महिमामा आउने विषयमा थप जानकारी दिनुहुन्छ र “सब जातिहरू[को]” न्यायमा ध्यान केन्द्रित गर्नुहुन्छ।—मत्ती २५:३२.
उखानका पात्रहरू
४. भेडा र बाख्राको उखानको सुरुमा येशूबारे के उल्लेख गरेको पाइन्छ र साथै अरू कसको पनि उल्लेख गरिएको छ?
४ येशूले यसो भन्दै उखान सुरु गर्नुहुन्छ: ‘जब मानिसको पुत्र आउला।’ “मानिसको पुत्र” को हो भनी तपाईंलाई थाहै होला। सुसमाचार पुस्तकका लेखकहरूले येशूलाई बुझाउन प्रायजसो उक्त अभिव्यक्ति प्रयोग गरे। येशू स्वयंले पनि गर्नुभयो। निस्सन्देह, उहाँले “मानिसको पुत्रजस्तै कोही” अति प्राचीन उमेरकहाँ “सर्वाधिकार, महिमा र राज्याधिकार” लिन आउनुभएको दानियलको दर्शन सम्झनुभएको हुनुपर्छ। (दानियल ७:१३, १४; मत्ती २६:६३, ६४; मर्कूस १४:६१, ६२) यस उखानको प्रमुख पात्र येशू हुनु भए तापनि उहाँ एक्लो हुनुहुन्न। मत्ती २४:३०, ३१ मा उद्धरण गरिएअनुसार मानिसको पुत्र ‘शक्ति र ठूलो महिमामा’ आउनुहुँदा स्वर्गदूतहरूले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछन् भन्नुभयो। त्यस्तैगरि, भेडा र बाख्राको उखानमा येशू न्याय गर्न ‘महिमाको सिंहासनमा बस्नुहुँदा’ उहाँको साथमा स्वर्गदूतहरू चित्रण गरिएको छ। (मत्ती १६:२७ तुलना गर्नुहोस्।) तर न्यायकर्ता र उहाँका स्वर्गदूतहरू स्वर्गमा छन्। अतः के यो उखानमा मानिसहरूबारे छलफल गरिएको छ?
-
-
भेडा र बाख्राहरूसामु कस्तो भविष्य छ?प्रहरीधरहरा—१९९५ | अक्टोबर १५
-
-
यी समानान्तर भविष्यवाणीहरूमा ध्यान दिनुहोस्
महा संकष्टको सुरुआतपछि मानिसको पुत्र आउनुहुनेछ
मानिसको पुत्र देखा पर्नुहुनेछ
-
-
भेडा र बाख्राहरूसामु कस्तो भविष्य छ?प्रहरीधरहरा—१९९५ | अक्टोबर १५
-
-
उहाँसित स्वर्गदूतहरू छन् स्वर्गदूतहरू उहाँसित आउँछन्
-